इन्द्रावती गाउँपालिकाको वडा नं ८ सिपाअर्चले र वडा नं ३ बुढीचौर जोड्ने सिपाखोला पक्की पुलको उद्घाटन आज भएको हो । पुर्बमन्त्री बागमती प्रदेश सभा सदस्य युवराज दुलाल“शरद“ले उद्घाटन गर्नुभएको थियो । बागमति प्रदेशका सामाजिक विकास मन्त्रीको पहलमा बागमति प्रदेश सरकार मार्फत विनियोजित बजेटबाट पुर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकबाट कार्यान्वयन भएको सो पुलको २ करोड ५३ लाख लागतमा उक्त पुल निमार्ण गरिएको हो । समुदघाटन कार्यक्रममा पुर्बमन्त्री सहित ईन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङ, ईन्द्रावती गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष विर बहादुर तामाङ , ईन्द्रावती गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष देवप्रसाद बानियाँ, नेपाल पत्रकार महासंघका अध्यक्ष जीवन श्रेष्ठ लगायतको उपस्थिती रहनुभएको थियो । पुल निर्माण भएपछि स्थानीय वासीले खुसी व्यक्त गर्नुभयो । उक्त वडा भित्र रहनुहुने आम जनताको जनजीवन सहज हुने भएको छ । गत पौष २ गते बागमति प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालको प्रमूख आतिथ्यता तथा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य माधव सापकोटा (सुबोध) र इन्द्रावती गाउँपालिकाको अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका महासचिब बंशलाल तामाङ विशेष आतिथ्यतामा पुलको सिलान्यास गर्नुभएको थियो ।
