कुमार बस्नेत (अधिराज)
सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका वडा नं. ५ सुनखानिमा रहेको भुमेश्वरी मा विमा बिहिवार अभिभावकबाट तालाबन्दी गरिएको छ । शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ तथा स्थानीय शिक्षा ऐन २०७४ बिपरित बिद्यालय प्रशासनले काम गरेको भन्दै स्थानीय अभिभावक राम काजी लामाको नेतृत्वमा अभिभावकहहरु सहित बिद्यार्थीहरुले ताला बनदी गरेका हुन । गाउँपालिकाकै सबैभन्दा धेरै माबि ६ जना स्थायी शिक्षक भएको बागभैरब माबि मा भुमेश्वोरी माबिमा कार्यरत मा बि राहत सामाजिक शिक्षक मैया पौडेललाई सरुवा गरेपछी बिद्यार्थीहरु आक्रोसित भएका हुन । राहत शिक्षकलाई सरुवा गर्न ,सघिय शिक्षा ऐनमा,स्थानीय शिक्षा ऐनमा ब्यवस्था गरिएको छैन भन्दै राम्रा शिक्षकलाइ राजनीती आवश्कता आधारमा सरुवा गरिएकोमा हामीले बिरोध गरेका हौ । हामीलाइ राजनिती होइन शिक्षा नितीको आबश्यकता छ । शिक्षालयमा राजनिती हुनु हुँदैन भन्दा बिद्यालय पैशासनले नमाने पछी ताला बन्दी गर्न परेको लामाले जानकारी दिनुभयो । राजनीतिक शक्तिको आडमा बागभैरवमा बिमा ६ वटा सामाजिक बिषय सहितको स्थायी दरबन्दी हुँदा हुँदै सात वटा बनाएर सरुवा गर्नु ,जाल्पा माबिबाट स्थायी दरबन्दी ल्यायर जस्तो गरेर बल्ल बल्ल ४ वटा दरबन्दी भएको भुमेश्वरिमा दरबन्दी फेरि ३ वटामै झार्नु कस्तो खाल्को राजनीति हो भन्दै लामाले आक्रोस ब्यक्त गर्नु भयो । यस सम्बन्धमा बिद्यालयका प्रअ तुला बहादुर लामाले बिद्यालयललाइ शिक्षकको आबश्यकता भइरहेको अबस्थामा सरुवा गर्ने काम बिद्यालयले नगरेको तर पालिकाले सरुवा गरेकोमा यस समबन्धी सबै पक्ष बसेर छलफल गरिने भएकाले ताला लगाउँने पक्षलाइ समेत बिद्यालयमा बोलाएर छलफल गरी । बिद्यालयका अभिभावकहरको बिचमा समिती समेत बनाई पालीकासँग सम्मन्वय गर्र्न काम गरिने बताउँनु भयो । उहाँका अनुसार शुक्रबार छलफल गरिने भएको छ ।
