सम्पर्क

विभिन्न पार्टी परित्याग गरि दर्जनौ कांग्रेसमा प्रवेश

स्थानीय निर्वाचन नजिकिँदै जाँदा हेलम्बु २ किउलका राप्रपाका गाउँपालिका उपाध्यक्ष उमेदवार गङ्गा लामा, स्थानिय एमाले नेता याकर तामाङ लगायत दर्जनौ कांग्रेस प्रवेश गर्नुभएको छ । मंगलबार कांग्रेस नेता एवं हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले उहाँहरुलाई खादा ओढाएर र टिका लागाएर पार्टीमा प्रबेस गराउनु भएको हो । विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर बढ्नुको साथै हेलम्बु कांग्रेसमय भएको पालिका अध्यक्ष शेर्पाले बताउनुभयो । किउल बस्तिबाट यस अघिपनि दर्जनौ नेता कार्यकर्ता काङ्ग्रेस प्रबेस गरेका थिए । प्रबेसीहरुले आफुहरु नेपाली काङ्ग्रेसको काम देखेर प्रबेस गरेको बताउनुभयो ।