सम्पर्क

ब्रेकिङ न्युज १

अधिकांश आँखा रोगी धामी–झाँक्रीकै विश्वासमा ः सर्वेक्षण

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको सदरमुकाम चौताराका अधिकांश आँखारोगी झारफुकमा नै विश्वास गर्ने गरेको पाइएको छ । चिकित्साशास्त्रमा अध्ययनरत विद्यार्थीको टोलीले गरेको एक सर्वेक्षण अनुसार आँखारोगी अस्पताल जानुको साटो धामी झाँक्रीकहाँ जाने गरेको पाइएको हो । अप्थाल्मोलोजी विभाग महारागञ्ज मेडिकल क्याम्पस चिकित्साशास्त्रमा अध्ययनरत ब्याचलर अफ अप्टोमेट्री एक्काइसौँ ब्याचका विद्यार्थीहरूले सदरमुकाम चौतारामा तीन सय घरधुरीमा शारीरिक, मानसिक र आँखा स्वास्थ्यको अवस्थाबारे सर्वेक्षण गरेका थिए । एक महिने सो सर्वेक्षणमा उनीहरूले अधिकांशमा उच्च रक्तचापको समस्या भएको तथ्याङ्क पनि सार्वजनिक गरेका छन् । सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रमअन्तर्गत द्वितीय सामुदायिक प्रस्तुतीकरण कार्यक्रमका क्रममा उनीहरूले उच्च रक्तचापबाट मुटुमा समस्या उत्पन्न गर्ने सवालमा पनि चौतारावासी अनविज्ञ रहेको खुलासा गरे । खासगरी उच्च रक्तचापबाट जोडिएर ...

स्ववियुको शपथसँगै वनभोज कार्यक्रम

ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला स्थित चौतारा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारी एवम् सदस्यहरुलाई सपथ ग्रहण गराईएको छ । सपथ ग्रहणपछि वनभोज कार्यक्रम समेत आयोजना गरिएको थियो । अमृत श्रेष्ठको सभापतित्वमा निर्वाचित १५ सदस्यीय स्ववियु पदाधिकारीलाई बुधबार क्याम्पसमा एक कार्यक्रमको आयोजना गरि निर्वाचन अधिकृत तथा सहायक क्याम्पस प्रमुख जष्मिन लामाले प्रमाणपत्र वितरण गर्दै सपथ ग्रहण गराउनुभएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख सीता थापाको प्रमुख अतिथ्यता र क्याम्पसको व्यवस्थापन समितिको अध्यक्ष गम्भिरलाल श्रेष्ठको विशेष अतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व भने क्याम्पस प्रमुख नगेन्द्र प्रसाद दंगालले गर्नुभएको थियो । क्याम्पसको स्ववियु सभापति अमृत श्रेष्ठ, उपसभापतिमा निर्मल श्रेष्ठ, सचीवमा सुशील तामाङ, सहसचिवमा सविना कार्की, कोषाध्यक्षमा प्रमिला विक यस्तै सदस्यहरु रश्म...

मन र विचार मिल्नेसँग गठबन्धन ः अध्यक्ष नेपाल

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन र विचार मिल्नेसँग गठबन्धन हुन सक्ने बताउनुभएको छ । मेलम्चीमा आज आयोजित पार्टीको जिल्ला अधिवेशनको उद्घाटन गर्नुहुँदै उहाँले देशको आर्थिक अवस्था सुधारका लागि विचार मिल्ने पार्टीबीच एकता हुने उल्लेख गर्दै आर्थिक अवस्था मजबुत बनाउनका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष नेपालले गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव नरहेको बताउनुभयो । “आफ्नो गल्ती महसुस नगर्ने, गल्ती स्वीकार गर्न नसक्नेहरूसँग गठबन्धन हुन सक्दैन”, उहाँले भन्नुभयो । गणतन्त्र जोगाउँदै संविधानको रक्षा गर्न विचार मिल्ने पार्टीबीच अहिलेको गठबन्धन बनेको उल्लेख गर्दै अध्यक्ष नेपालले भन्नुभयो– “देशको वर्तमान अवस्थालाई ध्यानमा राखी अहिलेको गठबन्धन बनेको हो । संविधानको रक्षा, देशको अर्थतन्त्रको सुधार अहिलेको गठबन्धनमा आबद्ध दलहरूको साझा एजेन्डा हो ।...

डडुवामा सडक स्तरोन्नति हुँदै

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोकजिल्ला अन्तर गत चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४मा कच्ची सडक मापदण्डअनुसार स्तरोन्नति गर्न थालिएको छ । सडक स्तरोन्नतिका लागि भौतिक पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकमा पौष २८ सम्झौता भएको वडाध्यक्ष उद्धव नेपालले बताउनुभयो । उक्त योजनाका लागि डडुवा हर्रे सडक स्तरोन्नतिको नाममा २५ लाख बजेट विनियोजित भएको वडाध्यक्ष नेपालले बताउनुभयो । निर्धारित समय भित्र सम्झौताअनुसार काम सम्पन्न गर्ने लक्ष्यका साथ नै काम अघि बढिरहेको उहाँले बताउनुभयो । जोखिमपूर्ण यस सडकखण्डमा वर्षायाममा झन् जोखिम हुँदा बढी मर्कामा पर्दै आए पनि बिस्तारै सडकको स्तरोन्नति भएपछि केही सहज हुने देखिन्छ । उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र बस्नेतले समित निमार्णमा विवाद भएपनि अहिले सबै मिलेर काम गरिरहेको बताउनु भयो । समितिका सदस्य गणेश तामाङले सडक मापदण्ड अनुसार वाल लगाउने र दायाँ बायाँ कटिङ्ग गरेर सडक फराकिल...

ज्यो.पं. तोयनाथको “जिन्दगीका पानाहरू“ लोकार्पण

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, साहित्य
धादिङ जिल्लाका ज्यो.पं. तोयनाथ अर्यालको ९० औँ जन्मदिवसको उपलक्ष्यमा वहाँद्वारा लिखित आत्मवृत्तान्त “जिन्दगीका पानाहरू“को लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौँमा प्रतिष्ठानका कुलपति श्री भूपाल राईले एक समारोहका बिच “जिन्दगीका पानाहरू“को लोकार्पण गर्नु भएको हो । उक्त समारोहमा प्राज्ञ सदस्य एवम् युवा आख्यानकार अमर न्यौपाने, प्रा. डा. रामचन्द्र लम्साल, “नेपाली भाषा बचाऔँ अभियान“ का अभियन्ता डा. बलदेव शर्मा अधिकारी, लोकप्रिय सञ्चारकर्मी एवम् कवि डा. नवराज लम्साल र पूर्व प्रशासक राममणि दुवाडी .सामुदायिक रेडियो प्रसारक संघका निबर्तामन अध्यक्ष सुवास खतिवडा विशेष अतिथिका रूपमा रहनु भएको थियो । “जिन्दगीका पानाहरू“को लोकार्पण बिमोचन गर्दै प्रमुख अतिथी राइले ज्योतीष क्षेत्रमा तोयनाथ नेपालको मात्र नभइ बिश्वमा नै प्रख्यात ब्यक्ती भएको एक सामाजीक तथा धार्मीक अभियान्ता समेत रहेको बताउँनु ...

फरार दुई अपराधि पक्राउ

ब्रेकिङ न्युज १, समाचार
जिल्ला प्रहरी कार्यालय चौताराले छुट्टाछुट्टै घटनाका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका–९ बस्ने दल बहादुर श्रेष्ठको नाती छबिलाल श्रेष्ठको छोरा बर्ष ३६ को नारायणलाल श्रेष्ठलाई काठमाडौं देखी बन्देउ तर्फ आउदै गरेको बसमा चेकजाँचको क्रममा फेला पारि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । श्रेष्ठलाई सिन्धुपाल्चोक जिल्ला अदालतको २०६८ मंसिर २८ गतेको फैसलाले २ महिना ०५ दिन कैद र रु १०,०००।– जरिवाना सजाँय सुनाएको थियो । यसैगरी जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–२ बस्ने केशव प्रसाद नेपालको छोरा बर्ष ३९ को सुकदेव नेपाललाई भक्तपुर बालकोटबाट पक्राउ गरेको छ । उनलाई सम्मानित उच्च अदालतले २०६९ माघ ०२ गतेको फैसलाले जबरजस्ती चोरी मुद्दामा ११ महिना २६ दिन कैद सजाँय सुनाएको थियो । प्रहरीका अनुसार श्रेष्ठ र नेपाललाई कैद असुलका लागि बुधबार जिल्ला कारागार चलान गरेको छ ।...

ऐन संशोधन गरेर भएपनि संस्थागत बिद्यालयहरुलाई पनि सहयोग गरिने ः नगर प्रमुख तामाङ

ब्रेकिङ न्युज १, समाचार
देवराज सुवेदी मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सामुदायिक तथा संस्थागतविद्यालयहरुलाई समान व्यवहार गरिने बताउनुभएको छ । शनिबार सिन्धुपाल्चोकको मेलम्चीनगरपालिका–११ स्थित प्रगति अंग्रेजी माध्यमिक विद्यालयको ३१ औँ बार्षिकोत्सव तथासम्मान कार्यक्रमका प्रमुख अतिथि उहाँले सो कुरा बताउनुभएको हो । उहाँले ऐनसंशोधन गरेर भएपनि संस्थागत बिद्यालयहरुलाई पनि सहयोग गरिने बताउनुभयो । सोहीक्रममा नगरपालिकाका उपप्रमुख उमा प्रधानले गुणस्तरीय शिक्षा प्रदान गर्न संस्थागतबिद्यालयहरुले पनि समुदायलाई सहयोग गरेकाले कुनै विभेद गर्न नहुने धारणा राख्नुभयो। बिद्यालयको बार्षिकोत्सवको अबसरमा हरेक बर्ष गरिदै आएको प्रगति सम्मानकार्यक्रमबाट यो बर्ष पनि तीन जना सम्मानित भएका छन् । बिद्यालयले प्रदान गर्ने प्रगतिपत्रकारीता सम्मान २०७९ बाट पत्रकार दिनेश थापा, प्रगति साहित्य सम्मानबाट किशोरबुढाथोकी र प्रगति लोक गीत सम्मानब...

शिक्षक महासंघको समन्वयमा कक्षा ११ को परीक्षा हुने

ब्रेकिङ न्युज १, समाचार
पृथ्वीजंग पाण्डे बाह्रबिसे नेपाल शिक्षक महासंघ सिन्धुपाल्चोकको शनिवार होटल जिरोकिलोमा पुर्ण बैठक सम्पन्न भएको छ । जिल्ला अध्यक्ष कुमर प्रसाद खतिवडाको अध्यक्षतामा बसेको बैठकले शैक्षिक सुधार र पेशागत विभिन्न निर्णय समेत गरि कार्यन्वयन गर्ने भएको छ । अध्यक्ष खतिवडाको अनुसार कक्षा ११ को परीक्षा शिक्षक महासंघको समन्वयमा जिल्ला भर एकरुपता कायम गर्दै मर्यादित ढंगले संचालन गर्न चैत ६ गते चौतरामा कक्षा ११ संचालित सबै विद्यालयको प्रधानाध्यापकहरुको भेला राखी अन्तरक्रिया राखिएको छ । कक्षा आठको परीक्षा पालिकाले लिने SEE तयारीको परिक्षा प्र अ समाजले लिने SEE को राष्ट्रिय परीक्षा बोर्ड तथा कक्षा १२ को पनि बोर्डले लिने गरिएकोमा कक्षा ११ को परीक्षा विद्यालयले लिने गरिएको थियो । कक्षा १२ को परीक्षा सकिएपछि कक्षा ११ को परीक्षा लिनुपर्ने नियम रहेको छ । विशिष्टिकरण तालिका अनुसार प्रश्नपत्र निर्माण गरी स्थानीय...

स्याउदाइ मितेरी समाजले तौथलीमा नेपाली झण्डा फहराइयो

ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार
 पृथ्वीजंग पाण्डे / तौथली त्रिपुरासुन्दरी गाउँपालिका वडा न. ५ स्थित खागलको चुलीडाँडामा देशको राष्ट्रिय प्रतिक अनि पर्यटन प्रबर्दनका लागि स्याउदाई मितेरी समाज तौथलीले राष्ट्रिय झण्डा फहराएको छ । गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराको प्रमुख आतिथ्यता तथा वडा नं. ५ का वडा अध्यक्ष यादप श्रेष्ठ ,तौथलीका विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुको रोहवरमा चुली डाडामा सोमबार ५० वटा राष्ट्रिय झण्डा फहराइएको स्याउदाइ मितेरी क्लबका अध्यक्ष निरज कुमार श्रेष्ठले बताउनु भयो । बिगत दश बर्षदेखी नेपालको राष्ट्रिय झण्डा फहराईरहेको जानकारी उहाँले दिनुभएको छ । यसै कामलाई निरन्तरता अनि अहिले रहेको झण्डाको दुवैतिर ५ फिटको २५÷२५ गरेर ५० वटा झन्डा फहराउने कार्यक्रम सम्पन्न गरेको र उक्त चुलीडाडालाइ कसैले त्रिशुल डाडा,लभ डाडा, झण्डा डाडा इत्यादि नामाकरण हुँदै गएकोमा वडाअध्यक्ष यादप श्रेष्ठ तथा पालिका अध्यक्ष भक्तध्वज बोहरा...

करेन्ट लागेर बालिकाको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
गुम्बामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ गुम्बाको १४ वर्षीया नुर्जी वाङमु तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चौताराले जानकारी दिएको छ । प्रहरीको अनुसार तामाङ घरदेखी अनुमानित ४० मिटर दक्षिणमा रहेको आफ्नै बारीमा आलु रोप्ने क्रममा ११००० भोल्टेजको प्रशारण लाईनको बिजुलीको पोलमा छुन जाँदा एक्काशी करेन्ट लागि मृत्यु भएको हो । उहाँको दाहिने घुडाको भाग जली पोलसँगै घोप्टो अबस्थामा रहेको थियो । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  ...