चौतारा सांगाचोकगढी नगरपालिका वडा नम्बर ५ स्थित चौतारा टुडिखेलमा खुल्ला व्यायामशाला तथा बहुसाँस्कृतिक प्रतिमा निर्माण हुने भएको छ । बढ्दो सहरीकरणसँगै खुला ठाउँको अभाव रहेतापनि चौतारा सांगाचोकगढी नगरपालिकाको सहयोगमा नगर खेलकुद विकास समितिले नागरिकलाई स्वस्थ्य बनाउन खुल्ला व्यायामशालाको अवधारणा ल्याएको हो । चौताराको टुडिखेल स्थित स्थापना गरिएको व्यायमशालाको मंगलबार चौतारा सांगाचोकगढी नगरपालिका मेयर अमान सिंह तामाङले उद्घाटन गर्नुभयो । यो सिन्धुपाल्चोकको पहिलो खुल्ला व्यायामशाला हो । व्यायामशालाको उद्घाटन गर्दै मेयर तामाङले स्वस्थ्य नागरिक निर्माणको लागि नगरपालिकाले खुल्ला व्यायाशालाको अवधारण अगाडि बढाएको बताउनुभयो । व्यायामशालामा निशुल्क रुपमा व्यायाम गर्न सकिनेछ । स्वस्थ्य नागरिक अभियान अन्तर्गत नगरले खुला व्यायामशालाका लागि योजना बनाएको हो ।
