सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–७ झ्याडीखोला स्थित भित्री सडक खण्डमा विवाहको गाडि दुर्घटना भएको छ । जिल्लाको जलबिरे खमारेबाट जन्ती लिएर इन्द्रावती गाउँपालिका – १० पाटीगाउँतर्फ हिँडेको हेलम्बु यातायातको बा २ ख ८४२२ नम्बरको गाडी अचानक ब्रेक फेल भई सडकको बाँया साईडको भित्तामा ठोक्किन गएको सूचना अधिकारी प्रहरी निरीक्षक चन्द्र भुषन यादवले जानकारी दिनुभयो । जिल्ला कार्यालयबाट प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाको कमाण्डमा घटनास्थलमा प्रहरी टोली पुगि घाईतेहरुको उद्दार गरि चौतारा अस्पतालमा पठाईएको कार्यालय प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिनुभयो उहाँका अनुसार गडिमा ४० जना सवार रहेको थियो । जसमा १८ जना घाईते भएको प्रहरीले जनाएको छ ।
घाईतेहरुः–
१) जि.सि.पा. ईन्द्रावती गा.पा. १० बस्ने बर्ष ४५ को नारायण थापाको टाउकोमा चोट अवस्था मध्यम (बोल्न सक्ने)
२) बस चालक जि.सि.पा. ईन्द्रावती गा.पा.४ बस्ने बर्ष ३० को जिवन तामाङ पेटमा चोट अवस्था मध्यम (बोल्न सक्ने)
३) ऐ. बस्ने बर्ष २२ को रामचन्द्र पौडेल टाउकोमा चोट अवस्था मध्यम (बोल्न सक्ने)
४) सह चालक ऐ. बस्ने बर्ष १९ को कुमार तामाङ अनुहारमा चोट अवस्था सामान्य (बोल्न सक्ने)
५) ऐ. बर्ष ८२ को तिल बहादुर थापा अवस्था सामान्य (बोल्न सक्ने)
६) ऐ. बस्ने बर्ष ३५ को धन बहादुर थापा अवस्था सामान्य (बोल्न सक्ने)
७) ऐ. बस्ने बर्ष १४ की सुस्मिता कार्की अवस्था सामान्य (बोल्न सक्ने)
८) ऐ. बस्ने बर्ष ३४ को धन बहादुर थारु अवस्था सामान्य (बोल्न सक्ने)
९) ऐ. बर्ष ५५ को भिमशेन दंगाल अवस्था सामान्य (बोल्न सक्ने)
१०) ऐ. बस्ने बर्ष ६० को रामचन्द्र थापा अवस्था सामान्य (बोल्न सक्ने)
११) ऐ. बस्ने बर्ष ५३ को सोने तामाङ बाँया खुट्टामा चोट अवस्था सामान्य (बोल्न सक्ने)
१२) ऐ. बर्ष १४ की बालिका ग्रिष्मा थापा अवस्था सामान्य (बोल्न सक्ने)
१३) ऐ. बस्ने बर्ष १२ को अनुप अधिकारी अवस्था सामान्य (बोल्न सक्ने)
१४) ऐ. बस्ने बर्ष ७ की सिम्रण कुँवर अवस्था सामान्य (बोल्न सक्ने)
१५) ऐ. बस्ने बर्ष १७ को बसन्त थापा दाँया हातमा चोट अवस्था सामान्य (बोल्न सक्ने)
१६) ऐ. बस्ने बर्ष ३४ को चेत बहादुर कुँवर दाहिने छातिमा चोट अवस्था सामान्य (बोल्न सक्ने)
१७) ऐ. बस्ने बर्ष २८ को सुनिल तामाङ छातिमा चोट अवस्था सामान्य (बोल्न सक्ने)
१८) ऐ. बस्ने बर्ष १८ को शेखर थापा बाँया खुट्टामा सामान्य चोट अवस्था सामान्य (बोल्न सक्ने)
