अनेरास्ववियु सिन्धुपाल्चोक काठमाडौ सम्पर्क कमिटीको पाचौं भेला सम्पन्न भएको छ । भेलाले मदन तिवारिको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीको सचिवमा प्रकाश जङ कार्की , उपाध्यक्षमा माधव तामाङ , सहसचिवमा लक्ष्मण तामाङ लामा , सुजन तामाङ , निरा लामा र सुजन रोक्का घोरासैनी चयन हुनुभएको छ । त्यस्तै कोषाध्यक्षमा विशाल धिताल , चयन हुनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेश कमिटी सचिवालय सदस्य हस्त पण्डितले कमिटिका पदाधिकारी तथा सदस्यहरुले निस्वार्थ भावनाका साथ सक्रिय रहि सामाजिक कार्यमा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नयाँकार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सम्पर्क कमिटिलाई बलियो बनाउँदै लैजानुपर्ने बताउनुभयो । उक्त कार्यक्रमका विशेष अतिथि अनेरास्ववियु केन्द्रीय कमिटी उपाध्यक्ष एवम नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य चन्द्र थिङले पार्टीलाई सदैव खबरदारी गरिराख्ने संस्था अनेरास्ववियुले बिगतको जस्तो साख जोगाउन वर्तमान अवस्थामा गर्नुपर्ने कुनै पनि काम थाती नराखी फटाफट कार्यान्वयनमा लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सम्पर्क बिभाग उपप्रमुख बिजय घिमिरे जिल्ला कमिटी अध्यक्ष कमल बुढाथोकी अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य हिरा चौलागाई , केन्द्रीय कमिटी सदस्य लगायतले आ–आफ्नो भनाई राख्दै नवगठित कमिटिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम निवर्तमान अध्यक्ष मदन तिवारिको अध्यक्षतामा सम्पन्न भएको थियो
