नेत्रज्योती मिडीया हाउसले बाल विवाह न्युनिकरण सम्बन्धि एकदिने बालबालिका न्युनिकरण सम्बन्धी कार्यक्रम गरेको छ । बाल विवाह न्युनिकरण सम्बन्धि बालबालीका आमा समुह, अभिभावक बिच एक दिने अभिमुखिकरण कार्यक्रम शुक्रबार सुनकोशी गाउँपालिका वडा न ५ मा गरिएको हो । सुनकोशी गाउँपालिकाको सहयोग र नेत्रज्योती मिडिया हाउस प्रा.लि.आयोजना उक्त कार्यक्रम सुनकोशी गाउँपालिका वडा न ५ रतनकोट आधारभुत विद्यालयमा मा भएको हो । कार्यक्रम मिडीया हाउसका ब्यबस्थापक कुमार बस्नेतको सभापतीत्वमा भएको थियो । कार्यक्रममा जिल्ला न्यायधिबक्ता भुपेन्द्र बहादुर तामाङ थिङले बालबिबाह गर्दा कानुनि रूपमा के के व्यबस्था छ, किन बाल बिबाह गर्नु हुदैन , बालबिबाहका असरहरू केके हुन लगायत बिषयमा सहभागिलाई प्रस्ट पार्नु भएको थियो । नेपाल रेडक्रस शोसाइटी जिल्ला शाखाका कार्यालय प्रमुख भरत प्रसाद कोइरालाले बालबिवाह गर्न गराउँने दुबैलाइ कानुनले बन्देज लगाएको बताउँनु भयो । बिद्यालयका प्रधानाध्यापक बाबुकाजी लामाले जहिले पनी शहर मुखी कार्यक्रम हुँदा गाँउका मानीसहरु यस्ता कार्यक्रम बाट बञ्चीत भएका अबस्थामा मिडीया हाउसले गाँउमा आइ कार्यक्रम गरेकोमा धन्यबाद समेत दिनु भयो । फुर्बा ग्याल्वो मोक्तान(थुप्तेन)ले प्राचीनकालमा बालबिबाह हुने गरेको नपाइएता पनी बिगत केही पुस्ता अगाडी केही धनी बर्गले यसको शुरुवात गरेको पाइएको बताउँनु भयो । यसको अन्त्यका लागी सबै लागी पर्नू पर्नै ु समेत बताउँनु भयो । देबीस्थान स्वास्थ्य चौकी प्रमुख शसी प्रसाद कलवारले उमेर नपुगी बिकाह गर्दा स्वास्थ्यमा हुने समस्याका बारेमा जानकारी दिदै उमेर पुगेपछी गरिएको बिवाहले आमा र बच्चादुबै स्वस्थ्य रहने बताउँनु भयो । कार्यक्रमको समापन गर्दै कुमार बस्नेतले नेत्रज्योती मिडीया हाउसले गाउँ गाउँमा गएर यस्ता चेतना मुलक कार्यक्रम गर्ने अबसर पाएकोमा पालीका लाइ बिशेष धन्यबाद दिनु भयो ।
