सिन्धुपाल्चोकजिल्ला अन्तर गत चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४मा कच्ची सडक मापदण्डअनुसार स्तरोन्नति गर्न थालिएको छ । सडक स्तरोन्नतिका लागि भौतिक पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकमा पौष २८ सम्झौता भएको वडाध्यक्ष उद्धव नेपालले बताउनुभयो । उक्त योजनाका लागि डडुवा हर्रे सडक स्तरोन्नतिको नाममा २५ लाख बजेट विनियोजित भएको वडाध्यक्ष नेपालले बताउनुभयो ।
निर्धारित समय भित्र सम्झौताअनुसार काम सम्पन्न गर्ने लक्ष्यका साथ नै काम अघि बढिरहेको उहाँले बताउनुभयो । जोखिमपूर्ण यस सडकखण्डमा वर्षायाममा झन् जोखिम हुँदा बढी मर्कामा पर्दै आए पनि बिस्तारै सडकको स्तरोन्नति भएपछि केही सहज हुने देखिन्छ । उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र बस्नेतले समित निमार्णमा विवाद भएपनि अहिले सबै मिलेर काम गरिरहेको बताउनु भयो । समितिका सदस्य गणेश तामाङले सडक मापदण्ड अनुसार वाल लगाउने र दायाँ बायाँ कटिङ्ग गरेर सडक फराकिलो बनाउने योजना रहेको बताउँनुभयो । स्थानिय उपभोक्ता सुर्य थापामगरले काम पारदर्शिता हुनपर्ने सवैलाई समान व्यवहारले हेर्नु पर्ने बताउँनु भयो । सडक फराकिलो बनाउँदा खनेको माटो दायाँ हालेर फिलिङ्ग गर्दा बर्षादको समयमा माटो बगायर सडकको अबस्था झन नाजुक हुने र यसरी माटोफिलिङ्ग गर्दा सडक नजिकको घरहरु समेत जोखिममा पर्ने देखिन्छ ।
यसका लागि मापदण्ड अनुसार नालि काट्ने र पानी जम्न नदिने गरि ब्यबस्था गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र बस्नेतले जानकारी दिनु भयो । उँहाका अनुसार टिपर प्रयोग गरि माटो डडुवा भवानि शङ्कर बिद्यालयको अगाडि खाल्डोमा, राख्न लागिएको बताउनु भयो ।