सम्पर्क

श्रीमती हत्याको आरोपमा पक्राउ

श्रीमती हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी नगरपालिका १ स्याउलेका मेख बहादुर तामाङलाई श्रीमती हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । ४६ बर्षिय श्रीमती सुकमाया तामाङलाई गए राति काठको दाउरा तथा ढुङगाले शरीरका बिभिन्न भागमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकार दिनुभयो । गम्भीर घाइते सुकमायाको चौतारा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । मृतकको श्रीमान मेख बहादुरलाई मंगलबार राति नै प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला अदालत बाट बुधबार सात दिनको म्याथ थप लिइएको प्रहरीले जनाएको छ ।