सम्पर्क

ओलीको भनाइप्रति सत्यता नभएको दाबी महामन्त्री ः गगन थापा

नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापाले एमाले अध्यक्ष ओलीले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई वृद्धभत्ता लिन आउनुस् भनेको भनाइप्रति असन्तुष्टि जनाउनुभयो । इन्द्रावती गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई ७० वर्ष नाघिसक्नुभयो । उज्यालोमा आउँदा अफ्ठ्यारो होला अँध्यारोमा अब वृद्ध भत्ता लिनु भन्नुभयो । अनि मैले पनि उहाँलाई अहिले मिर्गौला पीडितलाई सरकारले ५ हजार दिने व्यवस्था गरेको छ । तपाईं पनि लिन आउनुस् भन्न मिल्छ ? हामी त्यो स्तरमा जान मिल्छ ?’प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल नै नगरेको भन्ने ओलीको भनाइप्रति सत्यता नभएको दाबी थापाको छ । ‘छलफलको लागि प्रधानमन्त्रीले फोन गर्दा बाहिर छु भ्याउँदिन भन्नुभयो । त्यही कुरा शनिवार सार्वजनिक कार्यक्रममा सरासर झुट बोल्नुभयो । त्यही कुरा मिडियाले स्थान दिएको उहाँले भन्नुभयो । महामन्त्री थापाले आगामी निर्वाचनमा ओलीलाई ५ वर्षका लागि पाएको अवसर किन दुरुपयोग गरेको? भन्दै प्रश्नसमेत गरेका छन् । ओलीप्रति प्रश्न गर्दै थापाले भने, ‘नेकपा सरकार हुँदा ओलीले ५ वर्ष सरकार चलाउने मौका पाउँदा किन विकास नगरेको पार्टी र संसद् किन तोडेको ? भनेर सोध्न सक्नुपर्छ । त्यो सक्नुभएन भने नेता बलियो जनता कमजोर हुन्छ । अहिले पनि ओलीलाई सोध्न सकेनौँ भने फेरि यही अवस्था आउन सक्छ ।’ तालमेलबारे पार्टीभित्र फरक मत राखेपछि पार्टीको निर्णय सबैले मान्नुपर्ने उहाँको भनाइ छ । गत निर्वाचनमा ओलीले माओवादी केन्द्रसँग रातारात गरेको तालमेल सही भए अहिले कांग्रेसले गरेको गठबन्धन पनि सही हुने उनले दाबी गर्नुभयो । महामन्त्री थापाले भन्नुभयोे, ‘तालमेल गर्नेबारे पार्टीमा छलफल गर्दै छौँ । माओवादी र एमाले मिलाएर रातारात पार्टी उहाँले बनाउनुभएको होइन । हिजो प्रचण्ड र उहाँ एउटै जहाज चलाउन थाल्नुभएको होइन । त्यही कुरा उहाँले गर्दा सही अरुले गर्दा बेठिक हुने?’ गठबन्धनले तल्लो तहसम्म परिपत्र गरेकाले तल्लो तहको निर्णयअनुसार केन्द्रले निर्णय गर्ने बताउनुभयो । ‘गठबन्धनबारे पाटीले निर्णय गरेपछि हामीले परिपत्र गरेर छौँ । उहाँहरुले अब छलफल गर्नुपर्छ । अब तपाईले नै यहाँबाट मलेर जान्छौँ भने ठिक छ । हुँदैन भन्नुहुन्छ भने पनि ठिक छ । अन्तिम निर्णय तपाईंहरुले नै गर्ने हो’ उहाँकोे भनाइ छ ।