सम्पर्क

ब्रेकिङ न्युज १

ढुक्क हुनुहोस सिन्धु१ काँग्रेसकै हो ः बस्नेत

ब्रेकिङ न्युज १, राजनिती, समाचार
  नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्ला मात्र होइन देसै भरी गठबन्धनमा रहेका दलहरुले जुन क्षेत्रमा जसकोप्रभाव छ त्यसैलाइ टिकट दिने बताउँनु भयो ।                   बस्नेतले सिन्धुपाल्चोक जिल्लाको क्षेत्र न १का बिषयमा बिभिन्न टिका टिप्पणी भएको र केही सञ्चार माध्ययमहरुले भागवण्डाका बारेमा मनोमानी समाचार प्रकाशन गरेकोमा आफ्नो ध्यानकर्षण भएको बताउँदै सिन्धुपाल्चोकको क्षेत्र नं१मा नेपाली काँग्रेसको उमेद्धार हुनेमा ढुक्क रहन सबैमा अनुरोध गर्दै पाटीको काममा लाग्न कार्यकर्ताहरुलाइ निर्देशन दिनु भयो । नेपाल शिक्षक संघको जिल्ला अबिधेशनको उद्धघाटन गर्दे बस्नेतले केही आनलाइन समाचाराहरुले टिकट दिने होइन भन्नु हँुदै गठबन्धनका नेताहरुले सामानुपातीकको टुगाें लगाए पछी प्रत्यक्षको टुगाें लगाउँने बताउँनु भयो । कार्यक्रममा नेपाली काँग्रेसमा जिल्ल...

शिक्षक संघको नवौ साधरण सभा चौतारामा

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाल शिक्षक संघ सिन्धुपाल्चोक जिल्ला शाखाको नवौ साधरण सभा चौतारामा शुरु भएको छ । असोज १र २गते हुने साधरणा सभा शनीबार एक कार्यक्रमको बिच नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले उद्धघाटन गर्नु भयो । नेपाल शिक्षक संघ सिन्धुपाल्चोक जिल्ला शाखाको नवौ साधरण सभाको उद्धघाटन गर्दे बस्नेतले जनमतको आधारमा गठबन्धनको टिकट बितरण हुने बताउँनु भएको छ । गठबन्धनका केन्द्रीय नेताहरु अहीले समानुपातीकको नामवलीको टुगाें लगाउँन ब्यस्त रहेका कारण प्रत्यक्ष निर्वाचनको उमेद्धारका बिषयमा ठोस निर्णय नहुँदै केही सञ्चार माध्ययमहरुले भागवण्डाका बारेमा समाचार प्रकाशन गरेकोमा आफ्नो ध्यानकर्षण भएको बताउँदै सिन्धुपाल्चोकको क्षेत्र नं१मा नेपाली काँग्रेसको उमेद्धार हुनेमा ढुक्क रहन सबैमा अनुरोध पनी गर्नु भयो । उँहाले गत स्थानीय निर्वाचनमा केही वडाहरुमा नेपाली काँग्रेसले हार खाएको बताउँदै अब स...

भोटेकोशी गापाका अध्यक्ष शेर्पा र परारायट मन्त्री बिच भेट

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली काँग्रेसका केन्द्रयीय सस्य पुर्ब मन्त्री मोहनबहादुरबस्नेतको नेतृत्वमा गएको ब्यवसायीहरुको प्रतिनिधी मण्डलले परराष्ट्र मन्त्री डा नारायण खड्का संग भेट गरी तातोपानी नाका तत्काल खोल्न पहल गर्ने बिषयमा भएको छलफल पछी केही सवारी साधन हरु सामान बोकेर नेपाल आए पनी थप सहजीकरणका लागी सिन्धुपाल्चोक स्थित भोटेकोशी गाउँ पालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले परराष्ट्र मन्त्री डा नारायण खड्का संग भेटवार्ता गर्नुभएको छ। भेटबार्तामा मन्त्री खड्काले स्थानिय तहको कार्याधिकार भित्र रहेर सहजीकरणको काम अघि बढाउन लाई भोटेकोसी गाँउपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पासँग आग्रह गर्नु भएको छ भने आबश्यक परेमा परराष्ट मन्त्रालयले पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । रसुवागढी र तातोपानी नाका सञ्चालनमा आएको हो तिब्बत क्षेत्रमा कोरोना संक्रमण बढेपछि चीनले गत साउन २२ देखि रसुवागढी नाकाबाट हुने निर्यातमा...

बन्देउ सडक खण्डमा कार दुर्घटना हुँदा १ को मृत्यु ,३ जना घाइते

ब्रेकिङ न्युज १, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका ११ पोखरे स्थित चौतारा बन्देउ सडक खण्डमा शनिबार कार दुर्घटना हुदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा जिल्लाका भिमेश्वर नगरपालिकाको २२ वर्षको राजेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकी जानकारी दिनुभयो । काठमाण्डौबाट चौतारा तर्फ आउँदै गरेको बा ४ च ५६७७ नं.को सुजुकि कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल झरी दुर्घटना भएको हो । दुर्घटनामा चालक सहित चार जना घाईते भएको थियो । दुई जनाको अवस्था मध्यम र दुई जनाको अवस्था गम्भिर रहेको एकको उपचारको क्रममा काठमाडौ KMC अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका चालकसहित ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...

आपत्कालीन पुनःस्थापना गृह सञ्चालनमा कठिनाइ

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
देबराजसुबेदी महिला आत्मनिर्भरता केन्द्र (मांक) मेलम्चीद्वारा सञ्चालित आपत्कालीन पुनःस्थापना गृह सञ्चालनमा कठिनाइ भएको छ । स्थानीय तहहरूसँग समन्वय गर्दै स्थानीय तहकै सहयोगमा गृह सञ्चालन गर्नुपर्ने भए पनि सम्बन्धित निकायले त्यति महत्व नदिँदा समस्या भएको संस्थाले जनाएको छ । संस्थाले सञ्चालन गरेको आपत्कालीन पुनःस्थापना गृह सञ्चालनमा कठिनाइ रहेको कार्यक्रम व्यस्थापक कृष्ण गुरुङले बताउनुभयो । विसं २०४७ मा महिलाहरूको सक्रियतामा स्थापित यस संस्थाले महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ । महिला हिंसा, अन्यायवरुद्ध लड्ने र मानवअधिकारको प्रत्याभूतिका साथै राज्यको निर्णायक तहमा महिलाको पहुँच पु¥याउने उद्देश्यले संस्था स्थापना गरिएको संस्थाकी पूर्वअध्यक्ष भगवती नेपालले जानकारी दिनुभयो । संस्थाका कुल एक सय ५७ सदस्य र १० सहयोगी पुरुष सदस्य रहेका व्यस्थापक गुरुङले जानकारी दिनुभयो । महिला नेतृत...

असोज १ गते देखी काठमाण्डौमा धुम्रपान बन्द

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
  देसको राजधानी काठमाण्डौ महनगरपालिकाले संरचनाको उचित व्यवस्थापन गर्दै कानुनको अक्षरंस पालनिा गराउँने क्रममा अनधिकृत रुपमा बनेका भवनहरुको व्यबस्थापन तथा सफा काठमाण्डौ निर्माणका लागी चालेको अभियान अन्तमा कानुन बिपरित निर्माण भएका संरचनामा डोजर चलाएर व्यापक चर्चामा रहेको काठमाडौं महानगरपालिकाले आगामी असोज १ गतेदेखि सार्वजनिक क्षेत्रमा धूमपान गर्न निषेध अभियानलाई कडाइका साथ लागू गर्ने भएको छ । महानगरपालिकाले एक सूचना जारी गरी महानगरपालिकाका सार्वजनिक स्थललाई धूम्पान मुक्त बनाउने भएको जानकारी गराएको हो । सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन, २०६८ को दफा ४ मा सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थ खान नपाइने व्यवस्था छ भने दफा ५ मा सार्वजनिक निकायलाई धूमपान तथा सूर्ती खान निषेधित क्षेत्र तोक्नुपर्ने व्यवस्था छ । सोही ऐन बमोजिम असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तम...

८ वर्ष पछि फरार अपराधी पक्राउ

ब्रेकिङ न्युज १, समाचार
चोरी मुद्दामा १ महिना कैद सजाय भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । साविक राम्चे गा.वि.स. वडा नं.७ ठेगाना भई हाल वाह्रविसे नगरपालिका वडा नं.९ बस्ने २९ वर्षको बुद्ध भन्ने जागृत तिमिल्सिनालाई ईलाका प्रहरी कार्यालय वाह्रविसेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । फैसला कार्यान्वयन अन्तर्गत सिन्धुपाल्चोक जिल्ला अदालतबाट २०७१ असोज ०२ गतेको फैसलाले चोरी मुद्दामा १ महिना कैद र रु.७०,०००।– (सत्तरी हजार) जरिवाना सजाय भई फरार रहेका उनलाई ८ वर्षपछि बिहिवार पक्राउ गरिएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरिएकोमा अदालतले तिमिल्सिनालाई लागेको कैद सजाय असुलका लागि बिहिबार जिल्ला कारागार चौतारा चलान गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो ।...

सामाजिक उत्थान र मन्त्री बिच छलफल माग पुरा नगरे आन्दोलन

ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
  मेलम्ची खानेपानी आयोजना प्रभावित स्थानीय स्तरमा संचालित (सुप) कार्यक्रम र मेलम्ची खानेपानी आयोजनाले मेलम्ची खोलाको पानी पथान्तरण पश्चात् स्थानीय जनताले प्राप्त गर्नु पर्ने (लेवि) को सुनिश्चितताका लागि ज्ञापन पत्र बुझाइएको छ । बुधबार ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम संचालन समितिका अध्यक्ष उपेन्द्र तामाङको नेतृत्वमा खानेपानी मन्त्री उमाकान्त चौधरीलाई भेटेर ज्ञापन पत्र बुझाउँदै माग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिएको हो । मन्त्री चौधरीलाई ५ बुँदे माग सहितको ज्ञापन पत्र बुझाउन ह्योसिमेसका अध्यक्ष तामाङ, याङ्ग्री लार्के स्थानीय सरोकार समितिका अध्यक्ष गोपाल स्याङ्वो, ईन्द्रावती मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम संचालन समितिका अध्यक्ष विष्णुमणी आचार्य र मण्डन उपत्यका सामाजिक उत्थान समाजका अध्यक्ष शेरबहादुर डोटेल लगाएतका मण्डल मन्त्रलाय गइ ज्ञापन पत्र बुधm...

ठुलो सिरु्रवारी जिल्लाकै पहीलो बालमैत्री वडा घोषणा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ ठूलोसिरुवारीलाई जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा गरिएको छ । ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा बुधवार नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले उक्त वडालाई बालमैत्री वडा घोषणा गर्नु भएको हो । उँहाले बाल बचाऊ,बाल संरक्षण,बाल विकास, र अर्थपुर्ण बाल सहभागिताजस्ता बाल अधिकारका सवाललाई स्थानिय निकायको नीति,संरचना,प्रणाली र कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने शासकीय पद्धतिमा चौतारा साँगाचोकगढी नगरपालिका वडा १३ ले बाल मैत्री वडाका घोषणाका लागी बालबालिकाका सवाललाई सम्बोधन गर्ने नीति, रणनीति र कार्य योजनाको तर्जुमा,सार्वजनिक सांगठनिक संरचनामा बाल मैत्री इकाईको संस्थागत व्यवस्था,बालमैत्री आवधिक र बार्षिक योजना तथा कार्यक्रम तर्जुमा र कार्यान्वायन,बालबालिकाको हित प्रवद्र्धन गर्ने कार्यक्रममा उपयुक्त लगानी गर्ने व्यवस्था ,बालबालिका प्रति “नागरिक” स...

महिला आत्मनिर्भरता केन्द्रको ३० औं बार्षिक साधारणसभा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती
महिला आत्मनिर्भरता केन्द्र मेलम्चीको ३० औं बार्षिक साधारणसभा बुधवार मेलम्चीमा सम्पन्न भएको छ । २०४७ सालमा जिल्लाका सचेत र सक्रिय महिलाहरुको सक्रियतामा स्थापित यस संस्थाले महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ । महिलाहिँसा,महिला आत्मनिर्भरता केन्द्र मेलम्चीको ३० औं बार्षिक साधारणसभा बुधवार मेलम्चीमा सम्पन्न भएको छ । २०४७ सालमा जिल्लाका सचेत र सक्रिय महिलाहरुको सक्रियतामा स्थापित यस संस्थाले महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ । महिलाहिँसा, अन्याय, अत्याचार विरुद्ध लड्ने र मानव अधिकारको प्रत्याभूतिका साथै राज्यको निर्णायक तहमा महिलाहरुको पहुँच पुर्याउने उद्देश्यले संस्था स्थापना गरिएको पूर्व अध्यक्ष भगवती नेपालले जानकारी दिनुभयो संस्थाका कुल १५७ सदस्य र १० जना सहयोगी पुरुष सदस्य रहेका संस्थाका कार्यक्रम व्यस्थापक कृष्ण गुरुङले जानकारी दिनुभयो । संस्थाले मेलम्ची, हेलम्बु,...