नेपाल शिक्षक संघ सिन्धुपाल्चोक जिल्ला शाखाको नवौ साधरण सभा चौतारामा शुरु भएको छ । असोज १र २गते हुने साधरणा सभा शनीबार एक कार्यक्रमको बिच नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले उद्धघाटन गर्नु भयो । नेपाल शिक्षक संघ सिन्धुपाल्चोक जिल्ला शाखाको नवौ साधरण सभाको उद्धघाटन गर्दे बस्नेतले जनमतको आधारमा गठबन्धनको टिकट बितरण हुने बताउँनु भएको छ । गठबन्धनका केन्द्रीय नेताहरु अहीले समानुपातीकको नामवलीको टुगाें लगाउँन ब्यस्त रहेका कारण प्रत्यक्ष निर्वाचनको उमेद्धारका बिषयमा ठोस निर्णय नहुँदै केही सञ्चार माध्ययमहरुले भागवण्डाका बारेमा समाचार प्रकाशन गरेकोमा आफ्नो ध्यानकर्षण भएको बताउँदै सिन्धुपाल्चोकको क्षेत्र नं१मा नेपाली काँग्रेसको उमेद्धार हुनेमा ढुक्क रहन सबैमा अनुरोध पनी गर्नु भयो । उँहाले गत स्थानीय निर्वाचनमा केही वडाहरुमा नेपाली काँग्रेसले हार खाएको बताउँदै अब सबै मिलेर त्यस्ता वडाहरुमा पनी पहीलो पाटी बनाउँन लागी पर्नु पर्ने बताउँनु भयो ।कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभपती जगं बहादुर लामाले शिक्षा बिदहरले गरेकोराजनिती नेतृत्व सफलतामा जाने बताउँदै राजनिती मात्र होइन हरेका क्षेत्रको सफलताका लागी शिक्षा अती महत्वपुर्ण हुने बताउँनु भयो । शिक्षा बिद भएकै कारण मोहन बस्नेत सँधै सफलतामा रहेको स्पष्ट पार्दै शिक्षा लगाएत बिभिन्न बिकासका लागी नेपाली काँग्रेस मात्र सक्षम पाटी रहेकोले आगामी निर्बाचनमा पनी काँग्रेसलाइ जिताउँन पर्ने बताउँनु भयो ।

यसै गरी पाटी अनुशासन समितीका संयोजक उपसभापती टकं कार्कीले हरेक राजनिती परिबर्तनमा शिक्षकहरको महत्वपुर्ण भुमिका रहेको र त्यो भुमिका शिक्षक सघंले निभाएको बताउँनु भयो । कार्यक्रममा त्रिपुरा सुन्दरी गाँउपालिकाका अध्यक्ष तथा भक्तध्वज बोहोराले आफु पनी शिक्षण पेशाबाट आएको ले शिक्षा पेशाको समस्यामा जानकार रहेकोले स्थानीय सरकारले शिक्षकहरुको समस्या बुझेर शिक्षा सिकाइमा सहजता गर्नु पर्ने बताउँनु भयो । शिक्षा सम्मन्वय इकाइ प्रमुख कृष्ण प्रसाद सुबैदीले शिक्षक हरु ले हरेक तवर बाट सामाजीक सेवा पनी गरिरहेको बताउँनु भयो । कार्यक्रममा बास्तवमा नेपाल शिक्षक सघं बागमती प्रदेसका अध्यक्ष नारायण तिमल्सिना,महासचिब दिपक सिंखडा शिक्षक महासंका अध्यक्ष कुमार प्रसाद खतीवडा वाग्ंजु लामा अखिल नेपाल शिक्षक संघका राजकुमार यादब,लगाएतले मन्तब्य राख्दै साधरण सभा सफलताको कामना गर्नु भएको थियो ।२०५३सालका तेश्रो जिल्ला कार्य समितीका सबै पदाधिकारहिरुलाइ सम्मान गरिएको उक्त कार्यक्रमनेपाल शिक्षक सघ सिन्धुपाल्चोकका अध्यक्ष तुल्सी प्रसाद दगांलको सभापतीत्वमा भएको थियो । कार्यक्रमको सञ्चालन भने सचिब रिषी पौडेलले गर्नु भएको थियो । चौताराको कृष्ण रत्न गगां माबीमा भएको कार्यक्रममा स्वागत मन्तब्य नेपाल शिक्षक सघं सिन्धुपाल्चोकको महीला उपाध्यक्ष लक्ष्मी पौडेलले गर्नु भएको थियो ।
