जिल्ला प्रहरी कार्यालय चौताराले छुट्टाछुट्टै घटनाका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका–९ बस्ने दल बहादुर श्रेष्ठको नाती छबिलाल श्रेष्ठको छोरा बर्ष ३६ को नारायणलाल श्रेष्ठलाई काठमाडौं देखी बन्देउ तर्फ आउदै गरेको बसमा चेकजाँचको क्रममा फेला पारि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । श्रेष्ठलाई सिन्धुपाल्चोक जिल्ला अदालतको २०६८ मंसिर २८ गतेको फैसलाले २ महिना ०५ दिन कैद र रु १०,०००।– जरिवाना सजाँय सुनाएको थियो । यसैगरी जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–२ बस्ने केशव प्रसाद नेपालको छोरा बर्ष ३९ को सुकदेव नेपाललाई भक्तपुर बालकोटबाट पक्राउ गरेको छ । उनलाई सम्मानित उच्च अदालतले २०६९ माघ ०२ गतेको फैसलाले जबरजस्ती चोरी मुद्दामा ११ महिना २६ दिन कैद सजाँय सुनाएको थियो । प्रहरीका अनुसार श्रेष्ठ र नेपाललाई कैद असुलका लागि बुधबार जिल्ला कारागार चलान गरेको छ ।
