सम्पर्क

६७ हजार ९ सय ६८ बालबालिकालाई टाईफाईड विरुद्धको खोप लगाईदै

सिन्धुपाल्चोकमा यही चैत्र २५ देखि ३० गतेसम्म बालबालिकालाई टाईफाईड विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालयका अनुसार सिन्धुपाल्चोकका ६७ हजार ९ सय ६८ बालबालिकालाई टाईफाईड विरुद्धको खोप लगाइने भएको छ । जिल्लाका ४ सय ४६ केन्द्रबाट खोप प्रदान गरिने छ । जसको लागि ४ सय ४६ जना खोप कार्यकर्ता परिचालन गरिएको खोप अधिकृत राजाराम कार्कीले जानकारी दिनुभयो । खोप अधिकृत कार्कीका अनुसार खोप सबै स्थानीय तहका विद्यालय र सम्वन्धित वडा स्वास्थ्य केन्द्रहरुमा खोप केन्द्र कायम गरी १५ महिना देखि १५ वर्ष सम्मका सबै बालबालिकाहरुमा खोप लगाउने कार्यक्रम रहेकोे छ । जसका लागि ८ सय ९२ स्वयम्सेवक परिचालन गरिने जनस्वास्थ्य अधिकृत पशुपति खनालले जानकारी दिनुभयो । बालबालिबाहरुलाई २० हजार ३ सय ९० भाईल खोप प्रदान गरिनेछ । बालबालिकाहरु टाईफाईडबाट बढी प्रभावित भएकाले शुरुवाती चरणमा सो उमेर समुहका बालबालिकालाई लक्षित गरि नेपाल सरकारले नै खोप अभियान सञ्चालन गर्न लागेको हो । खोप १ पटक लगाए आजीवनसम्म पुुग्ने खोपले टाईफाईड सार्नबाट रोक्नुका साथै रोग निर्मूल पार्न सहयोगी हुने भएकाले अन्य समूहकालाई पनि क्रमिक रुपमा खोप लगाउने बताइएको छ ।