सम्पर्क

सिन्धुपाल्चोक मालपोतले मनायो लिखत पारितको शतबाार्षिकी

                                                                                                         रुपक पुरी             

मालपोत कार्यालय सिन्धुपाल्चोकले लिखत पारितको शतबार्षिकीको अवसरमा अन्र्तक्रिया कार्यक्रम गरेको छ । मालपोत कार्यालयले आफ्ना गतिविधि सेवाग्राही समक्ष पु¥याउन उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमलाई सहजिकरण गर्दै मालपोत कार्यालय सिन्धुपाल्चोककका मलपोत अधिकृत विमल गुरुङले जग्गा प्रशासनमा लिखित राजेष्ट्रशन पारित भएको १०० वर्ष पुरा भएको अवसरमा सुधारका कार्यहरुका बारेमा जानकारी गराउनुभएको थियो । नेपालमा भूमि व्यवस्था निकै पुरानो रहेको बताउदै समय र आवश्यकता अनुसार मालपोत कार्यालयहरु परिवर्तन हुर्दै गएको उहाँले बताउनुभयो । उहाँले जग्गालाई व्यवस्थीत बनाउन र जग्गाको विवरण पारदर्शी बनाउन विभागले धेरै प्रयासहरु गरी नयाँ नयाँ कार्यक्रमहरु लागु गरेको बताउनुभयो ।प्रमुख मालपोत  अधिकृत चण्डीप्रसाल कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य नापी कार्यालयका प्रमुख सुमन विक्रम पन्तले राख्नुभएको थियो । लिखत पारितको शतबार्षिकीको अवसरमा भएको कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर अमानसीं तामाङ, प्रमुख जिल्ला अधिकारी वेधनिधी खनाल, नेपाल वार एसोसयिसन सिन्धुपाल्चोकका अध्यक्ष भुपेन्द्र थिङ, जल्लिास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, सिन्धुपाल्चोक लेखापढी ब्यवसायी सँघका अध्यक्ष दिपक कुमार श्रेष्ठ , सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । मालपोत कार्यालय सिन्धुपाल्चोक नमुना मालपोत कार्यालयमा रुपान्तरण भए सगै मालपोत कार्यालयमा धेरै सुधारका कामहरु भएका छन् । मालपोतको सेवा अनलाईन र डिजिटलमा गए सगै सेवाग्राहीहरुको काम पारदर्शी तरीकाले छिटो हुने गरेको सेवाग्राहीको भनाई छ ।