
रेडियो नेपालले यस उत्कृष्ट सम्बादाता सम्मान सिन्धुपाल्चोकका सम्बादाता देवराज सुवेदीलाई प्रदान गरेको छ । ७२ औं बार्सिकउत्सवको अवसरमा आयोजित कार्यक्रममा सुवेदीलाई सम्मान गरिएको हो । सरकारका सुचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्किले रु १० हजार सहित प्रमाणपत्रले सम्मान गर्नुभएको हो । बाढी ,पहिरो तथा कोरोना महामारिको समयमा समेत सक्रिय रुपमा काम गरेको भन्दै सुवेदीलाई सम्मान गरिएको हो ।
