सिन्धुपाल्चोक जिल्ला बलेफि गाउँपालिकाले बालशिक्षा माध्यमिक विद्यालयलाई बिध्यालय बस दिएको छ बाल शिक्षा माबिका बिद्यार्थीहरूले चैत्र २७ गते आईतवार देखि सुबिधा पाउने छन् । बसले बलेफि ६ को भन्ज्याङ डाडा ,बलेफि ७ का चिम्लिङ, बलेफि बजार ,लामोसाँघु सम्मका बिद्यार्थीले सुबिधा पाउने क्षेत्रीले बताउनु भयो । बिद्यालयलाई बस हस्तानन्तरण पछी कार्यक्रममा बोल्दै पालीका अध्यक्ष केदार क्षेत्रीले बिद्यालयमा राजिनति होईन शिक्षा बिकास गर्न पर्छ भन्नु हुँदै नेपाल सरकारका प्रदेश सामाजिक बिकास मन्त्रिले प्राय विद्यालयमा बस दिएको भएपनि यस बिद्यालयमा बस दिन सकेनन तर बलेफि गाउपालिकाले दिएको छ । अब बिद्यार्थीलाइ पनी बसको सदुपयोग गराउँनका लागी दैनिक खर्चको ब्यबस्था पालीकाले गर्न पर्ने बताउँनु भयो । कार्यक्रममा बोल्दै बलेफी गाउँपालिका उपाध्यक्ष कमला कायस्थले अध्यक्ष र आफू बिच दाजु बहिनीको जस्तो सम्बन्ध रहेको र कुनै पनि बिबाद गर्न नहुने बताउनु भयो । कार्यक्रममा आफ्ना भनाई राख्दै बलेफि गाउँपालिकाको अध्यक्ष र आफु बिच कुनै बिबाद नभएको बताउदै गाउपालिका बिकासका लागि अध्यक्षले धेरै पहल गरिरहेको बताउनु भयो । उहाँले विद्यालयले बस पायकोमा खुशि ब्यक्त गर्नु भयो । २७ लाख परेको बसको मूल्य मध्य २० लाख गाउँपालिकाले अनुदान दिएको र सातलाख विद्यालयको विभिन्न श्रोतबाट उठाईएको प्रधानाध्यापक बासु पोैडेलले जानकारी दिनु भयो ।
प्रयाप्त भौतिक सुबिधा नहुदा नचाहदा नचाहदै गाउँका विद्यालय छाडेर शहर बजारमा आफ्ना बालबालिका भर्ना गर्न अभिभावक बाध्य छन् । सामुदायिक विद्यालयले भने शहर बजारमा सञ्चालित विद्यालयले दिने सेवा सुबिधा शुरुवात गरेपछि अभिभावक उत्साहित छन् । बाल शिक्षा माध्यमिक विद्यालयकोे विद्यार्थीलाई मध्यनजर गर्दै स्कुल बसको शुभारम्भ गरेपछि टाढाका विद्यार्थीलाई अब गाउँकै विद्यालयमा अध्ययन गर्न सहज हुने भएको छ । सामुदायिक विद्यालयमा विद्यार्थी नियमित गराउन, विद्यालय आउन जान विद्यार्थीलाई सहज बनाउन विद्यालयले स्कुल बस सञ्चालनमा ल्याएको छ । कार्यक्रममा गाँउपालिका ७ का वडा अध्यक्ष कार्केल लामा ,नेपाली काँग्रेस बलेफिका सभापति रामकुमार तामाङ ,काँग्रेस बलेफि ७ का सभापति नीर कुमार तामाङ ,काँग्रेस बलेफि ६ का सभापति रामचन्द्र थापा,काँग्रेस बलेफिका नेता कृष्ण क्षेत्री ,सुबास सुन्दास लगायत सर्ब साधरणको उपस्थिति रहेको थियो ।
