सुनकोशी नदीमा पौडी खेल्न गएका एकको नदिमा डुबेर मृत्यु भएको छ । चौतारा साँगाचोकगढी न.पा. वडा नं. ९ सुकुटे नजिक रहेको बालुवा भन्ने ठाउँको सुनकोशी नदीमा पौडी खेल्न गएका २२ बर्षे रन्जन श्रेष्ठको डुबेर मृत्यु भएको हो । शनिबार दिउँसो २ बजेको समयमा दोलखा शैलुङ गाँउपालिका वडा नं.७ मन्जित बस्ने शिवहरी श्रेष्ठको छोरा २२ बर्षका रन्जन श्रेष्ठ डुबि बेपत्ता भएका थियो । ५ बजेको समयमा डुबेकै स्थानबाट निजको मृत लास फेला परेको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । यसैबिच शनिबार ७ बजेको समयमा मेलम्ची नगरपालिका वडा नं ५ सिन्धुकोट भदौरे बस्ने ३९ बर्षका श्याम मिजारले धारिलो हतियार प्रयोग गरि आफ्नै घाँटी काटेका छन् । मिजारलाई हंसियाको प्रयोग गरि आफ्नै घाँटी काटी छट्पटाई रहेको अबस्थामा फेला पारेको प्रहरीले जनाएको छ । उहाँलाई तत्कालै उपचारको लागि अस्पताल तर्फ पठाईएको र हाल गम्भिर घाईते भएका श्याम मिजारको त्रिभुवन शिक्षण अस्पताल महाराजगंज (टिचिङ) मा उपचार भई रहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेका सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।
