सम्पर्क

फरार अभियुक्त १० वर्षपछि पक्राउ

चोरी मुद्दाका फरार व्यक्ति १० वर्ष पछि पक्राउ परेका छन । सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०६८।०६।२९ गतेको फैसलाले जवरजस्ती चोरी मुद्दामा चार महिना दुई दिन कैद र पच्चीस हजार पाँच सय तीस रुपैया जरिवाना तोकिएका ।साविक साँगाचोक गा।वि।स।वडा नं ७ हाल चौतारा साँगाचोकगढी न।पा।१० जल्किनी बस्ने वर्ष २९ को राजन कार्कीलाई सिन्धुपाल्चोक प्रहरीले शुक्रबार चौतारा साँगाचोकगढी न।पा।वडा नं।५ स्थित चौतारा बजारबाट नियन्त्रणमा लिएको
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । उहाँलाई आजै सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरिएकोमा अदालतले कार्कीलाई लागेको कैद जरिवाना असुल उपरका लागि शुक्रबार कारागार कार्यालय चौतारा चलान गरेको बस्नेतले जानकारी दिनुभयो ।