सम्पर्क

ब्रेकिङ न्युज १

नेपाली सेनामा सय जनाको लागि भर्ना खुल्यो, दरखास्त बैशाख १६ गतेसम्म

ब्रेकिङ न्युज १, समाचार
नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आव्हान गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले खुुला तथा समावेशी प्रतिस्पर्धाबाट सिन्धुपाल्चोकमा कूल १०० जनाका लागि सैन्य पदमा दर्खास्त खुलाएको हो । खुला र समावेशी गरि कूल १०० संख्या मध्य खुलातर्फ ५२ जनाको कोटा छुटाइएको छ । यसैगरि कर्तव्य पालनको सिलसिलामा अशक्त तथा मृत्यु भएका नेपाली सैनिकका सन्ततितर्फ ३, महिलातर्फ ९, आदिवासी जनजातितर्फ १४, दलिततर्फ ७, मधेसीतर्फ १३, पिछडिएको क्षेत्रतर्फ २ कोटा छुटाइएको छ । इच्छुक उम्मेद्वारले जिल्ला सदरमुकामस्थित श्री गोरखबक्स गण लक्ष्मणडाँडा ब्यारेकमा चैत १७ गतेदेखि बैशाख १६ गतेसम्म दरखास्त पेश गर्नुुपर्ने छ । दरखास्त फारम रु १५० सुल्क तिरी खरिद गर्न सकिने छ भने खुला र समावेशी दुबै कोटामा दरखास्त दिन चाहेमा थप ३० रुपैया शुल्क लाग्ने छ । सैन्य पदका लागि १८ देखि २२ वर्षभित्रका उमेर समूहका अविवाहित महिला तथा पु...

श्रीमती हत्याको आरोपमा पक्राउ

ब्रेकिङ न्युज १, समाचार
श्रीमती हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी नगरपालिका १ स्याउलेका मेख बहादुर तामाङलाई श्रीमती हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । ४६ बर्षिय श्रीमती सुकमाया तामाङलाई गए राति काठको दाउरा तथा ढुङगाले शरीरका बिभिन्न भागमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकार दिनुभयो । गम्भीर घाइते सुकमायाको चौतारा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । मृतकको श्रीमान मेख बहादुरलाई मंगलबार राति नै प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला अदालत बाट बुधबार सात दिनको म्याथ थप लिइएको प्रहरीले जनाएको छ ।  ...

हावाहुरीसहित वर्षाको सम्भावना

ब्रेकिङ न्युज १, समाचार
रासस पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरीकोसमेत सम्भावना रहेको छ । देशभर आज आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र हावाहुरीसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित ÷चट्याङ र क्षणिक वर्षा तथा हावाहुरीको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रही प्रदेश न १ र गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनसहित÷चट्याङ र हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

नागरिकलाई स्वस्थ बनाउन खुल्ला व्यायामशाला

ब्रेकिङ न्युज १, समाचार
चौतारा सांगाचोकगढी नगरपालिका वडा नम्बर ५ स्थित चौतारा टुडिखेलमा खुल्ला व्यायामशाला तथा बहुसाँस्कृतिक प्रतिमा निर्माण हुने भएको छ । बढ्दो सहरीकरणसँगै खुला ठाउँको अभाव रहेतापनि चौतारा सांगाचोकगढी नगरपालिकाको सहयोगमा नगर खेलकुद विकास समितिले नागरिकलाई स्वस्थ्य बनाउन खुल्ला व्यायामशालाको अवधारणा ल्याएको हो । चौताराको टुडिखेल स्थित स्थापना गरिएको व्यायमशालाको मंगलबार चौतारा सांगाचोकगढी नगरपालिका मेयर अमान सिंह तामाङले उद्घाटन गर्नुभयो । यो सिन्धुपाल्चोकको पहिलो खुल्ला व्यायामशाला हो । व्यायामशालाको उद्घाटन गर्दै मेयर तामाङले स्वस्थ्य नागरिक निर्माणको लागि नगरपालिकाले खुल्ला व्यायाशालाको अवधारण अगाडि बढाएको बताउनुभयो । व्यायामशालामा निशुल्क रुपमा व्यायाम गर्न सकिनेछ । स्वस्थ्य नागरिक अभियान अन्तर्गत नगरले खुला व्यायामशालाका लागि योजना बनाएको हो ।...

मुलखर्कका मृगौला पीडित तामाङलाई सहयोग स्वरुप रकम हस्तान्तरण

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा ९ मुलखर्क निबासि कदम बहादुर तामाङ्गको बुहारि तिर्थ बहादुर तामाङ्गको श्रीमती सञ्चमाया तामाङ्गलाई मुगौला उपचारको लागि आर्थिक सहयोग हस्तानन्तरण गरिएको छ । सिन्धुपाल्चोक जिल्ला चोैतारा साँगाचोक गढी वडा न ८मा रहेको टिपटप होटलका सञ्चालक तथा सहयोग सङ्कलन अभियानका संयोजक समीर तामाङ्गको विशेष पहल कदमीमा रु३४६६१५ (तिनलाख छयालिस हजार छ सय पन्ध्र रुपैयाँ ) हस्तानन्तरण गरिएको हो । शनिबार पिडीत कै घरमा भएको कार्यक्रम पुर्ब वडा सदस्य संखें तामाङ्गको प्रमुख अतिथ्यतामा गरिएको थियो । सहयोग सञ्चालन अभीयानकासदस्य सुनिल तामाङले सञ्चालन गर्नू भएको कार्यक्रममा आफ्नो भनाइ राख्दै समाजका अगुवा भिम बहादुर तामाङले सरकार द्धारा शुरु गरिएको पारिबारीका बिमा गर्न सबैलाइ आग्रह गर्दै स्वास्थ्य रहन खानपानमा पनी ध्यानु दिनु पर्ने बताउँनु भयो सो अबशरमा उँहाले मृगौला पीडितक...

चुनावी बाचा पुरा गर्दै इन्द्रावतीमा बंशलाल

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाँउपालीकाका अध्यक्ष बंशलाल तामाङ्गले चुनावमा जनता सामु गरेको बाचा पुरा गरे पछी मात्र आफुलाई सन्तोष लाग्ने बताउँनु भएको छ । ५ बर्ष अघि भिमटारमा जाँदा खानेपानीको समस्या देखेको हुँदा आफुले त्यस बेला सबैलाई खानेपानीमा सुबिधादिने बचन दिएकाले उक्त बचन पुरा गरेको बताउँनु भयो । उँहाले शुक्रबार भिमटारमा एक घर एक धारा, खानेपानी योजना उद्घाटन गर्दै यस्तो बताउँनु भएको हो । खानेपानीको हाहाकार भएको इन्द्रावती गाउँपालिका १२ भिमटारका १९५ घरधुरीले एक घर एक धारा खानेपानी पाएसंगै स्थानियमा खुसी छाएको छ । उद्घाटन कार्यक्रममा मन्तब्य राख्दै अध्यक्ष तामाङले आफु जनताको समस्या समाधानको निमित्त बसेको बताउँनु हुँदै ’५ बर्ष अघि आउँदाखानेपानीको समस्या देखेर, प्रत्येक घरमापानीपुग्नु पर्छ भनेर तयारी थालेको थिएँ, अहिले इन्द्रावतीको ६०,७० प्रतिशतभन्दा माथी घरधुरीमा खानेपानी पुगिसकेको छ’...

जहाँ कांग्रेस त्यहाँ बस्नेत जहाँ बस्नेत त्यहाँ बिकास

ब्रेकिङ न्युज १, समाचार
पहिले जनता बचाऔ अनी राजनिती गरौ भन्ने मुलनारा बोकको मोहन बहादुर बस्नेत र जहाँ कांग्रेस त्यहाँ मोहन बस्नेत जहाँ बस्नेत त्यहाँ बिकास भन्ने सिन्धुपाल्चोकका काँग्रेस कार्यकर्ताको भनाइलाई सुनकोशी गाँउपालिकाले प्रमाणित गर्देै आएको छ । मिटर जडित धारामार्फत नियमित खानेपानी आपूर्ति गर्ने सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नं. १ ठोकर्पा नेपालकै पहिलो वडा घोषणा भएको छ । वडाका सम्पूर्ण घरधुरीहरु तथा संघसंस्थाहरु सहित शतप्रतिशत ७ सय ८६ धुरीमा पानी उपलब्ध गराउने कार्य सम्पन्न भएको वडा अध्यक्ष नेत्र वहादुर कार्कीले बताउनुभयो । अत्यन्त सुख्खा ग्रस्त क्षेत्रको रुपमा विगत लामो समयदेखी यहाँका स्थानियले खानेपानीको चरम अभाव भोगिरहेका थिए । अब करिव ६ महिनाको सुख्खा समयमा खानेपानी मागको करीव ४५ प्रतिशत डिपबोरिङ, ३५ प्रतिशत लिफ्टिङ र बाँकी २० प्रतिशत अन्य प्राकृतिक मुहानहरुबाट खानेपानीको अपूर्ती भईरहेको वडा अ...

काँग्रेसमय बन्दै डडुवा

ब्रेकिङ न्युज १, राजनिती, समाचार
घर घर जाऔ, काङ्ग्रेस जिताऔ भन्ने मुलनारा बोकेर नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु गाँउगाउँमा गएर नागरिकसँग भेटघाट गरिरहेका छन । यसै सिलसिलामा सिन्धुपाल्चोक जिल्लाचौतारा साँगाचोक गढी नगरपालिका वडा नं १४ मा पनी नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रम भइरहेको छ । नेपाली कांग्रेसका वडा सभापती बिनोद पाख्रीनको नेतृत्वमा गएको घर घर जाऔ, काङ्ग्रेस जिताआँै टोलीले बुधबार असिने तल्लो र माथिलो बस्तीमा शिर बहादुर तामाङ्गको संयोजत्वमा टोल इकाई समिती गठन समेत गरेको छ । अध्यक्ष विरास मान तामाङ्ग,उपाध्यक्ष सोम तामाङ्ग,सचिवकाजी तामाङ्ग, सह सचिव छिरिङ्ग तामाङ्ग सदस्यहरुमा शान्ती तामाङ्ग कालुपाती तामाङ्ग विर माया तामाङ अम्बर तामाङ्ग ,ज्ञान तामाङ्ग,कृष्ण तामाङ्ग,रविन्द्र तामाङ्ग अमृत तामाङ्ग,राकेस तामाङ्ग,सुजन तामाङ्ग, भक्त तामाङ्ग, चन्द्र माया तामाङ्ग, सय माया तामाङ्ग विरमाया तामाङ्ग मन कुमारी तामाङ्ग त्यस...

जातीय विभेद उन्मुलन दिवसमा अन्तरक्रिया कार्यक्रम

ब्रेकिङ न्युज १, समाचार
सामुदायिक सारथीको सहयोग, जिल्ला प्रशासन सिन्धुपाल्चोकको समन्वयमा दलित अधिकार मञ्च सिन्धुपाल्चोकको आयोजनामा जातिय विभेद उन्मुलन सम्बन्धि र दलितहरुको अहिलेको अवस्था विषयक एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समाजमा विद्ययमान जातीय विभेदको व्यवाहारिक अन्त्यका लागि सबै मिलेर एकजुट हुन सके सम्भव रहेको सोमबार अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले निष्कर्ष निकालेको थियो । सामुदायिक सारथीको सहयोग, जिल्ला प्रशासन सिन्धुपाल्चोकको समन्वयमा दलित अधिकार मञ्च सिन्धुपाल्चोकको आयोजनामा ५७ औं अन्र्तराष्ट्रिय रंग तथा जातिभेद विरुद्धको दिवस मार्च २१ को अवसरमा जातीय विभेदको व्यवहारिक अन्त्यको लागि सरोकारवालाको भूमिका विषयक अन्र्तक्रियामा सहभागिहरुले समाजलाई जातीय विभेद मुक्त बनाउन सबैले चाहेमा सम्भव रहेको बताउनु भयो । विभिन्न धर्मका धर्र्म गुरुहरुले धर्ममा कही कतै विभेद नभएको बताउनु भएको थियो । समान...

अनेरास्ववियु सिन्धुपाल्चोक काठमाडौ सम्पर्क कमिटी गठन सम्पन्न, अध्यक्षमा तिवारी

ब्रेकिङ न्युज १, राजनिती, समाचार
अनेरास्ववियु सिन्धुपाल्चोक काठमाडौ सम्पर्क कमिटीको पाचौं भेला सम्पन्न भएको छ । भेलाले मदन तिवारिको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीको सचिवमा प्रकाश जङ कार्की , उपाध्यक्षमा माधव तामाङ , सहसचिवमा लक्ष्मण तामाङ लामा , सुजन तामाङ , निरा लामा र सुजन रोक्का घोरासैनी चयन हुनुभएको छ । त्यस्तै कोषाध्यक्षमा विशाल धिताल , चयन हुनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेश कमिटी सचिवालय सदस्य हस्त पण्डितले कमिटिका पदाधिकारी तथा सदस्यहरुले निस्वार्थ भावनाका साथ सक्रिय रहि सामाजिक कार्यमा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नयाँकार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सम्पर्क कमिटिलाई बलियो बनाउँदै लैजानुपर्ने बताउनुभयो । उक्त कार्यक्रमका विशेष अतिथि अनेरास्ववियु केन्द्रीय कमिटी उपाध्यक्ष एवम नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य चन्द्र थिङले पार्टीलाई सदैव खबरदारी गरिराख...