सम्पर्क

ढुक्क हुनुहोस सिन्धु१ काँग्रेसकै हो ः बस्नेत

 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्ला मात्र होइन देसै भरी गठबन्धनमा रहेका दलहरुले जुन क्षेत्रमा जसकोप्रभाव छ त्यसैलाइ टिकट दिने बताउँनु भयो ।                   बस्नेतले सिन्धुपाल्चोक जिल्लाको क्षेत्र न १का बिषयमा बिभिन्न टिका टिप्पणी भएको र केही सञ्चार माध्ययमहरुले भागवण्डाका बारेमा मनोमानी समाचार प्रकाशन गरेकोमा आफ्नो ध्यानकर्षण भएको बताउँदै सिन्धुपाल्चोकको क्षेत्र नं१मा नेपाली काँग्रेसको उमेद्धार हुनेमा ढुक्क रहन सबैमा अनुरोध गर्दै पाटीको काममा लाग्न कार्यकर्ताहरुलाइ निर्देशन दिनु भयो । नेपाल शिक्षक संघको जिल्ला अबिधेशनको उद्धघाटन गर्दे बस्नेतले केही आनलाइन समाचाराहरुले टिकट दिने होइन भन्नु हँुदै गठबन्धनका नेताहरुले सामानुपातीकको टुगाें लगाए पछी प्रत्यक्षको टुगाें लगाउँने बताउँनु भयो । कार्यक्रममा नेपाली काँग्रेसमा जिल्ला सभापती जगं बहादुर लामाले स्थानीय निर्बाचनमा काँग्रेसले धेरै स्थानमा जित हासिल गरेको र जिल्ला सम्मन्वय समिती बनाउान समेत काँग्रेस सक्षम रहेकोले पनी काँग्रेसको उमेद्धार आउँने बताउँनु भयो । उँहाले उक्त क्षेत्रमा मोहनबस्नेतको बिकल्प नभएको पनी बताउानु भयो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सिन्धुपाल्चोकका उपसभापती टकं कार्कीले सिन्धु पाल्चोकका नागरिकले बिकासे नेता चाहेकोले काँग्रेसको पक्षमा जनलहर उर्लेको यो जनलहर ल्याउँन मोहन बहादुर बस्नेत सफल भएको ले पनी उँहाको आबश्यकता रहेकाले गठबन्धनले काँग्रेसलाइ नै टिकट दिने ठोकुवा गर्नु भयो ।