सम्पर्क

ग्लोबल आइ.एम.इ.को गोष्ठी सम्पन्न

ग्लोबल आइ.एम.ई.लघुबित्त वित्तीय संस्था लिमिटेडको चौतारा शाखाले वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ । ग्लोबल आइ.एम.इ.लघुबित्त वित्तीय संस्था लिमिटेडको सिन्धुपाल्चोक जिल्ला शाखा कार्यालय चौताराले चौतारा साँगाचोकगढी न.पा.वडा नं ५ स्थित चौतारा बहुमखी क्याम्पसको सभाहलमा गोष्ठी गरेको हो । मङ्गलबार भएको वित्तीय साक्षरता तथा बार्षिक केन्द्र प्रमुख गोष्ठी संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सजल खड्का प्रमुख आतित्थ्यतामा सम्पन्न गरेको छ । केन्द्र नं. ०१६ को प्रमुख शुसिला के.शी नेपालको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रबन्धक दिवशराज ओली तथा अनुगमन अधिकृत रोशन पाठकको उपस्थितीमा भएको शाखा प्रबन्धक अम्बिका दंगाल जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा सहभागीहरुले ग्लोबल आइ.एम.इ.लघुबित्त वित्तीय संस्था लिमिटेडले खासगरि ग्रामीण भेगका नागरिकहरुलाई सुबिधा दिइएकोमा खुशी ब्यक्त गर्नुभएको थियो । हालवित्तीय संस्थाले करिब १ लाख ४४ हजार जनाग्राहक सदस्यहरुलाई लघुवित्त वित्तीय सुबिधा प्रदान गरेको छ भने आफ्ना ग्राहक सदस्यहरुलाई ८ अर्ब ३८ करोड रुपियाँ बराबर कर्जा लगानी गरेको छ । यसै गरी संस्थाले आफ्ना ग्राहक सदस्यहरुसंग २ अर्ब ६६ करोड रुपियाँ निक्षेप संकलन गरेको छ । साथै, वित्तीय संस्थाले ई–सेवाबाट पनि बचत तथाकर्जा संकल नगर्ने सुविधा तथा एस.एम.एस.बाट आफ्नो वित्तीय कारोबारको जानकारी लिन सकिने सुविधा प्रदान गर्दै आएको छ ।