सम्पर्क

स्ववियुको शपथसँगै वनभोज कार्यक्रम

सिन्धुपाल्चोक जिल्ला स्थित चौतारा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारी एवम् सदस्यहरुलाई सपथ ग्रहण गराईएको छ । सपथ ग्रहणपछि वनभोज कार्यक्रम समेत आयोजना गरिएको थियो । अमृत श्रेष्ठको सभापतित्वमा निर्वाचित १५ सदस्यीय स्ववियु पदाधिकारीलाई बुधबार क्याम्पसमा एक कार्यक्रमको आयोजना गरि निर्वाचन अधिकृत तथा सहायक क्याम्पस प्रमुख जष्मिन लामाले प्रमाणपत्र वितरण गर्दै सपथ ग्रहण गराउनुभएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख सीता थापाको प्रमुख अतिथ्यता र क्याम्पसको व्यवस्थापन समितिको अध्यक्ष गम्भिरलाल श्रेष्ठको विशेष अतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व भने क्याम्पस प्रमुख नगेन्द्र प्रसाद दंगालले गर्नुभएको थियो । क्याम्पसको स्ववियु सभापति अमृत श्रेष्ठ, उपसभापतिमा निर्मल श्रेष्ठ, सचीवमा सुशील तामाङ, सहसचिवमा सविना कार्की, कोषाध्यक्षमा प्रमिला विक यस्तै सदस्यहरु रश्मिला खत्री , सुदिप श्रेष्ठ , छिरिङ लामा ,रोशन भुजेल ,अस्मिता आचार्य ,राजन अधिकारी ,मनिता न्यौपाने ,सुमीक्षा तामाङ कोपिला श्रेष्ठ ,प्रजिना बस्नेत रहनुभएको छ । सपथपछि स्ववियुकै आयोजनाका जुगल गाउँपालिकाको खस्रे स्थित वनभोजको आयोजना गरिएको थियो ।