सम्पर्क

जवरजस्ती करणी गरेको आरोपमा पक्राउ

महिलालाई जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सुनकोशी गाउँपालिका वडा नम्बर ३ का ५२ बर्षिय खड्ग बहादुर मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । गत मंसिर २५ गते करङ खोलाको जंगलमा एक ३० वर्षिय महिलालाई जबरजस्ति करणि गरेको भनी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा उजुरीपछि शुक्रबार खड्का लाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । पक्राउ परेका खड्का माथि अहिले अनुसन्धान जारी छ ।