सम्पर्क

ब्रेकिङ न्युज १

सुनकोशी नदिमा डुबेर मृत्यु

ब्रेकिङ न्युज १, समाचार
सुनकोशी नदीमा पौडी खेल्न गएका एकको नदिमा डुबेर मृत्यु भएको छ । चौतारा साँगाचोकगढी न.पा. वडा नं. ९ सुकुटे नजिक रहेको बालुवा भन्ने ठाउँको सुनकोशी नदीमा पौडी खेल्न गएका २२ बर्षे रन्जन श्रेष्ठको डुबेर मृत्यु भएको हो । शनिबार दिउँसो २ बजेको समयमा दोलखा शैलुङ गाँउपालिका वडा नं.७ मन्जित बस्ने शिवहरी श्रेष्ठको छोरा २२ बर्षका रन्जन श्रेष्ठ डुबि बेपत्ता भएका थियो । ५ बजेको समयमा डुबेकै स्थानबाट निजको मृत लास फेला परेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । यसैबिच शनिबार ७ बजेको समयमा मेलम्ची नगरपालिका वडा नं ५ सिन्धुकोट भदौरे बस्ने ३९ बर्षका श्याम मिजारले धारिलो हतियार प्रयोग गरि आफ्नै घाँटी काटेका छन् । मिजारलाई हंसियाको प्रयोग गरि आफ्नै घाँटी काटी छट्पटाई रहेको अबस्था...

सिन्धुपाल्चोक मालपोतले मनायो लिखत पारितको शतबाार्षिकी

ब्रेकिङ न्युज १, समाचार
                                                                                                         रुपक पुरी              मालपोत कार्यालय सिन्धुपाल्चोकले लिखत पारितको शतबार्षिकीको अवसरमा अन्र्तक्रिया कार्यक्रम गरेको छ । मालपोत कार्यालयले आफ्ना गतिविधि सेवाग्राही समक्ष पु¥याउन उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमलाई सहजिकरण गर्दै मालपोत कार्यालय सिन्धुपाल्चोककका मलपोत अधिकृत विमल गुरुङले जग्गा प्रशासनमा लिखित राजेष्ट्रशन पारित भएको १०० वर्ष पुरा भएको अवसरमा सुधारका कार्यहरुका बारेमा जानकारी गराउनुभएको थियो । नेपालमा भूमि व्यवस्था निकै पुरानो रहेको बताउदै समय र आवश्यकता अनुसार मालपोत कार्यालयहरु परिवर्तन हुर्दै गएको उहाँले बताउनुभयो । उहाँले जग्गालाई व्यवस्थीत बनाउन र जग्गाको विवरण पारदर्शी बनाउन विभागले धेरै प्रयासहरु गरी नयाँ नयाँ कार्यक्रमहरु लागु गरेको बताउनुभयो ।प्रमु...

आचारसंहिता ख्याल गर्न काउन्सिलको आग्रह

ब्रेकिङ न्युज १, समाचार
प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता ख्याल गर्न सबैमा आग्रह गरेको छ। प्रेस काउन्सिल नेपालका सूचना अधिकारी रामशरण बोहराले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गर्नु भएको हो । बिज्ञेप्तीमा कुनै पनि दल तथा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर, पक्ष वा विपक्षमा समाचार प्रकाशन नगर्न आग्रह गरिएको छ । बिज्ञेप्तीमा स्थानीय निर्वाचनमा स्वतन्त्र भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई आग्रह गरीएको छ । यस्तै काउन्सिलले सामाजिक सञ्जालमार्फत यो वा त्यो दल वा दलका उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना नगर्न नगराउन हुन सञ्चारमाध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपिल गरेको छ । प्रेस काउन्सिल नेपालले स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिता, निर्वाचन आचारसंहिता, २०७८ को ख्याल गर्दै आ–आफ्नो सञ्चार माध्यमबाट स्वतन्त्र भूमिका खेल्न अपिल गरेको छ । काउन्सिलले कुन...

मेलम्चीको खानेपानी पुन ः पथान्तरण, ३८ नं को गेट खोलेर मन्त्री चौधरीद्धारा उद्घाटन

ब्रेकिङ न्युज १, समाचार
मेलम्ची नदीको पानी पुनः पथान्तरण गरिएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले मंगलबार १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गर्नुभयो । गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो । सरकारले यही चैत मसान्तभित्र पानी काठमाडौँ पु¥याउने घोषणा गरेको थियो । पानी पठाउन आज सुरु गरिए पनि काठमाडौँमा पानी उपलब्ध गराउन अझै दुई साता लाग्नसक्ने बताइएको छ । गत वर्ष चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो । परीक्षणका लागि असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएसँगै मलेम्चीको पानी वितरण प्रक्रिया अवरुद्घ बनेको थियो । सुरुङमा प्रतिसेकेन्ड २६५ लिटर पानी हालिएको मेलम्ची खानेप...

जल्किनीमा मोटरसाईकल दुर्घटना

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको जल्किनी भन्ने ठाउँमा मोटरसाईकल दुर्घटना हँुदा एकजना घाईते भएका छन् । आईतबार दिउसो १ः०० बजे चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.१० बन्देउ सडक खण्डको जल्किनी घुम्ती भन्ने स्थानमा टिपरसँग मोटरसाईकल एक आपसमा ठोक्किदा सोही नगरपालिका वडा नम्बर १३ ठुलोसिरुवारीका मोटर सवारी चालक अर्जुन गहतराज सक्त घाईते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार चौताराबाट बन्देउ तर्फ जादै गरेको बा ४ ख २२२८ नम्बरको मिनि टिप्परले विपरीत दिशाबाट आउदै गरेको ना.४० प ८०० नम्बरको मोटरसाईकल ठोकिदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते चालक गहतराजको बि.एन.बी अस्पतालमा उपचार भईरहेको छ । टिप्पर सहित चालक चौतारा साँगाचोकगढी नगरपालिका ५ बस्ने २२ बर्षको मनोज तामाङलाई  नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...

जवरजस्ती करणी गरेको आरोपमा पक्राउ

ब्रेकिङ न्युज १, समाचार
महिलालाई जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सुनकोशी गाउँपालिका वडा नम्बर ३ का ५२ बर्षिय खड्ग बहादुर मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । गत मंसिर २५ गते करङ खोलाको जंगलमा एक ३० वर्षिय महिलालाई जबरजस्ति करणि गरेको भनी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा उजुरीपछि शुक्रबार खड्का लाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । पक्राउ परेका खड्का माथि अहिले अनुसन्धान जारी छ ।...

फरार अभियुक्त १० वर्षपछि पक्राउ

ब्रेकिङ न्युज १, समाचार
चोरी मुद्दाका फरार व्यक्ति १० वर्ष पछि पक्राउ परेका छन । सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०६८।०६।२९ गतेको फैसलाले जवरजस्ती चोरी मुद्दामा चार महिना दुई दिन कैद र पच्चीस हजार पाँच सय तीस रुपैया जरिवाना तोकिएका ।साविक साँगाचोक गा।वि।स।वडा नं ७ हाल चौतारा साँगाचोकगढी न।पा।१० जल्किनी बस्ने वर्ष २९ को राजन कार्कीलाई सिन्धुपाल्चोक प्रहरीले शुक्रबार चौतारा साँगाचोकगढी न।पा।वडा नं।५ स्थित चौतारा बजारबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । उहाँलाई आजै सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरिएकोमा अदालतले कार्कीलाई लागेको कैद जरिवाना असुल उपरका लागि शुक्रबार कारागार कार्यालय चौतारा चलान गरेको बस्नेतले जानकारी दिनुभयो ।...

सभामुख सापकोटाद्वारा भ्यु टावर सहितको बुद्धपार्कको उद्घाटन

ब्रेकिङ न्युज १, समाचार
सभामुख अग्निप्रसाद सापकोटाले चौतारा साँगाचोकगढी नगरपालिका वडा न ६ मा नवनिर्मित भ्यु टावर सहितको बुद्धपार्कको उद्घाटन गर्नुभएको छ । बिहीबार एक समारोहका बीच सभामुख सापकोटाले ६७ फिट अग्लो बुद्धको प्रतिमाको अनावरण गर्नुभएको हो । नगरपालिकाले गौरवको आयोजनाको रुपमा थालनी गरेको बुद्धपार्क दारेगौरा भिरमा अवस्थित छ । सभामुख सापकोटाले भ्यु टावरसहितको बुद्धपार्कले पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने बताउनुभयो । सङ्घीय सांसद एवम् नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बुद्धपार्कको निर्माणले चौतारा साँगाचोकगढी नगरपालिकालाई थप पर्यटकीय पहिचान दिएको बताउनुभयो । समुद्री सतहबाट करिब १७ सय मिटरको उचाइमा रहेको बुद्धपार्कबाट उत्तरको जुगल हिमशृङ्खला, गौरी शङ्कर हिमालको अवलोकन गर्न सकिन्छ भने पूर्वी क्षेत्रका मुडेलगायत अधिकांश भूभाग अवलोकन गर्न सकिन्छ । त्यस्तै दक्षिणतर्फका धुलिखेल र नगरकोट लगायतको भ...

६७ हजार ९ सय ६८ बालबालिकालाई टाईफाईड विरुद्धको खोप लगाईदै

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकमा यही चैत्र २५ देखि ३० गतेसम्म बालबालिकालाई टाईफाईड विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालयका अनुसार सिन्धुपाल्चोकका ६७ हजार ९ सय ६८ बालबालिकालाई टाईफाईड विरुद्धको खोप लगाइने भएको छ । जिल्लाका ४ सय ४६ केन्द्रबाट खोप प्रदान गरिने छ । जसको लागि ४ सय ४६ जना खोप कार्यकर्ता परिचालन गरिएको खोप अधिकृत राजाराम कार्कीले जानकारी दिनुभयो । खोप अधिकृत कार्कीका अनुसार खोप सबै स्थानीय तहका विद्यालय र सम्वन्धित वडा स्वास्थ्य केन्द्रहरुमा खोप केन्द्र कायम गरी १५ महिना देखि १५ वर्ष सम्मका सबै बालबालिकाहरुमा खोप लगाउने कार्यक्रम रहेकोे छ । जसका लागि ८ सय ९२ स्वयम्सेवक परिचालन गरिने जनस्वास्थ्य अधिकृत पशुपति खनालले जानकारी दिनुभयो । बालबालिबाहरुलाई २० हजार ३ सय ९० भाईल खोप प्रदान गरिनेछ । बालबालिकाहरु टाईफाईडबाट बढी प्रभावित भएकाले शुरुवाती चरणमा सो उमेर समुहका बालबालिकाला...

रेडियो नेपालबाट उत्कृष्ट सम्बादाता सम्मान सुवेदीलाई

ब्रेकिङ न्युज १, समाचार
रेडियो नेपालले यस उत्कृष्ट सम्बादाता सम्मान सिन्धुपाल्चोकका सम्बादाता देवराज सुवेदीलाई प्रदान गरेको छ । ७२ औं बार्सिकउत्सवको अवसरमा आयोजित कार्यक्रममा सुवेदीलाई सम्मान गरिएको हो । सरकारका सुचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्किले रु १० हजार सहित प्रमाणपत्रले सम्मान गर्नुभएको हो । बाढी ,पहिरो तथा कोरोना महामारिको समयमा समेत सक्रिय रुपमा काम गरेको भन्दै सुवेदीलाई सम्मान गरिएको हो ।  ...