सम्पर्क

हेलम्बुमा ‘गाउँ– गाउँ जाऔ, कांग्रेस जिताऔ’ अभियानलाई तीब्रता

वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर ग्याल्थुममा ‘गाउँ– गाउँ जाऔ– काङ्ग्रेस जिताऔ’ अभियान तीब्र पारिएको छ । मंगलबार हेलम्बु ४ ग्याल्थुम देवीस्थान स्थित पिपलबोटमा नेपाली कांग्रेस वडा सभापति पुर्ण बहादुर तामाङको सभापतित्वमा ४३ सदस्यीय गठन गरिएको छ । उक्त कार्यक्रम नेपाली काङ्ग्रेस ४ वडा कार्य समितिले आयोजना गरेको उक्त कार्यक्रममा टोल समिति गठन संयोजक हरि कुमार शर्माको सभापतित्वमा संचालन गरिएको थियो । नेपाली काङ्ग्रेस गाल्थुम सभापति तामाङले संगठनलाई चलायमान बनाउन वडा प्रतिनिधिहरुले वडा र टोल समिति गठन एवं बैठकहरु तिब्र पारेको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस कार्यसमिति सदस्य नारायण गिरीको प्रमुख आतिथ्यतामा प्रदेश ख उपसभापति राजकुमार लामिछाने महादिवेशन प्रतिनिधी लक्ष्मी सुनार, नेपाली कांग्रेस हेलम्बु ४ सभापति भरत कार्की, जनप्रतिनिधी बुद्धिमान तामाङ, नेपाल किसान संघ जिल्ला सभापति शिव प्रसाद लामिछाने लगायतको नेपाली कांग्रेसलाई आगमि निर्वाचनमा के कसरि जिताउने भन्ने विषयमा गहकिलो मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रमा मानिसहरुको बाग्लो उपस्थिती रहनुभएको थियो । त्यसैगरी गरि हेलम्बु गाउँपालिका वडा कार्यसमितिले बुधबार हेलम्बु ४ मराम्चीमा सनी तामाङको सभापतित्वमा २७ सदस्यीय टोल समिति गठन गरिएको थियो ।