सम्पर्क

ब्रेकिङ न्युज १

पिडीत बालबालिकारुलाइ बाह्र्बिसे नगरले निशुल्क पढाउँने

पिडीत बालबालिकारुलाइ बाह्र्बिसे नगरले निशुल्क पढाउँने

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, शिक्षा, समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकाले गत भदौ १० गते गएको भीषण रसुवा बाढीमा अभिभावक गुमाएका बालबालिकाको पठन पाठनका लागी शिक्षाको पूर्ण जिम्मेवारीे लिने भएको छ । भदौ १० गते रसुवा बाढीमा आफ्नो बुबा गुमाएर काजकिरिया गरिरहेकी बाह्रबिसे नगरपालिका–३ की ११ वर्षीया खुश्बु कार्कीलाई भेटेर उँहाको पिता स्व पदम कार्की प्रती श्रद्धान्जली ब्यक्त गर्नु हुँदै उँहा लगाएत शोकाकुल परिबार प्रती समबेदना ब्यक्त गर्दै बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले नगरपालिकाले उहाँको शिक्षाको जिम्मेवारी लिने जानकारी दिनुभएको हो। रसुवा बाढीमा बाह्रबिसे नगरपालिकाका ६१ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन भएकाहरूको खोजी गर्दा पनि फेला नपरेपछि केहीको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।सोही क्रममा बाह्रबिसे नगरपालिका–३ का पदम कार्कीको पनि कुशको शव बनाएर अन्त्येष्टि गरिएको थियो । उहाँकी ११ वर्षीया छोरी खुश...
भोटेकोशी बाढीः एक हजार २९३ शव फेला

भोटेकोशी बाढीः एक हजार २९३ शव फेला

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, १९ भदौः रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक हजार २९३ जनाको शव फेला परेको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार रसुवामा १४०, नुवाकोटमा १८६, धादिङमा ६५, चितवनमा ३५९, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२१ र नवलपरासीपश्चिममा १९४ र भारतमा भेटिएको (नवलपरासी पश्चिममा बुझाएको) १८ गरी एक हजार २९३ शव फेलापरेको हो । घाइते भएकामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । जसमध्ये एक जनाको टिचिङ अस्पताल र एक जनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमूना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म २२२ महिला, ३५५ पुरूष र ४५३ नखुलेको गरी जम्मा एक हजार ३० वटा शव व्यवस्थापन गरिएको छ । शव पहिचानका लागि मृतकका एक हजार २६० र आफन्तका ८४६ गरी दुई हजार १०६ वटा डिएनए नमूना सङ्कलन गरिएको छ । साथै पहिचान नभ...
बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए

बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक, १८ भदौः रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ क्षेत्रबाट आज तातोपानी नाका हुँदै नेपाल फर्किएका छन् । तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई चिनियाँ पक्षले राहदानी नम्बरसमेतको विवरणसहित तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो । “चिनियाँ प्रतिनिधिले विभिन्न जिल्लाका ११४ नागरिकलाई तातोपानी नाकाको लिपिङ क्षेत्रमा हामीलाई जिम्मा लगाउनुभएको छ”, उहाँले भन्नुभयो, “चिनियाँ पक्षले राहदानी नम्बरसमेतको विवरणसहित प्रभावितलाई नेपाल पठाएको हो ।” प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेका अनुसार बाढी प्रभावित क्षेत्रमा परेर चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई चिनियाँ पक्षले तातोपानी नाका हुँदै नेपाल पठाएको हो । उहाँका अनुसार रसुवामा आएको विनाशकारी बाढीका कारण चीनतर्फ फस...
डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले

डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
म्याग्दी, १८ भदौः बेनी नगरपालिका–५ डडुवाकी मनकुमार भण्डारीले यो याममा रु ५० हजारको भेडेखुर्सानी ( क्याप्सिकम ) बिक्री गर्नुभयो । “दुई प्लास्टिक टनेलभित्र लगाएको भेडे खुर्सानी बेचेर यो याममा रु ५० हजार कमाई भयो”, उहाँले भन्नुभयो, “ भेडे खुर्सानी बेचेर सकिएपछि गोलभेडा र रायोसागखेती गर्ने योजनामा छु ।” बसाइँसराइ, वैदेशिक रोजगारीका कारण कृषि मजदुरको अभाव, बाँदर र बढ्दो लागतका कारण खाद्यबाली खेती गर्न समस्या हुन थालेको अवस्थामा व्यावसायिक तरकारीखेती गरेर घरव्यवहार चलाउन सहज भएको ‘एटुजेड’ कृषि फार्मकी सञ्चालक भण्डारीको अनुभव छ । बेनी नगरपालिकाको माथिल्लो भेगमा पर्ने डडुवाका बासिन्दा दशकअघिसम्म खेतबारीमा परम्परागत धान, गहुँ, मकै, कोदोखेती गर्दथे । आठ वर्षअघि स्थानीय हराभरा कृषि सहकारी संस्थाको आयोजनामा कास्की र पर्वतका तरकारीखेती भएका ठाउँमा भएको अवलोकन भ्रमणपछि डडुवाका किसानले खेती गर्ने शैली बँ...
बाढीले बगाएपछी भगवानको कृपाले बल्ल बल्ल बाँचे सुभाष खड्का

बाढीले बगाएपछी भगवानको कृपाले बल्ल बल्ल बाँचे सुभाष खड्का

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
बाहिर निस्कदा सरिरमा कुनै बस्त्र नभएको हातले केही आँखा मा लागेको माटो पुछेर हेर्दा आमा छोदिङ्मो गाउँपालिकाको शाखा प्रमुख सहितको गाडी आएर सुरक्षीत स्थानमा लगेर धोईपखाली गरिदिनु भइ "डोबो तेम्बा फुर्बु बेसीस हस्पिटलमा" उपचार समेत भएको जानकारी दिनु भयो। सँगैका साथी हरु गाडी बचाउँन लागे कोहि मोवाइलमा भिडीयो बनाउँन लागे म भागे बल्ल बल्ल भगवानको आशिर्बादले बाचेको छु । यो भनाइ वीर अस्पतालमा उपचार गराइ रहनु भएका सिन्धुपाल्चोक जिल्ला बलेफी गाँउपालिका वडा नं ४ केराबारीका सुभाष खड्काको हो । हाम्रा लोकप्रिय समाचारका स-सम्पादक कृष्ण बहादुर गुरुङ (सुमन) सँग अस्पतालको बेडमा उपचार गराइरहनु भएको अबस्थामा मङ्गलबार कुरा गर्नु भएको हो । कुरा कानीका क्रममा खड्काले पेशाले आफु ड्राइभर भएको र भदौ १० गते पनि आफ्नो कार्यको सिलसिलामा टिम्मुरे बजारमा गाडीको ट्रिपका लागी लाइन लगाएको थिए । त्यती बेला साथीभाईहरु ४०–४५ जन...
बाह्रबिसेनगरपालिकाद्धारा तत्कालका लागी प्रतिपरिबार ११५०००का दरले राहत दिने

बाह्रबिसेनगरपालिकाद्धारा तत्कालका लागी प्रतिपरिबार ११५०००का दरले राहत दिने

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालिकाले आफ्ना नगरका बेपता भएका नागरिकहरुका परिबारलाइ बिपद व्यवस्थापन शाखामार्फत प्रती परिबार लाइ रु एकलाख पन्ध्र हजारका दरले तत्कालका लागी राहत सहयोग गर्ने भएको छ ।   नगरप्रमुख बालकृष्ण बस्नेतको सचिवालय द्धारा प्राप्त जानकारी अनुसार आज बसेको कार्यपालिकाको बैठकबाट यस्तो निर्णय गरिएको हो । नगर प्रमुख बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको बैठकले २०८३÷०५÷१० गते बुधबारका दिन रसुवा जिल्ला स्थित भोटेकोशी नदी लगायतका स्थानहरूमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण यस नगरपालिकाका विभिन्न वडाहरूमा बसोबास गर्ने व्यक्तिहरू उक्त घटनामा परी ज्यान गुमाउनु हुने र बेपत्ता परिवारलाई प्रति परिवार राहत स्वरूप रु. १ लाख १५ हजार विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउने र प्राकृतिक विपद्को यस दुःखद घडीमा प्रभावित नागरिकहरूको उद्धार, राहत तथा सुरक्षित पुनःस्थापनालाई तीव्...
भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, १६ भदौः भाद्र कृष्ण पञ्चमीका दिन गरिने कोलमती घाट स्नान आज गरिँदैछ । यस दिन कागेश्वरी नगरपालिका वडा नं ४ अन्तर्गत डाँछीमा कोलमती घाटस्नान गरे पाप पखालिएर पुण्य प्राप्त हुने स्कन्द पुराणअन्तर्गतको हिमवतखण्ड (नेपाल माहात्म्य)लगायत पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । वाग्मती नदीको तीर वर्णन क्रममा नेपाल माहात्म्यको १२८ नं अध्यायमा कोलमती तीर्थ र कोलमतीघाटका बारेमा वर्णन गरिएको छ । कोलमतीघाटमा भाद्रकृष्ण पञ्चमीमा स्नान र दर्शन गरेमा करोडौँ गोदान गरे बराबरको फल मिल्ने वर्णन गरिएको छ । कोललाई बराह भनिने भएकाले श्वेतबाराहीबाट बगेर आएको नदीलाई कोलमती भनिएको पण्डित बालमुकुन्द देवकोटा बताउनुहुन्छ । कोलमती वाग्मतीमा मिसिने घाटलाई कोलमतीघाट भनिन्छ । कोलमती र वाग्मती मिसिने स्थानमा चैलमती मिसिएर त्रिवेणीघाट बनेकाले यो स्थलको महत्व पौराणिक एवं शास्त्रीय ग्रन्थमा वर्णन गरिएको छ । वामन अवतार लिनु...
गलत हल्लाका कारण लिपीङ देखी खाडीचौर सम्म भागदौड सुरक्षानिकायद्धारा भ्रममा नपर्न आग्रह

गलत हल्लाका कारण लिपीङ देखी खाडीचौर सम्म भागदौड सुरक्षानिकायद्धारा भ्रममा नपर्न आग्रह

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
  गलत हल्लाका कारणसिन्धुपाल्चोक जिल्लाको लिपीङ देखी खाडीचौर सम्म भागदौड मच्चीएको छ । बिहानै देखी सिमसिम पानी परिरहेको र लिपीङ सिमानामा चिनीया सुरक्षाकर्मीले गेट लगाइदिए पछी एक्कासी सबैको भागाभाग भएको अनुमामन गरिएको छ । केहीदिन अगाडी मात्रै रसुवामा बाढीआएर ठुलो जनधनको क्षती हुनु र अहीले पनी पानी पर्नु लिपिङबाट चिनको सिमानाको गेट लगाएपछी बाढी आएको शङ्का गरेर भागाभाग भएको हुन सक्ने अडकल गरिएको छ । बाढी बाट त्रसित रहेको नदी किनाराबासीहरुका लागी आधिकारिकता भन्दा पनी हल्लाको कारण भागदौड भएको हो हल्लाकै भरमा बाह्र्बिसे बजारका मानीसहरु बजार छोडेर माथी गएको सामाजीक सञ्जालमा देखीएको छ । बाढी नआएको र सरकारी पक्षबाट पनी कुनै सुचना नआएकोले सुरक्षाका लागी सचेत रहनु स्वभाबीकै भएता पनी अनाबश्यक हल्लाको पछाडी लागेर भागदौड गर्दा अनाबश्यक अरु घटना घट्न सक्ने हुन्छ त्यसैले हल्लाको पछाडी नलागी आधिकारिक...
विपद्को शोकबीच अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण

विपद्को शोकबीच अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण

ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
 काठमाडौं । भोटेकोशी हुँदै आएको महाविनाशकारी बाढीबाट भएको अकल्पनीय मानवीय क्षतिले देश शोकमा डुबिरहेका बेला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले मृतकहरूप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेको छ। भदौ ७ गते सम्पन्न निर्वाचनबाट निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गर्न आयोजित कार्यक्रमको सुरुवात नै बाढीमा परी ज्यान गुमाएका सयौँ नेपाली नागरिकको स्मरणमा मौनधारणबाट गरिएको थियो।विपद्को पीडाबीच आयोजना गरिएको उक्त कार्यक्रमले संस्थागत जिम्मेवारी हस्तान्तरणसँगै मानवीय संवेदनालाई समेत केन्द्रमा राखेको थियो। कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणको कार्यक्रम प्रमुख निर्वाचन अधिकृत अधिवक्ता कुमारराज कार्कीले सञ्चालन गरेका थिए। सो अवसरमा निर्वाचनबाट निर्वाचित पदाधिकारी तथ...
भोटेकोशी बाढीः तीन हजारको उद्धार, एक हजार पाँचसयभन्दा बढी बेपत्ता

भोटेकोशी बाढीः तीन हजारको उद्धार, एक हजार पाँचसयभन्दा बढी बेपत्ता

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
त्रिशूली (नुवाकोट), १५ भदौः भोटेकोशी नदीमा यही भदौ १० गते विहान आएको अकल्पनीय बाढीबाट अति प्रभावित तीन हजारभन्दा बढीको उद्धार गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले गए रातिसम्म बाढीका कारण अति प्रभावित भएका तीन हजार २९ जनालाई रसुवा र नुवाकोटको विभिन्न स्थानबाट उद्धार गरिएको जानकारी दिनुभयो । तीमध्ये नेपाली नागरिक दुई हजार सात सय ७६ जना र विदेसी दुईसय ५३ जना रहेका छन् । पछिल्लो चौबिस घण्टामा छसय २४ जनाको उद्धार गरिएको प्रजिअ रेग्मीले जानकारी दिनुभयो । “बाढीबाट ज्यान जोगाइ सुरक्षित स्थानमा आश्रय लिएर बसिरहेकालाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।” प्रजिअ रेग्मीले भन्नुभयो, “उनीहरुको स्वास्थ्य जाँच गरेर उपचार आवश्यक पर्नेलाई सोही अनुसार स्वास्थ्य संस्थामा सिफारिस गरिएको छ भने बाँकीलाई पारिवारिक पुनर्मिलन गराइएको छ ।” भोटेकोशी...