सम्पर्क

जेन–जीको प्रदर्शनमा भएको घटना प्रती महासंघद्धारा भत्र्सना

काठमाडौँ — जेन–जीको प्रदर्शनको क्रममा भएको घटनाको नेपाल पत्रकार महासंघले निन्दा र भत्र्सना गरेको छ । नेपाल पत्रकार महासघंका महासचिब राम प्रसाद दाहाल द्धारा जारी बिज्ञेप्तीमा भ्रष्टाचार, वेथिति र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजीले गरेको प्रदर्शनको समाचार संकलनमा खटिएका बेला प्रहरीले चलाएको गोली लागेर चार जना पत्रकार घाइते भएको र एक सञ्चारगृहको भवनमा आन्दोलनकारीले ढुंगामुढा गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ निन्दा र भत्र्सना गर्दछ भनएिको छ । कान्तिपुर टेलिभिजनका श्याम श्रेष्ठ, नयाँ पत्रिकाका दिपेन्द्र ढुंगाना, नेपाल प्रेसका उमेश कार्की र स्वतन्त्र पत्रकार सम्भु दंगाल प्रदर्शनमा परेर घाइते हुनु भएका हो । त्यस्तै, थाहा खबरको कार्यालयमा तोडफोड भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।सामाजिक सञ्जालबाट सुरु भएको अभियान सोमबार सडकसम्म पुगेको प्रदर्शनस्थलमा रिपोर्टिङ गरिरहेका चार जना पत्रकारको घाइते भएको महासंघले जनाएको छ । प्रहरीले प्रहार गरेको गोलीको छर्रा लागेर उँहाहरु घाइते हुनु भएको हो ।पत्रकार महासघंद्धारा जारी बिज्ञेप्तीमा प्रहरीले चलाएको गोली लागेर चार जना पत्रकार घाइते भएको र एक सञ्चारगृहको भवनमा आन्दोलनकारीले ढुंगामुढा गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ निन्दा र भत्र्सना गर्दछ भनीएको छ । जारी बिज्ञेप्तीमा भ्रष्टाचार, वेथिति र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजीले गरेको प्रदर्शनको समाचार संकलनमा खटिएका बेला प्रहरीले चलाएको गोली लागेर चार जना पत्रकार घाइते भएको र एक सञ्चारगृहको भवनमा आन्दोलनकारीले ढुंगामुढा गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ निन्दा र भत्र्सना गर्दछ । महासंघले सामाजिक सञ्जाल नियन्त्रणबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लाग्ने भएकाले तत्काल निर्णय फिर्ता लिन सरकार समक्ष माग राखेको थियो । सरकारले महासंघ लगायतका सरोकारवाला पक्षको आवाज नसुनेका कारण पछिल्लो परिस्थिति निर्माण हुन पुगेको देखिन्छ । महासंघमा हालसम्म प्राप्त जानकारी अनुसार प्रेससंग जोडिएका देहायका घटना भएका छन । घाइते१. श्याम श्रेष्ठ–कान्तिपुर टेलिभिजन२. दीपेन्द्र ढुंगाना–नयाँ पत्रिका दैनिक३. शम्भु दंगाल– स्वतन्त्र पत्रकार४. उमेश कार्की–नेपाल प्रेस तोडफोड थाहा खबरको कार्यालयमा ढुंगा प्रहार, घाइते पत्रकारहरुको काठमाडौंको विभिन्न अस्पतालमा उपचार भइरहेको छ , नयाँ बानेश्वरमा सोमबार भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्दै आन्दोलनकारी संघीय संसद भवन प्रवेश गर्न खोजेपछि प्रहरीले अत्याधिक बल प्रयोग गरी गोली चलाएको थियो । सोही क्रममा पत्रकारसहित आन्दोलनकारीलाई गोली लागेको थियो । प्रहरीको गोली लागेर कतिपय प्रदर्शनकारीको मृत्यु भएको छ भने पत्रकारका साथै धेरै जना आन्दोलनकारी घाइते भएका छन् । महासंघ आन्दोलनको क्रममा ज्यान गुमाउने प्रर्दशनकारीको आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ । मृतकका परिवारलाई उचित क्षतिपूर्तिका साथै दमनमा संलग्नहरुलाई कारबाहीको माग गर्दछ । महासंघ पत्रकारसहित घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ र सबैको निशुल्क उपचारको प्रबन्ध मिलाउन सरकारसँग आग्रह गर्दछ ।शान्तिपूर्ण प्रदर्शन गर्न पाउने नागरिकको नैसर्गिक अधिकार हो । यद्यपी प्रहरीले दमन गर्दा विकसित घट्नाक्रमप्रति महासंघ सरोकार राख्दछ र चरम दमनको भत्र्सना गर्दछ । अतः प्रदर्शनकारीलाई शान्तिपूर्ण प्रदर्शनमार्फत आफ्ना माग राख्न, सरकारलाई दमनकारी नीति नलिन र वार्तामार्फत समस्याको समाधान खोज्न महासंघ अपिल गर्दछ । दुबै पक्षलाई संयमित, मर्यादित र जिम्मेवार भई प्रेसमैत्री हुन आग्रह गरिन्छ । सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न र आन्दोलनलाई हिंस्रक बन्न नदिन महासंघ सरकारसँग पुनः माग गर्दछ भनीएको छ ।