सिन्धुपाल्चोक जिल्लाको जल्किनी भन्ने ठाउँमा मोटरसाईकल दुर्घटना हँुदा एकजना घाईते भएका छन् । आईतबार दिउसो १ः०० बजे चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.१० बन्देउ सडक खण्डको जल्किनी घुम्ती भन्ने स्थानमा टिपरसँग मोटरसाईकल एक आपसमा ठोक्किदा सोही नगरपालिका वडा नम्बर १३ ठुलोसिरुवारीका मोटर सवारी चालक अर्जुन गहतराज सक्त घाईते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार चौताराबाट बन्देउ तर्फ जादै गरेको बा ४ ख २२२८ नम्बरको मिनि टिप्परले विपरीत दिशाबाट आउदै गरेको ना.४० प ८०० नम्बरको मोटरसाईकल ठोकिदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते चालक गहतराजको बि.एन.बी अस्पतालमा उपचार भईरहेको छ । टिप्पर सहित चालक चौतारा साँगाचोकगढी नगरपालिका ५ बस्ने २२ बर्षको मनोज तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
