सम्पर्क

ब्रेकिङ न्युज १

अर्थतन्त्र सुधारलाई केन्द्रमा राखेर वार्षिक नीति तथा कार्यक्रम

ब्रेकिङ न्युज १, समाचार
मुलुकको अर्थतन्त्र सुधारलाई केन्द्रमा राख्दै आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै क्रमशः अर्थतन्त्र सुधार गर्दै जाने लक्ष्य सरकारको रहेको बताउनुभयो । “अर्थतन्त्रको समग्र मागमा आएको ह्रास, तरलताको सङ्कुचन, उच्च ब्याजदर, मूल्यवृद्धि, न्यून पुँजीगत खर्च, कमजोर राजस्व परिचालन तथा बाह्य क्षेत्रमा परेको चापलाई क्रमशः सम्बोधन गरिँदै लगिनेछ”, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति पौडेलले भन्नुभयो । अर्थतन्त्र विस्तारका लागि निजी क्षेत्रको सहभागिता, चुस्त राजस्व प्रशासन, प्रभावकारी पुँजीगत खर्च, सार्वजनिक खर्चमा कटौतीजस्ता विषय वार्षिक नीति तथा कार्यक्रममा अटाएका छन् । राष्ट्रिय आयको वितरणलाई समन्यायिक बनाउने र निजी क्षेत्रलाई आर्थिक विका...
जनमिलनद्धारा अनुदानमा धानको बिउ बितरण

जनमिलनद्धारा अनुदानमा धानको बिउ बितरण

कृषि, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी – १४ डडुवामा रहेको जनमिलन बचत तथा ऋण सहकारी संस्थाद्धारा अनुदानमा धानको बिउ वितरण गरेको छ । कृषि पेसाबाट आत्मनिर्भर किसानलाई अनुदानमा धानको बिउ वितरण गर्न थालेको हो । बजारमा ८२५ रुपैयाँ पर्ने धानको बिउलाई ६५० मा बितरण गरिएको संस्थाका अध्यक्ष शेर बहादुर श्रेष्ठले जानकारी दिनुभयो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ को कृषी बिउ अनुदान कार्यक्रम अन्तर्गत धानको बिउमा प्रती पकेट रु १७५ का दरले अनुदान सहयोग गरेको निर्वतमान वडाअध्यक्ष समेत रहनु भएको श्रेष्ठले जानकारी दिनुभयो । धानको बिउ बितरण गर्दै वडाअध्यक्ष उद्धब प्रसाद नेपालले बिउ बिजन लिनेसँगै कृषी उत्पादनमा सहजताका लागी नगरपालिबाट हुन सक्ने सहयोग भइरहेको बताउँनु भयो । जनमिलन सहकारी संस्थाले शुक्रबार मात्रै ५०० पकेट धानको बिउ बितरण गरेको छ । जसमा G– 10, G– 1, सुपर चाईना, शंकर– 312, महाराजा जातको धा...

खरिद प्रक्रिया सबै रोक्छौ उपचार अभावमा कोही पनि मर्नुपर्देन, मन्त्री बस्नेत

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
    स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले अनाबश्यकका सामाग्री खरिद प्रकृया रोकीने बताउँदै मन्त्रालयमा पैसा बचाएर उपचारको अभावमा कसैको पनी ज्यान जान नजाने बताउँनु भएको छ । बस्नेतले एक एक पाइला ठोकर्पा आधरभुत अस्पतालको उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । उँहाले स्वास्थ्य मन्त्रालय अन्र्तगत सबै विभाग र स्वास्थ्य संस्थाहरुले गर्दे आएको स्वास्थ्य सामग्री खरिदलाई रोक्का गरेको बताउँनु भयो । खरिदमा धेरै ठुलो चलखेल हुदो रहेछ, अघिल्लो पटक खरिद गरेको मेशिन चलाएको नै हुदैन तर यो पटक फेरी मेशिन लगायतका सामग्रीहरु खरिद गर्ने प्रचलन रहेछ भन्नु हँदै मन्त्री बस्नेतले खरिद किन हुन्छ तपाँइहरु बुझिहाल्नुहुन्छ,त्यसैले अहिले म आउन साथ सबै खरिदका काम रोकेको छु भन्नु भयो । बस्नेतले आफु मन्त्री हुन साथ मेरो मन्त्रालयको बजेट घटाएको थियो तर अहिले झण्डै ७ अरब बजेट थप्न सफल भएको बताउँनु भयो । मन्त्री ब...

स्वास्थ्य प्रेस संयोजकमा दुलाल

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आफ्नो प्रेस संयोजकमा रामचन्द्र दुलाललाइ नियुक्त गर्नु भएको छ । प्रेस युनियन सिन्धुपाल्चोकका पार्षद दुलाल नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका उपाध्यक्ष समेत रहनु भएको छ । यसै गरी माननीय बस्नेतको निजि सचिवालयको स्वकीय अधिकृतमा रामेश्वर आचार्य नियुक्त हुनु भएको छ भनेप्रशासन सहायक मा दिपक दुलाल नियुक्त हुनुभएको जनाइएको छ ।  ...

संसदीय समितिद्धारा मेलम्ची खानेपानी मूहानमा निरीक्षण

खानेपानी, ब्रेकिङ न्युज १, समाचार
रुपक पुरी संसदीय समितिद्धारा मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गरिएको छ । आयोजनाको मूहानस्थलको निरिक्षणपश्चात राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आयोजना लम्बिदा लागत बढ्ने बताउभयो । उहाँले एकैपटक एकिकृत ढंगले काम गर्न सकेमा कामले गति लिनका साथै समयको बचत र लागतमा पनि कमि आउने बताउनुभयो । मेलम्चीको पानी वितरणका लागि काठमाडौंमा भइरहेको कामको उदाहरण दिदैं अध्यक्ष तिमिल्सिनाले पाइप विच्छ्याउन विजुलीका तारहरु भूमिगतगर्ने कुराहरुले गर्दा धेरै असरहरु देखापरेका भन्दै योजना बनाउँदा केहि सिकाइहरुलाई सँगै लिएर जानपर्ने बताउनुभयो । छलफलमा आयोजनका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाका विगत देखि बर्तमान सम्मका अवस्था र उपलब्धीका बारेमा जानकारी गराउनुभएको थियो ।...

मर्मतका लागि मेलम्चीको पानी २ हप्ताका लागि बन्द गरिने

ब्रेकिङ न्युज १, समाचार
आगामी जेठ १ गतेदेखि काठमाडौँ उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी वितरण बन्द हुने भएको छ । हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मत सम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द गरिने खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो । ठुलो बाढी आएको बेला सुरक्षित रूपमा आयोजनालाई बन्द गर्न मिल्ने र सामान्य बाढी आएको बेला आयोजनालाई सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मत सम्भार गर्न लागिएको इन्जिनियर कँुवरले जानकारी दिनुभयो । भूगर्भ तथा खानी विभागका भूगर्भविद् शिव बाँस्कोटाले पोहोर साल बाढीपहिरो आएको ठाउँमा कुनै पनि रोकथाम तथा पूर्वतयारी नगरिएकाले यो वर्षको वर्षायाममा पनि बाढीपहिरोको सम्भावना कायमै रहेको बताउनुभयो । उहाँले मेलम्ची क्षेत्रमा बाढीपहिरोको विपत् अहिलेसम्म नटरेको उल्लेख गर्नुभयो ।...

सुनकोशी नदीमा विपत् उद्धार प्रदर्शन

खेलकुद, ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार
  बाढी, पहिरोमा परेर फसेका तथा डुबेकाहरुलाई उद्धार गरिने तरिकाको प्रदर्शन भएको छ । जिल्ला विपत् ब्यवस्थापन समितिले शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिका १० सुकुटे स्थित सुनकोशी नदीमा आयोजना गरेको कृतिम घटना अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले विपत्मा उद्धार प्रदर्शन गरेका हुन् । मनसुनजन्य विपत्को हिसावले ग्रस्त जिल्लाको रुपमा रहेको सिन्धुपाल्चोकमा मनसुनको सुरुवात पूर्व पूर्वभ्यास गरिएको हो । सुनकोशी नदीमा एक्कासी बाढी आई खेतमा काम गरिरहेका दुई जना कृषकलाई बगाएको, स्थानीयले प्रहरीलाई खवर गरेको र प्रहरी तथा उद्धार टोलीले उद्धार गरिएको घटना अभ्यास भएको हो । साथै पहिरोमा फसेका तथा डुङ्गा पल्टिएर नदीमा फसेकाहरुको उद्धारको पनि सफल उद्धार गरिएको अभ्यास भएको छ । सिन्धु पर्यटन ब्यवसायी संघको सहयोग, जिल्ला विपत् ब्यवस्थापन समितिको आयोजना र तीनै वटा सुरक्षा संयन्त्रको सहका...

विवाहको गाडि दुर्घटना

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–७ झ्याडीखोला स्थित भित्री सडक खण्डमा विवाहको गाडि दुर्घटना भएको छ । जिल्लाको जलबिरे खमारेबाट जन्ती लिएर इन्द्रावती गाउँपालिका – १० पाटीगाउँतर्फ हिँडेको हेलम्बु यातायातको बा २ ख ८४२२ नम्बरको गाडी अचानक ब्रेक फेल भई सडकको बाँया साईडको भित्तामा ठोक्किन गएको सूचना अधिकारी प्रहरी निरीक्षक चन्द्र भुषन यादवले जानकारी दिनुभयो । जिल्ला कार्यालयबाट प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाको कमाण्डमा घटनास्थलमा प्रहरी टोली पुगि घाईतेहरुको उद्दार गरि चौतारा अस्पतालमा पठाईएको कार्यालय प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिनुभयो उहाँका अनुसार गडिमा ४० जना सवार रहेको थियो । जसमा १८ जना घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुः– १) जि.सि.पा. ईन्द्रावती गा.पा. १० बस्ने बर्ष ४५ को नारायण थापाको टाउकोमा चोट अवस्था मध्यम (बोल्न सक्ने) २) बस चा...

स्वास्थ्य बिमाको उपचार सरल बनाउनुपर्छ ः मन्त्री बस्नेत

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रमको उपचार पद्धति सरल बनाउनुपर्ने बताउनुभएको छ । मन्त्रालयमा आयोजित पत्रकारसँग कुराकानी गर्दै उहाँले स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयन प्रभावकारी बनाएर उपचार पद्धति सरल बनाइने बताउनुभयो । “स्वास्थ्य बिमा कार्यक्रममा एकरूपता पनि भएन”, उहाँले भन्नुभयो, “जुन ढङ्गले बिमा कार्यक्रम लागू हुनुपर्ने हो, त्यो भएन । अब बिमा कार्यक्रमलाई प्रभावकारीरूपमा कसरी कार्यन्वयन गर्ने भन्नेमा सम्बन्धित पक्षसँग कुरा गरिरहेको छु ।” मन्त्री बस्नेतले राज्य स्वास्थ्य क्षेत्रमा लगानी गरेअनुसार प्रतिफल नपाएकोसमेत बताउनुभयो । स्वास्थ्य मन्त्रालयले आफ्नो काममा सुधार गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले मन्त्रालयमा काम गर्ने कर्मचारीलाई दण्ड र पुरस्कारको व्यवस्था गरेर सुधार गर्ने बताउनुभयो । मन्त्री बस्नेतले स्वास्थ्य नीति राम्रो बनाउन ...

सरकार उद्योगी तथा व्यवसायीको पक्षमा छः मन्त्री बस्नेत

ब्रेकिङ न्युज १, राजनिती, समाचार
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकार उद्योगी तथा व्यवसायीको पक्षमा रहेको बताउनुभयो । मंगलबार एकता व्यापार संघको आयोजनामा भएको ‘बृहत् निःशुल्क स्वास्थ्य शिविर’ मा उहाँले देशको आर्थिक मेरुदण्डका रूपमा रहेको उद्योग व्यवसायलाई व्यवस्थित गर्न सरकारले सहयोग गर्ने बताउनुभएको छ । पञ्चायतकालदेखि सिन्धुपाल्चोकको तातोपानी नाकालाई व्यवस्थित बनाउन आफू लागेको भन्दै उहाँले कोरोना सङ्क्रमणका कारण बन्द रहेका नाकालाई कूटनीतिक पहलमार्फत चाँडो सञ्चालन गर्न आफूले पहल गर्ने बताउनुभयो । कोरोनाका कारण नेपालसहित विश्वकै अर्थतन्त्र बिग्रिएकाले यसलाई पहिलेकै अवस्थामा ल्याउन व्यवसायीमैत्री वातावरण बनाउनुपर्ने मन्त्री बस्नेतको भनाइ थियो । उहाँले व्यवसायीले उद्योग तथा व्यवसायको विषयलाई लिएर आत्महत्याको बाटो रोज्नु मुलुककै लागि दुर्भाग्यको विषय भएको बताउनुभयो । नेपाल व्यवसायी राष्ट्रिय महासङ्घका अध...