हिरा खड्का÷बाह्रबिसे,सिन्धुपाल्चोकजिल्लाको बाह्रबिसे नगरपालिका वडा नं ३ माथिल्ले थापा गाउँ स्थीत बाह्रबिसे स्वास्थ्य चौकी प्रशूती केन्द्रमा प्रशूती सेवा सँगै प्रशूती प्रतिक्षा घर शुभारम्भ भएको छ ।
बाह्रबिसे नगरपालिका नगरउपप्रमुख मन्जु तामाङले प्रशुती प्रतिक्षा घरको उद्धघाटन गर्नु भए सँगै शुभारम्भ भएको हो ।
प्रमुख अतिथी तामाङले यो नयाँ कार्यको प्रशंशा गर्नु हुँदै यसत प्रकारको सामाजीक काम मात्र होइन सेवामुखी काममा बाह्रबिसे नगरपालिकाले हरेक क्षेत्रमा सहयौगी काम गरिु रहेको बताउानु हुँदै आगामी दिनमा पनी आबश्यकता अनुसार यस्ता कामहरु गर्दे जाने बताउँनु भयो । केही बर्ष पहिले देखी क्षेमा देबी माध्यामिक विद्यालयसँगै रहेको ट्रस्ट (कच्ची) भवनबाट प्रशूती सेवा प्रबाह भए पनि नयाँ पक्की भवननिमार्ण सम्पन्न पश्चात केही महिना अघिबाट उक्त सेवा शुरु भएको थियो ।नयाँ भवनमा प्रशुती लगायत स्वास्थ्य चौकीबाट पाउने स्वास्थ्य सम्बन्धि सेवासमेत प्रबाह भैरहेको छ ।
नयाँ भवनबाट सेवा प्रबाह शुरु भएपछि गाउँगाउँबाटबाह्रबिसे बजार सम्म सेवा लिन पुग्नु पर्ने झन्जटबाट मुक्त भएको एकसेवाग्राहीले खुसी हुँदै बताउनु भयो । पछिल्लो समय प्रशूती सम्बन्धितसेवाग्राहीको संख्यामा उल्लेखे बृद्धी भएको बाह्रबिसे स्वास्थ्य चौकी प्रशूतीकेन्द्रका प्रमुख रस्मीला राउतले बताउनु भयो । प्रशूती लगायत अन्य आधारभूतस्वास्थ्य सेवा लिने सेवाग्राही दिनप्रतिदिन बृद्दी भैई रहेका उक्त स्वास्थ्य चौकीका प्रवक्ता जितेन्द्र राउतलेजानकारी दिनु भयो । गाउँमा भएको स्वाथ्य चौकीबाट प्रतिक्षा घरका साथ प्रतिक्षा गर्नु पर्ने समयमा बास बस्नु् पर्नेअबस्थामा खाने बस्ने समेत ब्यबस्था आजबाट हुने खबर पाए पछि फरककिसिमको सुबिधा पाएको कारणले सेवाग्राही अझै हर्षिद भएको वडा नं ४का वडा अध्यक्ष शेखर बहादुर भण्डारीले बताउनु भयो । प्रशूती सेवा पछिस्वास्थ्य कर्मीको सल्लाह अनुसार सूत्केरी सेवा लिन सेवाग्राहीका साथमासेवाग्राहीका प्रतिनिधी अर्थात कुरुवा समेत बस्नु पर्ने तर ग्रामिण क्षेत्रभएका कारण होटल लगायतका खाने बस्ने सुबिधा नभएको हुँदा उक्तसमस्या समधानका लागी बाह्रबिसे नगरपालिकाका प्रमुख बाल कृष्णबस्नेत र बाह्रबिसे नगरपालिकाका वडा नं ३ का वडा अध्यक्ष जिवन कुमार भण्डारीको प्रयास र पहल पछि प्रशूतीप्रतिक्षा घर ब्यबस्थापन गरिएको हो भने प्रतिक्षा घर स्वास्थ्य चौकीभवनको माथिल्लो तलामा रहेको छ ।
प्रतिक्षा घरबाट प्रतिक्षारत ब्यक्तिलेखाने,बस्ने सुबिधा पाउने छन भने खान बनाउनका लागी आबस्यकसामाग्रीहरु समेत ब्यबस्था गरिएको छ बिशेष गरि वडा नं ३ र ४ कासेवाग्राहीले सेवा लिए पनि वडा नं २ का सेवाग्राहीलाई समेत सहज हुने वडाअध्यक्ष भण्डारीले जानकारी दिनु भयो । प्रशूती प्रतिक्षा घरको शुभारम्भकार्यक्रमको अवसरमा अन्य वडाका अध्यक्षहरु,वडा सदस्यहरु,स्वस्थ्यकाकर्मचारीहरु स्वास्थ्य स्वंसेवीकाहरु,विद्यायका प्रअ,शिक्षक,बिभिन्न सरोकारवाला निकायहरु र सेवाग्राहीहरुकोउपस्थिती थियो भने प्रशूती प्रतिक्षा घर शुभारम्भ कार्यक्रम वडा नं ३ का अध्यक्ष जिवन कुमार भण्डारी सभाअध्यक्षतामा भएको थियो ।
