सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिकामा रुखले किचेर एक जनाको मृत्यु भएको छ । आईतबार दिँउसो १ः३० बजे भोटेकोशी गाउँपालिका –५ बस्ने वर्ष ६६ को पेम्बा वाङदी तामाङको रुखले किचेर ज्यान गएको हो । हलो बनाउनको लागि घर नजिकै रहेको लाक्पा टुसामा रहेको सेर्पोडाँडा भुमेथान सामुदायिक जंगलमा कटुसको रुख काट्ने क्रममा उक्त कटुसको रुख ढली तामाङको छाती र घाँटीमा च्यापी घटनास्थलमानै मत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले बताउनुभयो । घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको बस्नेतले बताउनुभयो ।
