सम्पर्क

राप्रपाद्धारा कुमारीको संयोजकत्वमा समिती गठन

स्थानीय निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्लामा बिभिन्न दलहरु तथा स्थानीय तहसँग छलफल गर्नका लागी वार्ता समिती गठन गर्दै बिभिन्न पदाधीकारी तथा सदस्य मनोनित गरेको छ । राप्रपा सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नं २ अन्तरगत प्रदेश सभा (ख) कार्य समितिको नियमित बैठक बसि अध्यक्ष गोबिन्द गुरुङले पार्टीको बिधान बमोजिम तपसिलका पदाधिकारी तथा सदस्यहरु मनोनित गर्नु भएको हो । समितीको उपाध्यक्षमा बोल बहादुर तामाङ गोपाल गुरुङ र सदस्यहरुमा कृष्ण बहादुर पण्डित बुर्लामा तामाङ सूर्य तमाङ र समीर तामाङ मनोनित हुनु भएको छ । त्यस्तै प्रदेश सभा (ख) कार्य समितिको सल्लाहकार समितिको संयोजकमा निबर्तमान जिल्ला कार्य समिति सचिव नातिकाजी सापकोटा चयन हुनु भएको क्षेत्रीय सचिब देब राज गुरुङले जानकारी दिनुभयो । यसैबीच राप्रपाले प्रदेश सभा (क) र (ख) को संयुुक्त बैठक पनि सम्पन्न गरेको छ । बैठकले क्षेत्रीय अध्यक्ष कुमारी तामाङको संयोजकत्वमा प्रदेश क प्रमुख बाबुराम खड्का र प्रदेश ख प्रमुख गोबिन्द गुरुङ रहेको गठबन्धन गर्न र राप्रपालाई जिताउँनको लागी बिभिन्न निकाय सँग सम्मन्वय गर्न तिन सदस्यलाई जिम्मा दिने संयुक्त बैठकबाट निर्णय गरिएको क्षेत्रीय सचिब गुरुङले जानकारी दिनुभयो । आसन्न स्थानिय निर्वाचनको लागि उमेदवार छनौट, स्थानिय तह पालिका र नगरपालिका भित्र रहेका ४९ वटा वडामा राप्रपाको बिजय सुनिश्चित गर्नको लागि भुगोलको आबश्यकतालाई मध्यनजर गरि वडा कार्यसमिति, गाँउपालिका कार्यसमिति र नगरपालिका कार्यसमिति सँग समन्वय गरि सहमति, सहकार्यको लागि क्षेत्रीय अध्यक्ष कुमारी तामाङ, प्रदेश क प्रमुख बाबुराम खड्का र प्रदेश ख प्रमुख गोबिन्द गुरुङलाई जिम्मा दिने संयुक्त बैठकबाट निर्णय गरिएको समेत सचिब गुरुङले जानकारी दिनुभयो ।