सम्पर्क

सभामुख सापकोटाद्धारा मोटरेबल पुलको उद्घाटन

चौतारा साँगाचोकगढी नगरपालिका ४ र ८ जोड्ने तिप्लिङ खोला पक्की पुलको उद्घाटन सोमबार भएको हो । सम्माननीय सभामुख अग्नी प्रसाद सापकोटाले उद्घाटन गर्नुभएको थियो । २ करोड ६० लाख लागतमा उक्त पुल निमार्ण गरिएको हो । समुदघाटन कार्यक्रममा सभामुख सहित नेकपा माओवादी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण प्रसाद सापकोटा, युवा नेता माधव सापकोटा नगरप्रमुख अमानसिङ तामाङ लगायतको उपस्थिति रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर अमान सिंह तामाङले विगतमा स्थानीयबाट ६ हजारका दरले रकम संकलन गरेर यो क्षेत्रमा मोटर बाटो खनिएको स्मरण गर्नुभयो । मेयर तामाङले पक्की पुल समयमै निमार्ण सम्पन्न भएकोमा धन्यवाद भन्नुभयो । पुल निर्माण सुरु भएपछि स्थानीयवासीले खुसी व्यक्त गर्नुभयो । पुल नहुँदा वर्खायाममा घर खेत गर्न पनि घुमेर जानुपर्ने बाध्यता थियो भने पुल निर्माण भएपछि सहजरुपमा आवातजावत गर्न सकिन्छ स्थानियले बताउनुभयो ।