नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आव्हान गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले खुुला तथा समावेशी प्रतिस्पर्धाबाट सिन्धुपाल्चोकमा कूल १०० जनाका लागि सैन्य पदमा दर्खास्त खुलाएको हो । खुला र समावेशी गरि कूल १०० संख्या मध्य खुलातर्फ ५२ जनाको कोटा छुटाइएको छ । यसैगरि कर्तव्य पालनको सिलसिलामा अशक्त तथा मृत्यु भएका नेपाली सैनिकका सन्ततितर्फ ३, महिलातर्फ ९, आदिवासी जनजातितर्फ १४, दलिततर्फ ७, मधेसीतर्फ १३, पिछडिएको क्षेत्रतर्फ २ कोटा छुटाइएको छ ।
इच्छुक उम्मेद्वारले जिल्ला सदरमुकामस्थित श्री गोरखबक्स गण लक्ष्मणडाँडा ब्यारेकमा चैत १७ गतेदेखि बैशाख १६ गतेसम्म दरखास्त पेश गर्नुुपर्ने छ । दरखास्त फारम रु १५० सुल्क तिरी खरिद गर्न सकिने छ भने खुला र समावेशी दुबै कोटामा दरखास्त दिन चाहेमा थप ३० रुपैया शुल्क लाग्ने छ । सैन्य पदका लागि १८ देखि २२ वर्षभित्रका उमेर समूहका अविवाहित महिला तथा पुरुषले दरखास्त दिन सकिने र कम्तिमा कक्षा ८ उत्तीर्ण गरेको हुनु पर्ने गोरखबक्स गण चौताराले जनाएको छ । दर्खास्तसँगै नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र समावेशीतर्फ भने आदिवासी जनजाति भनेर प्रमाणित भएको प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्ने छ ।
इन्छुक उम्मेद्वारले कुनै पनि राजनीतिक दलको सदस्यता नरहेको, आपराधिक गतिविधिमा संलग्न नभएको, नैतिक पतन देखिन फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको लगायत भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरि सेवाबाट बर्खास्त नभएका नेपालीहरुले मात्र दर्खास्त दिन सकिने छ । थप जानकारीका गोरखबक्स गण, लक्ष्मणडाँडा ब्यारेकमा सम्पर्क गर्न वा फोन ०११६२००९४ सम्पर्क राख्न गोरखबक्स गण चौताराले गर्नुभएको छ ।
