सम्पर्क

रायायनिक मलमा भएको मुल्य बुद्धीको बिरोध

रासायनिक मलमा किसानलाई सरकारले दिदै आएको अनुदान रकम कटौती गरी प्रतिकिलो यूरियामा ११ रुपैयाँ, डिएपीमा ७ रुपैया र पोटासमा ९ रुपैया वृद्धि गर्ने निर्णय गरेकोमाराष्टीय कृषक महासंघले बरिोध गरेको छ । महासंघको अध्यक्ष नवराव बस्नेतले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बिज्ञेप्ती समेत प्काशन गरेको छ। उत्पादनको समर्थन मुल्य प्राप्तिमा बंचितीकरण, मुल्य श्रृखलाका हरेक चरणका समस्याका बाबजुद नेपाली कृषि संस्कृतिलाई धान्दै आएका किसानलाई उत्पादनमा प्रोत्साहित गरिनुुको साटो सरकारबाट हुने यस्ता गतिविधिले उत्पादन लागत बढेर जाँदा किसानहरुमा पेशागत नैराश्यता आइ पेशा पलायनता बढदै जाने तिब्र सम्भावना रहेकाले किसानको उत्पादन लागत बढाउने गरि मल अनुदानमा दिईदै आएको अनुदान कटौतिले किसानलाई आर्थिक बोझ हुने पक्का छ । यसर्थ यस निर्णय अविलम्ब फिर्ता गर्न राष्ट्रिय कृषक समूह महासंघ नेपाल सरकारसंग जोडदार माग गर्दछौ बिज्ञेप्तीमा भनीएको छ ।