स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले अनाबश्यकका सामाग्री खरिद प्रकृया रोकीने बताउँदै मन्त्रालयमा पैसा बचाएर उपचारको अभावमा कसैको पनी ज्यान जान नजाने बताउँनु भएको छ । बस्नेतले एक एक पाइला ठोकर्पा आधरभुत अस्पतालको उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । उँहाले स्वास्थ्य मन्त्रालय अन्र्तगत सबै विभाग र स्वास्थ्य संस्थाहरुले गर्दे आएको स्वास्थ्य सामग्री खरिदलाई रोक्का गरेको बताउँनु भयो ।
खरिदमा धेरै ठुलो चलखेल हुदो रहेछ, अघिल्लो पटक खरिद गरेको मेशिन चलाएको नै हुदैन तर यो पटक फेरी मेशिन लगायतका सामग्रीहरु खरिद गर्ने प्रचलन रहेछ भन्नु हँदै मन्त्री बस्नेतले खरिद किन हुन्छ तपाँइहरु बुझिहाल्नुहुन्छ,त्यसैले अहिले म आउन साथ सबै खरिदका काम रोकेको छु भन्नु भयो । बस्नेतले आफु मन्त्री हुन साथ मेरो मन्त्रालयको बजेट घटाएको थियो तर अहिले झण्डै ७ अरब बजेट थप्न सफल भएको बताउँनु भयो । मन्त्री बस्नेतले नुनको सोझो गर्नुपर्छ भन्छन् त्यसैले धेरै मत दिएर २ नम्बरले जिताएको छ,यो क्षेत्रको जस्तो ३२ मत मात्रै बढी होइन,त्यसैले बढी विकास २ मा नै गर्छु भन्दै आफुले तिन दिन भित्र अहिलेसम्म मेलम्ची क्षेत्रका कसैले पनि नदेखेको एम्बुलेन्स दिएको बताउँनु भयो उँहाले हुत्ती र बुद्धी भएकाले मात्रै बजेट ल्याउन सक्छ,मलाई पदमा हुदा पनि नहुदा पनि बजेटको खडेरी पर्देन त्यसैले क्षेत्र नम्बर २ मा भटाभट झयाप कि झ्याप बजेट हाल्न सुरु गरिसकको बताउँदै अहिले यो क्षेत्रमा भाषण गर्ने,योङ नेताहरु आएका छन्,२ वर्ष उहाँहरुलाई काम गर्न दिउ,सकेनन् भने म गर्छु भन्नु भयो । सो अवसरमा बस्नेतले आगामी आर्थिक वर्षदेखि सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत सम्म कर लगाउने र त्यो करबापतको रकम स्वास्थ्य मन्त्रालयमा सिधै जम्मा गरेर एउटा कार्यविधि बनाएर गरिब तथा विपन्न नागरिकहरुको उपचारका लागि खर्च गर्ने गरी आफुले मन्त्री परिषदमा प्रस्ताव लगेको मन्त्री बस्नेतले बताउँनु भयो । अब पैसा नभएर कुनै पनि नागरिक अकालमा नै मृत्यु हुने परम्पराको अब अन्त्य हुने मन्त्री बस्नेतले बताउँनु भयो ।
स्वास्थ्य मन्त्री भएपछि आफुले ३ महिना को समय मात्रै मागेको र ३ महिना भित्र स्वास्थ्य क्षेत्रमा उथलपुथल ल्याउने बताउँनु हँदै मन्त्री बस्नेतले राजधानी पुर्वका जिल्लाहरुमा व्यवस्थीत अस्पताल नहुदा धेरैको अकालमा नै ज्यान जाने गरेकोे काभ्रेको धुलिखेल अस्पताललाई ट्रमा सेन्टर बनाउने बताउँनु भयो ।
अस्पताल उद्घाटन समारोहमा सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले अघील्लो सरकारले गरेका राम्रा कामलाइ सम्पन्न गराउँन बर्तामान सरकारको पनी दाइत्व भइकाले अस्पताल सञ्चालनका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाको तर्फबाट अस्पताललाई ५० लाख रुपियाँ विनियोजन गरेको र वडा नम्बर १ ले २० लाख विनियोजन गरेको बताउँनु भयो । गाउँपालिकाले मात्रै अस्पताल सञ्चालन गर्न नसक्ने भएकाले स्वास्थ्य मन्त्रालयले नै अब जनशक्ति लगायत अन्य उपकरणहरु दिएर अस्पताल सञ्चालन गर्नका लागि मन्त्री बस्नेत सँग माग गर्नु भएको थियो । कार्यक्रममा गाउँपालिकाका पुर्व अध्यक्ष श्रवणकुमार जिसी(विनोद) ले आफ्नो कार्यकालमा अस्पताल निर्माणको लागि पर्याप्त बजेट विनियोजन भएको र त्यसैको कारण अहिले अस्पताल यो अवस्थामा आइपुगेको बताउँनु भयो । कार्यक्रममा पुर्ब वडा अध्यक्ष रामकुमार थापाले हरेक बिकासका कामका लागी स्वास्थ्य आबश्यकता हुने हँदा पहीले जनता बचाउ अनी राजनिती गरौला भन्ने मोहन बहादुर बस्नेतको भनाइलाइ आत्मा साथ गर्दे यो अस्पताल निर्माणको कार्य थालनी भएको बताउँनु भयो । उद्धघाटन कायंक्रममा अस्पताललाई विभिन्न सहयोग गर्ने दाताहरुलाईसम्मान गरिएको थियो ।
आफ्नो गाउँमै अस्पताल बनेपछि खुसी हुदै सुनकोशी गाउँपालिका–१ ठोकर्पाका स्थानीयले गित र श्लोकको भाका मार्फत गाउँमा अस्पताल बनेपछि खुसी ब्यक्त गरेका थिए ।
हुन पनि गाउँमा सामान्य बिरामी हुदा पनि पोकोपन्तेरो बोकेर कि धुलिखेल या त काठमाडौ जानु पर्ने बाध्यता अहिले सुनकोशी गाउँपालिका–१,२ र ३ का मात्रै होइन लिसंखु पाखर गाउँपालिकाको केही वडा र काभ्रेको भुम्लु गाउँपालिकाका स्थानीय समेत लाभन्वीत भएका छन् ।

आफ्नै घर छेउको अस्पतालमा धेरैले उपचार गर्न पाएपछि खुसी हुनेको संख्या धेरै रहेको छ । भुकम्पपछि गाउँमा नै एउटा पोलिक्लिनिक स्थापना गर्ने गरी सुरु गरिएको अभियान अन्र्तगत अहिले सिन्धुपाल्चोकको ठोकर्पामा एउटा सुविधासम्पन्न अस्पताल निर्माण भएको छ । अस्पताल निर्माण भएपछि हालसम्म ४ हजार बढीले आफ्नै घर आँगनमा विशेषज्ञ सेवा सहितको उपचार पाएका छन् ।
सुनकोशी गाउँपालिका र एक एक पाइला फाउण्डेशन सहयोगमा सञ्चालित एक एक पाइला ठोकर्पा आधरभुत अस्पताल उद्घाटनमा आएका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आफ्नो समेत सक्रियतामा स्थापना भएको अस्पताललाई आगामी दिनमा भौतीक लगायत जनशक्तिको हिसाबले पनि सुपिधासम्पन्न बनाउने उद्घोष गर्दा ठोकर्पाबासी निकै खुसी भएका थिए ।
सुरुमा स्वीडेन नेपाल सोसाइटीको आर्थिक तथा बिल्ड अप नेपालको प्राविधिक सहयोगमा ३५ लाख रुपियाँको लागतमा अस्पतालको एउटा भवन निर्माण सम्पन्न भएको अस्पताल सञ्चालक समितिका अध्यक्ष नेत्रबहादुर कार्कीले जानकारी दिनु भयो । पछि स्थानीय उपभोक्ता समिति मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सुनकोशी गाउँपालिका र जिल्ला समन्वय समितिको सहयोगमा ३ करोड ३८ लाख रुपियाँको लागतमा अस्पतालको भव्य भवनहरु निर्माण सम्पन्न भएका छन् । भवन निर्माण भएपछि २०७९ साउन देखि अस्पताल विधिवत रुपमा विभिन्न सेवाहरुको सुरुवात गरेको अध्यक्ष कार्कीले जानकारी दिनु भयो ।
अस्पतालमा एमडीजिपी सहित २ जना विशेषज्ञ डाक्टर सहित, ओपीडी, इर्मेजेन्सी,दन्त, आँखा, ल्याब, फार्मेशी, भिडीयो एक्सरे, चस्मा पशल,इसिजी लगायतका प्राय सबै सेवाहरु अस्पतालमा रहेको अस्पतालका डाक्टर विनोद रानाले जानकारी दिनु भयो ।
सुनकोशी गाउँपालिका लगायत विभिन्न व्यक्ति र संघ संस्थाहरुको सहयोगमा अस्पतालमा अक्सिजन प्लान्ट समेत जडान गरिएको छ । उक्त प्लान्ट बाट दैनिक ४५ शिलीण्डर अक्सिजन उत्पादन हुने अस्पतालले जानकारी दिएको छ ।
