सम्पर्क

११ वर्षीय बालिकाको सामुहिक बलात्कार पछि हत्या आरोपमा ५ जना पक्राउ

सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–५ छ्याङ्गदीस्थित ११ वर्षीया बालिकाको बलात्कार पछि हत्या गरिएको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
घटनामा संलग्न पाँच जनालाई प्रहरीले शुक्रबार पक्राउ गरी पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङ रहेका छन् । २१ बर्षिय निमा बालिकाको काकाका छोरा हुन् भने सबैजना एउटै टोलका बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिनुभयो । गाँजा र रक्सीको नशामा उनीहरुले बलात्कार गरी हत्या गरेर बालिकाको शवलार्ई एकान्त जंगलको भिरमा लगेर फालिएका थिए । बालिका असार १० गते मंगलबार राति हराएको र भोलिपल्ट बिहानको समयमा उनको शव जंगलको खोल्सामा फेला परेको थियो । च्याउ टिप्न जंगल गएका स्थानियले देखेपछि प्रहरीलाई खवर गरेका थिए । बालिकालाई उनको घरबाट करिब ४ सय मिटर परको बारीमा बोलाएर पाँचै जनाले सामुहिक रुपमा बलात्कार गरि हत्या गरेको प्रहरी बयानमा पुष्टि भएको जनाएको छ ।

अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसमेत प्रयोग गरि अभियुक्तहरूका घर खानतलासी गर्दा अपराधसँग सम्बन्धित सामग्रीहरू बरामद गरेको छ । प्रहरीका अनुसार बालिकाको शव परीक्षणका लागि शिक्षण अस्पताल पठाइएको छ भने थप अनुसन्धान अगाडि बढाइएको छ । उनीहरूलाई म्याद थप गरेर जबरजस्ती करणी र ज्यानसम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।