हेलम्बु गाउँपालिका १ सर्कथली छ्यादी खोलाले बगाएर शनिबार बेपत्ता भएका शिक्षकको २२ घण्टापछि जीवितै उद्धार गरिएको छ । दोलखा कालिञ्चोक ३ घरभएका शिक्षक केशव सिवाकोटीको स्थानीय सर्कथली आधारभूत विद्यालयमा पढाउँदै आउनुभएको थियो । हेलम्बु नाकाते पारी भेग छ्यादी खोलामा सिवाकोटी सहित ४ जना नुहाएर फर्किने क्रममा चिप्लएर सिवाकोटीलाई खोलाले बगाएको थियो । एक्कासी खोलामा चिप्लिएर उहाँ खसेर हराएपछि प्रत्यक्षदर्र्शी शिक्षक र स्थानीय प्रहरी लगायत खोजकार्यमा जुटेको थियो । बेपत्ता सिवाकोटी नभेटिएपछि आस मारेका स्थानीय र शिक्षकका परिवारले छ्यादी भिरबाट आइतबार बिहान ५ बजेको समयमा ‘बचाउ‚ बचाउ भन्ने आवाज बारम्बार सुनेपछि गाउँपालिका अध्यक्षलाई गुहारेका निमाग्याल्जेन शेर्पालाई गुहारेका थियो । तत्कालै नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय अगुवाजन र जनप्रतिनिधि उद्धारमा आवाज आएको छ्यादी भिरमा ढुंगाको कापबाट उहाँलाई सकुशल उद्धार गरिएको गरेको पालिका अध्यक्ष शेपाले जानकारी दिनुभयो । शिक्षकको जीवन बँचाएको भन्दै स्थानीय गाउँलेले सुरक्षाकर्र्मीहरुलाई दोसल्ला ओडाएर सम्मान गर्नुभएको छ । उहाँलाई हेलिकोप्टरमार्फत उद्धार गरेरे काठमाडौं लगिएको र उहाँको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले बताउनुभयो ।
