सम्पर्क

नेपाल शिक्षक संघको अधिवेशन को को छन् प्रतिस्पर्धामा

    पृथ्वी जगं पाण्डे  चौतरा / नेपाल शिक्षक संघ सिन्धुपाल्चोकको नवौ जिल्ला अधिवेशन चौतरामा हिजोबाट चौतरामा सुरु भएको छ।नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य मोहनबहादुर बस्नेत प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाल शिक्षक तथा प्रदेश प्रतिनिधिहरुको उपस्थित रहनुको साथै काङ्ग्रेस जिल्ला सभापति जंगबहादुर लामा,सचिव भक्तध्वोज बोहरा लगायत मपार्टी प्रतिनिधिको बाक्लो उपस्थित रहेको थियो।खुला सत्र र बन्द सत्र गरि दुई सत्र हिजो सम्पन्न भएको थियो भने जिल्ला नेतृत्वको लागी गरिएको प्रयास सार्थक नभए पछि नयाँ नेतृत्व चयनका लागी आज बिहान् ७ बजे बाट मतदान हुने निर्वाचन मण्डलका संयोजक शिब नेपाल ले बताए।हिजो अबेरसम्म सम्म भएको मनोनयन दर्ता गर्दा केही पदको लागी सर्वसहमती भएता पनि धेरै पदमा निर्वाचन हुन लागेको हो। अहिले जिल्लामा नेपाल शिक्षक संघको करिबकरिब १३ सय जना सदस्य रहेका छन। नेपाल शिक्षक संघ को अध्यक्ष पदको लागी क्षेत्र न १ त्रिपुराबाट सचिव ऋषिराम पौडेल र क्षेत्र न २ इन्द्रवतिका उपाध्यक्ष शिवराम न्यौपाने प्रतिस्पर्धामा छन।अध्यक्षका अर्का प्रतिस्पर्धामा रहेका बासु पौडेलले केन्द्रिय प्रतिनिधि मा उम्मेदवारी दिएका छन।त्यसैगरी उपाध्यक्ष पदको लागि मेलम्चीका सुर्यप्रसाद आचार्य निर्विरोध भएका छन। उपाध्यक्ष पदको लागि बार्हबिसेकी लक्ष्मी पौडेल र चौताराकी निर्मला तिमिल्सिना ,सचिव पदको लागि चौतराका पुण्य गजुरेल र मेलम्चीका रुद्र कार्की प्रतिस्पर्धामा रहदा चौतराका नारायण प्रसाद नेपाल अर्थ सचिवमा निर्विरोध भएका छन् । साथै शिक्षक संघको सहसचिव पदको लागि नवराज पौडेल बिजय अधिकारी भुपेन्द्र पौडेल रामशरण बस्नेत सहसचिव समावेशी को लागि मिङमार लामा राजनरत्न दनुवार अर्थ सचिव महिला शोभा बस्नेत निर्विरोध सहसचिव महिला डोल्मा शेर्पा लामा निर्विरोध महिला सदस्य १ को लागि भक्तकुमारी खड्का बिनु बस्नेत बिन्दाकुमारी पौडेल खुला सदस्य ४ को लागि उमेश बस्नेत कृष्णप्रसाद उप्रेती कृष्णप्रसाद सापकोटा छबिलाल आचार्य नारायण प्रसाद नेपाल शिबलाल श्रेष्ठ रहेका छन् ।