सम्पर्क

आचारसंहिता ख्याल गर्न काउन्सिलको आग्रह


प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता ख्याल गर्न सबैमा आग्रह गरेको छ। प्रेस काउन्सिल नेपालका सूचना अधिकारी रामशरण बोहराले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गर्नु भएको हो । बिज्ञेप्तीमा कुनै पनि दल तथा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर, पक्ष वा विपक्षमा समाचार प्रकाशन नगर्न आग्रह गरिएको छ ।
बिज्ञेप्तीमा स्थानीय निर्वाचनमा स्वतन्त्र भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई आग्रह गरीएको छ ।

यस्तै काउन्सिलले सामाजिक सञ्जालमार्फत यो वा त्यो दल वा दलका उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना नगर्न नगराउन हुन सञ्चारमाध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपिल गरेको छ ।

प्रेस काउन्सिल नेपालले स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिता, निर्वाचन आचारसंहिता, २०७८ को ख्याल गर्दै आ–आफ्नो सञ्चार माध्यमबाट स्वतन्त्र भूमिका खेल्न अपिल गरेको छ । काउन्सिलले कुनै दल तथा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर, पक्ष वा विपक्षमा समाचार प्रकाशन÷प्रसारण नगर्न÷नगराउन ध्यानाकर्षण गराएको हो । पत्रकार आचारसंहिता एवं निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएमा जानकारी गराउन काउन्सिलले सबैमा अनुरोध गरेको छ ।

निर्वाचनको समयमा बढी संवेदनशील र सन्तुलित भई समाचार, विचार, विज्ञापन, सम्प्रेषण गर्नुपर्ने भन्दै काउन्सिलले गलत समाचार, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरू सम्प्रेषण हुन नदिन सञ्चार माध्यम तथा पत्रकारलाई सजग गराएको छ । काउन्सिलले सामाजिक सञ्जालमार्फत् यो वा त्यो दल र दलका उम्मेदवारको प्रचार–प्रसारलाई अतिरञ्जना नगर्न÷नगराउन सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा अपिल समेत गरेको छ । काउन्सिलले स्थानीय तह निर्वाचनको मिडिया अनुगमन सुक्ष्म ढङ्गले गरिरहेको जनाएको छ ।