ईन्द्रावतीको गौरव योजना ईन्द्रावती रगंशाला र गाउँपालिकाको प्रशासनिक भवनको नेपाल सरकारका पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाद्धारा शनिबार एक कार्यक्रमका बिच उद्घाटन भएको छ । कार्यक्रममा उहाँले आफ्नो मन्तव्य राख्दै देशभरीको गाउँपालिको फाईल पल्टाउदा ईन्द्रावती एक नंम्बरमा पर्नेे बताउनु भयो । गाउँपालिकाकोे भवन निर्माण गरेर राम्रो उपलब्धि हासिल गर्नुका साथै गाउँपालिकामा नमुना विकास भएकै कारण घोषणपत्र निमार्ण केन्द्रीय समितिमा गाउँपालिका अध्यक्ष वंशलाल तामाङलाई समावेश गरिएको थापाले बताउनुभयो । ईन्द्रावती रंगशाला ३ करोड ७९ लाखको लागतमा १८ महिनामा नै तयार भएको थियो भने गाउँपालिका प्रशासनिक भवन करिब ६ करोडमा तयार भएको अध्यक्ष तामाङले बताउनुभयो । उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै इन्द्रवती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माले ईन्द्रावतीको विकासको गतिमा फड्को मारेको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङ , नेपाली कांग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामा, नेपाली कांग्रेसका पूर्व सभापति भुपेन्द्र बहादुर थापा, नेपाली कांग्रेस सिन्धुपाल्चोकका उपसभापति दोर्जे लामा, नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नंं २ का सभापति आईतमान तामाङ, रेडक्रस सिन्धुपाल्चोकका सभापति राजेन्द्रमान ताल्चाभडेल, ईन्द्रावती गाउँपालिकाका वडा अध्यक्षहरु लगायत उपस्थिती रहनुभएको थियो । ईन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाला तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
