सम्पर्क

ब्रेकिङ न्युज १

तोडफोड र आगजनीपछि सिंहदरबारको अवस्था : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, लुटपाट कयौं सामग्री लुटपाट

कृषि, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, २५ भदौ : भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जालको निर्वाध सञ्चालन र युवा नेतृत्वका लागि जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा मुलुकले ठूलो भौतिक क्षति व्यहोर्नुपरेको छ । नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोड्ने क्रममा सोमबार भएको झडपमा ठूलो मानवीय क्षति भएसँगै मङ्गलबार प्रदर्शनले उग्ररूप लिएको थियो । त्यसक्रममा देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित देशभरका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति भएको छ । गोरखा भूकम्पपछि भर्खरै पुनःनिर्माण सम्पन्न भएको सिंहदरबारस्थित पुरातात्विक महत्त्वको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकांश भाग जलेर नष्ट भएका छन् । आगजनी भएको २४ घन्टासम्म पनि सिंहदरबारभित्रका अधिकांश मन्त्रालयका भवनबाट धुँवा आइरहेको छ । गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ, शिक्षा विज्ञान तथा प्रविधि, सङ्घीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य तथा जनसङ...

अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाको आग्रह

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, २५ भदौः देशमा शान्तिसुरक्षा तथा अमन चइन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएका जनाउँदै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा अवाञ्छित गतिविधि हुननदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न आम नेपाली नागरिकमा आग्रह गरेको छ । सूचना निर्देशनालयले आज जारी गरेको सूचनामा सुरक्षा संयन्त्र पुग्नुअगावै स्थानीय समुदायले एकजुट भई स्थितिको खबर आदानप्रदान गरी आफू र आफ्नो टोल छिमेकमा सुरक्षित भएर रहन आग्रह गरेको छ । देशमा विद्यमान सुरक्षा चुनौती तथा विभिन्न स्थानहरुमा उछृङ्खल तत्वबाट लुटपाट तथा आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक तथा अराजक गतिविधिहरु आफ्नो समुदायमा देखिएमा यथाशीघ्र नेपाली सेनाको ९८६३०२९०२९ नम्बरमा सन्देश पठाउन सेनाले अनुरोध गरेको हो । सूचनामा भनिएको छ, “केही उछृङ्खल तत्वले भ्रामक खबर सामाजिक सञ्जालमा राखेर स्थितिलाई अतिरञ्जित बनाउने...

सुरक्षा निकाय द्धारा शान्ती सुरक्षामा सहयोग गर्न अनुरोध

अन्तर्वाता, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
नपाली सेना, प्रहरी प्रधान कार्यलय ले शान्ती सुरक्षामा सहयोग गर्न देसबाीलाइ आग्रह गर्दै यस अबस्थामा केही अराजक ब्यक्तीहरुबाट हुन सक्ने सम्भाबीत खतारहरुबाट बच्नका लागी अनुरोध सेमत गरेको छ यसका लागी सेनाले आफ्नो घर वरपर कुनै उच्छृङ्खल क्रियाकलाप भएमा तत्काल खबर गर्न अनुरोध गरेको छ । जसका लागि हेल्पलाइन नम्बर ०१–५९७९००० मा फोन गरी जानकारी दिन सेनाले आग्रह गरेको हो । जेन–जी को आन्दोलनका कारण प्रधान मन्त्रीले राजीनामा समेत दिइ सक्दा पनी स्थिती निउन्त्रणमा नआए पछी नेपाली सेना ले देस,नागरिक, सार्वजनीक सम्पती सुरक्षाका लागी नेपाली सेना २४ गते राती १० बजे बाटै सुरक्षा निकायलाइ परिचालन गरेको हो । यसै बिच नेपाल प्रहरी प्रधान कार्यलय प्रहरी महानिरिक्षकको सचिवालय बाट पनी शान्ती सुरक्षा का लागी सबैमा अनुरोध गरेको छ ।  ...

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, २५ भदौः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको हो । कम्पनीले यात्रु वर्गमा पर्न गएको असुविधाका लागि माफी मागेको छ । देशको विषय परिस्थितिले गर्दा हुन नसकेको उडानका कारण आन्तरिकतर्फ विभिन्न गन्तव्यमा जाने वायुसेवा कम्पनीको पनि उडान हुन नसकेको कम्पनीले जनाएको छ । टिकट लिएर हवाई यात्रा गर्न नपाएका यात्रुको पैसा फिर्ता हुने जनाइएको छ । सेवाका लागि तयार छौः वायुसेवा सञ्चालक सङ्घ वायुसेवा सञ्चालक सङ्घले जस्तो सुकै विषम परिस्थितिमा पनि आम जनतालाई सेवा दिने प्रतिवद्धता जनाएको छ । सङ्घका अध्यक्ष मनोज कार्कीले आज एक विज्ञप्ति ...

सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम सेनाको अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
  नेपाली सेनाले वक्तव्य जारी गर्दै विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको दायित्व भएकाले विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन युवा जनशक्ति र देशवासीमा अनुरोध गरेको छ।सेनाको बिज्ञेप्तीमा ले भनेको छ, ‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ।सेनाले नेपालमा हाल भइरहेको जेनजी आन्दोलनका विकसित घटनाक्रमहरुबारे नेपाली सेनाले विश्लेषण गरिरहेको उल्लेख गरेको छ। ‘यस आन्दोलनको क्रममा हुनपुगेको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति नेपाली सेना हार्दिक समवेदना र सहानुभूति व...

नेपाल पत्रकार महासङ्घका पूर्वपदाधिकारी तथा नागरिक समाजको अपिल

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, २४ भदौ : नेपाल पत्रकार महासङ्घका पूर्वदाधिकारी तथा नागरिक समाजले काठमाडौँ बानेश्वरसहित देशका विभिन्न स्थानमा जेनजी पुस्ताले गरेको प्रदर्शनमा सरकारबाट गरिएको बर्बर दमनको विरोध गरेको छ । प्रदर्शनीमा १९ युवा मारिएकामा आफूहरू अत्यन्तै स्तब्ध र मर्माहत भएको उल्लेख गर्नुभएको छ । उहाँहरूले जारी गर्नुभएको अपीलमा भनिएको छ, “पछिल्ला दशकमा मुलुकमा बढेको भ्रष्टाचार, कुशासन र बेथिति अन्त्य तथा सरकारले प्रतिबन्ध लगाएको सामाजिक सञ्जाल फुकुवाको माग राखेर सडकमा शान्तिपूर्ण प्रदर्शनमा रहेका युवा विद्यार्थीमाथि संसद भवन अगाडि निर्मम र बर्बर ढङ्गले गरिएको गोली काण्डको हामी निन्दा गर्दछौँ ।” प्रदर्शनीका क्रममा मारिएका सम्पूर्ण प्रियजनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै आफ्ना सन्तानको बियोगमा रहनुभएका सम्पूर्ण अभिभावक, आफन्तजनमा हृदयदेखि समवेदना व्यक्त गर्नुभएको छ । उहाँले कदम तत्काल चालेर परिस्थ...

प्रधानमन्त्री ओलीले दियो राजिनामा

ब्रेकिङ न्युज १, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ । उहाँले मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै आज पदबाट राजीनामा दिनुभएको उहाँको सचिवालयले जनाएको छ । विक्रम संवत् २०८१ असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त हुनुभएका उहाँले संविधानसम्मत् राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि संविधानको धारा ७७ (१) (क) बमोजिम आजैका मितिदेखि लागू हुनेगरी पदबाट राजीनामा दिनुभएको राजीनामा पत्रमा उल्लेख छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत हुनुभएका ओली पछिल्लो पटक २०८१ असार ३१ गते नेपाली कांग्रेसलगायत दलहरुको समर्थनमा प्रधानमन्त्री बन्नुभएको थियो ।...

जेन–जीको प्रदर्शनमा भएको घटना प्रती महासंघद्धारा भत्र्सना

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ — जेन–जीको प्रदर्शनको क्रममा भएको घटनाको नेपाल पत्रकार महासंघले निन्दा र भत्र्सना गरेको छ । नेपाल पत्रकार महासघंका महासचिब राम प्रसाद दाहाल द्धारा जारी बिज्ञेप्तीमा भ्रष्टाचार, वेथिति र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजीले गरेको प्रदर्शनको समाचार संकलनमा खटिएका बेला प्रहरीले चलाएको गोली लागेर चार जना पत्रकार घाइते भएको र एक सञ्चारगृहको भवनमा आन्दोलनकारीले ढुंगामुढा गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ निन्दा र भत्र्सना गर्दछ भनएिको छ । कान्तिपुर टेलिभिजनका श्याम श्रेष्ठ, नयाँ पत्रिकाका दिपेन्द्र ढुंगाना, नेपाल प्रेसका उमेश कार्की र स्वतन्त्र पत्रकार सम्भु दंगाल प्रदर्शनमा परेर घाइते हुनु भएका हो । त्यस्तै, थाहा खबरको कार्यालयमा तोडफोड भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।सामाजिक सञ्जालबाट सुरु भएको अभियान सोमबार सडकसम्म पुगेको प्रदर्शनस्थलमा रिपोर्टिङ गरिरहेका चार जना पत्रकारको ...

जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते

ब्रेकिङ न्युज १, समाचार
आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीन जनाको मृत्यु भएको छभने एक सय जनाको उपचार भइरहेको छ । यस्तै वीर अस्पतालमा छ जनाको उपचार भइरहेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा ५९ जना उपचाररत छन् भने उपचारका क्रममा आठ जनाको मृत्यु भएको छ । यसैगरी बानेश्वरस्थित एभरेष्ट अस्पतालमा एक सय दुई जना घाइतेको उपचार भइरहेको र तीन जनाको मृत्यु भइसकेको जानकारी प्रपात् भएको मन्त्रालयले जनाएको छ । आठ जनालाई अन्यत्र रेफर गरिएको छ। यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जनाको उपचार भइरहेको छ । काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा ३७ जनाको उपचार भइरहेको छभने उपचाररत दुई जनाको मृत्यु भएको छ । घाइतेमध्ये छ जनाको शल्यक्रिया गर...

‘जेनजी’को प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
जेनजी'को प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । सिभिल अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार घाइतेको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै, घाइतेहरुकाे अन्य अस्पतालमा समेत रिफर गरिएकाे उहाँले जानकारी दिनुभयाे ।