धादिङ जिल्लाका ज्यो.पं. तोयनाथ अर्यालको ९० औँ जन्मदिवसको उपलक्ष्यमा वहाँद्वारा लिखित आत्मवृत्तान्त “जिन्दगीका पानाहरू“को लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौँमा प्रतिष्ठानका कुलपति श्री भूपाल राईले एक समारोहका बिच “जिन्दगीका पानाहरू“को लोकार्पण गर्नु भएको हो । उक्त समारोहमा प्राज्ञ सदस्य एवम् युवा आख्यानकार अमर न्यौपाने, प्रा. डा. रामचन्द्र लम्साल, “नेपाली भाषा बचाऔँ अभियान“ का अभियन्ता डा. बलदेव शर्मा अधिकारी, लोकप्रिय सञ्चारकर्मी एवम् कवि डा. नवराज लम्साल र पूर्व प्रशासक राममणि दुवाडी .सामुदायिक रेडियो प्रसारक संघका निबर्तामन अध्यक्ष सुवास खतिवडा विशेष अतिथिका रूपमा रहनु भएको थियो । “जिन्दगीका पानाहरू“को लोकार्पण बिमोचन गर्दै प्रमुख अतिथी राइले ज्योतीष क्षेत्रमा तोयनाथ नेपालको मात्र नभइ बिश्वमा नै प्रख्यात ब्यक्ती भएको एक सामाजीक तथा धार्मीक अभियान्ता समेत रहेको बताउँनु भयो । प्रमुख अतिथि ले प्रस्तुत कृति “जिन्दगीका पानाहरू” मानव जीवनमा आइपर्ने थरी थरीका कथा–व्यथा, हाँसो–रोदन, सदाशय, सद्विचार, उत्प्रेरणा, हौसला, आरोह–अवरोह आदिले भरिपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा बिशेष अतिथीहरुले यो कृति उहाँको जीवनका कथा–व्यथाले मात्र भरिएको नभई वर्तमान र भावी पिँढीलाई समेत प्रेरणादायी र ज्ञानवर्द्धक सामग्रीयुक्त रहेको उल्लेख गर्नुभएको थियो । २६ खण्ड र ६४ उपखण्ड बिभाजित आत्मवृत्तान्त “जिन्दगीका पानाहरू“ असाध्यै सरल भईकन सरस भाषाशैलीमा लेखिएको यो संस्मरण नेपाली साहित्यको मूल्यवान् सम्पत्तिका रूपमा सुरक्षित हुने, वर्ण–विन्यास विज्ञानलाई पालना गर्दै लेखिएको यस पुस्तकले प्रत्येक पाठकलाई प्रसन्न पार्ने धारणा समेत सो अबशरमा बिशेष अतिथीहरुले व्यक्त गर्नुभएको थियो । साथै आफ्नो जन्मथलो र वरपरका गाउँहरुमा समेत शिक्षाको जग बसाल्न योगदान पु¥याउनु हुने लेखकले धादिङको नलाङ,सांकोस देखि नर्वे र अमेरिकासम्मको सजीव चित्र उतार्नु भएको, उहाँसँग कृषि, प्रविधि, प्रशासन, अध्यापन र ज्योतिष–शास्त्र समेतको गहिरो ज्ञान तथा अनुभव रहेको स्पष्ट सूचना दिने यस पुस्तकले इतिहास विधामा समेत प्रभाव पार्ने धारणा टिप्पणीकर्ताहरूले व्यक्त गर्नुभयो ।“जिन्दगीका पानाहरू” को लोकार्पण समारोहको सर्जकका पुत्रहरु टीकानाथ अर्यालले कार्यक्रम संचालन,दामोदर अर्यालले आमन्त्रित पाहुनालाई मन्तव्यद्वारा स्वागत र लेखनाथ अर्यालले धन्यवाद ज्ञापन गर्नुभएको थियो । “जिन्दगीका पानाहरू” को लोकार्पण समारोहमा विभिन्न साहित्यकार, समाजसेवी,बिदेशी पाहुना,आफन्तजन र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।