सम्पर्क

ब्रेकिङ न्युज १

आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै

आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै

., अन्तर्वाता, कृषि, खानेपानी, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १ वैशाखः आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । संसारभर नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेका छन् । त्यसैमध्येको नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मानाइँदै आइएको छ । सबैभन्दा पूरानो संवत्का रूपमा विक्रम संवत्लाई स्थापित छ । सोही संवत्को आज पहिलो दिन हो । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन तथा वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको जानकारहरू बताउँछन् । सूर्य मेष राशिमा प्रवेश गरी मीन राशिमा पुगेर छोड्दा यो संवतको पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक यो रहेको विद्वानहरूको भनाइ छ । ...
गाँउले सामुदायिक बन सहकारीको १७ साधरण सभा सम्पन्न

गाँउले सामुदायिक बन सहकारीको १७ साधरण सभा सम्पन्न

कृषि, खानेपानी, खेलकुद, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, स्वास्थ्य
चौतारा साँगाचोकगढी नगरपालिका–१४, डडुवामा अवस्थित गाउँले सामुदायिक वन सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।चौतारासाँगाचोकगढी नगरपालिका १४का वडा अध्यक्ष एबम नगर लेखा संयोजक उद्धब नेपालको प्रमुख अतिथ्यतामा र सस्थाका अध्यक्ष ओम बहादुर बस्नेतको सभापतीत्वमा सभा सम्पन्न भएको हो ।  बार्षीक साधरण सभा को उद्धघाटन गर्दे वडा अध्यक्ष नेपालले सहकारीताका माध्ययमबाट गरिएका हरेक कामहरु पारदर्सीतामा लैजानका लागी समयमा साधरण सभा र लेखा परिक्षण गर्न पर्ने सुझाब दिदै सहकारी सस्थाका शेयर सदस्यहरुले पनी आफ्नो सस्थाको गतिबिधी समय समयमा जानकारी लिइरहन पर्नै बताउँनु भयो । नेत्रज्योती कृषी सहकारी सस्थाका ब्यवस्थापक एवम नगर सहकारी सञ्जालका सदस्य नेत्र बहादुर बस्नेतले सहकारी ऐन अनुसार बिषयगतमा रहेर काम गर्न पर्नै बताउँनु भयो । जनहित दुग्ध उत्पादन सहकारी सस्थाका अध्यक्ष बद्री प्रसाद नेपालल...
बागमतीमा सांसदसँग प्रधानमन्त्री शाहको छलफल, स्थानीय समस्यामा जोड

बागमतीमा सांसदसँग प्रधानमन्त्री शाहको छलफल, स्थानीय समस्यामा जोड

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बागमती प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरसँग विकास र जनजीविकासँग सम्बन्धित विषयमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सोमबार भएको भेटमा उनले चालु आर्थिक वर्षभित्रै कार्यान्वयन गर्न सकिने योजनाहरु पेश गर्न सांसदहरुलाई आग्रह गरेका हुन् । प्रदेशगत रुपमा सांसदहरसँग छुट्टाछुट्टै छलफल गर्ने क्रमअनुसार आयोजित यस बैठकमा स्थानीय तहका समस्या र समाधानका उपायबारे विशेष ध्यान दिइएको थियो । यसै क्रममा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद युवराज दुलाल ले आफ्नो क्षेत्रका विभिन्न समस्याबारे जानकारी गराएका छन् । उनले बाँदरको आतंकले किसानहरु प्रभावित भएको भन्दै नियन्त्रणका लागि स्पष्ट नीति आवश्यक रहेको बताएका छन् । त्यसैगरि, मेलम्ची र इन्द्रावती नदी किनारका बस्तीहरु बढीको जोखिममा रहेको उल्लेख गर्दै तत्काल संरष्क्षणका योजना अघि बढाउनुपर्ने आव...

त्रिपुरासुन्दरीमा आँखा शिबीर ८७४ले सुबिधा पाए

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, शिक्षा, समाचार, स्वास्थ्य
त्रिपुरासुन्दरी गाउँपालिकामा निःशुल्क आँखा शिविर भएको छ “अध्यक्षसँग जनता स्वास्थ्य कार्यक्रम” अन्तर्गत गाउँपालिकाका सबै ६ वटै वडामा चैत्र २१ गतेदेखि २४ गतेसम्म एक–एक दिन शिविर सञ्चालन गरिएको थियो। उक्त शिविरमार्फत जम्मा ८७४ जनाको आँखाको चेकजाँच गरिएको थियो । जस मध्य ६५ जनामा मोतिबिन्दु रोग पहिचान भएको थियो। “अध्यक्षसँग जनता स्वास्थ्य कार्यक्रम” अन्तर्गत भएको उक्त शिविरमार्फत ८७४ जनाको आँखाको चेकजाँच गरिएकोमा ६५ जनामा मोतिबिन्दु रोग पहिचान भएका बिरामीहरूको चैत्र २५ र २६ गते पिस्कर स्वास्थ्य चौकीमा सफल शल्यक्रिया सम्पन्न गरिएको छ । शिबीर समापनमा पालिका अध्यक्ष भक्त ध्वोज बोहोराले हरेक नागरिकलाइ स्वास्थ्य र शिक्षबाट बञ्चीत हुन नपरोस भन्दै आफुले बिभिन्न निकाय र आफ्नै पालिकामा पनी भएका श्रोत साधन प्रयोग गरेर परिचालन गरिरहेको बताउँदै आफ्ना पालिका बासीहरुलाइ अहीले आँखाको उपचारमा पनी सहयोग गरेको ब...
संविधानको भावना र जनचाहनाबमोजिम काम गर्न राष्ट्रपतिको आग्रह

संविधानको भावना र जनचाहनाबमोजिम काम गर्न राष्ट्रपतिको आग्रह

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य
काठमाडौँ, २७ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावना र जनचाहनाबमोजिम काम गर्न वर्तमान सरकार सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “वर्तमान संविधान कार्यान्वयनको १० वर्षको अभ्यास र अनुभव हाम्रा लागि महत्त्वपूर्ण छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका आधारस्तम्भहरू संस्थागत भएका छन् । यही अवस्थाबाट वर्तमान सरकारले जनताका चाहना र भावना पूरा गर्नुपर्नेछ ।” राष्ट्रपति पौडेलले गर्नुभएको सम्बोधनको पूर्णपाठ यसप्रकार छः सम्माननीय सभामुखज्यू, राष्ट्रियसभाका सम्माननीय अध्यक्षज्यू, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका माननीय सदस्यहरू, १. भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई गौरवको अनुभूति भएको छ । २. सर्वप्रथम, म नेपाली जनताले पटकपटक गरेका ऐतिहासिक आन्दोलन,...
कक्षा ८को रिजेल्ट शुन्य भए पछी स्थानीय आक्रोसित

कक्षा ८को रिजेल्ट शुन्य भए पछी स्थानीय आक्रोसित

ब्रेकिङ न्युज १, राजनिती, विचार, शिक्षा, समाचार
सिन्धुपाल्चोकजिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं १४मा रहेको श्री डडुवा भवानी शङ्कर माबी र वडा नं ३मा रहेको श्री रामेश्वरी आधारभूत विद्यालयका कक्षा ८ का विद्यार्थीहरू नगर पालिकाले सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षामा शत प्रतिशत फेल भए पछी स्थानीय हरु बिद्यालय प्शासन प्रती आक्रोसित भएका छन । वडा–१४ मा रहेको डडुवा भवानीशंकर माध्यमिक विद्यालयबाट ३२ विद्यार्थी परीक्षामा सहभागि भएकोमा १जना पनी पास भएनन भने श्री रामेश्वरी आधारभूत विद्यालयका कक्षा ८ का ९जनामा १जना पनी पास भएनन । नगरले सञ्चालन गरेको कक्षा ८ को परीक्षाको नतिजा गत वर्षको तुलनामा केही सुधार देखिए पनि यो दुइवटा बिद्यालयका नतीजा हेर्दा सुधार होइन झन ओरालो लागेको भन्न सकन्छि । यसै बिषयलाइ लिएर वडा नं १४का पुर्ब बिब्यस अध्यक्ष नेत्र बहादुर बस्नेत समाज सेबी नकुल नेपाल,सरोज बोहोरा र लगाएतले बिब्यसका पदाधिकारी ...

बृहत् पाशुपत क्षेत्र पदयात्री लाई फड्केस्वरमा स्वागत

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार, साहित्य
देवराज सुबेदी,विगत साढे चार दशकदेखि प्रदूषित बन्दै गएको बाग्मती नदीलाई शुद्ध बनाई बाग्मतीको जलले पशुपतिनाथलाई स्नान गराउने उदेश्यले आयोजित ‘बृहत् पाशुपत क्षेत्र पदयात्रा’ गर्दै स्फटिकेश्वर महादेव मन्दिर मेलम्ची १३ फट्केस्वर आइपुगेको छ । उक्त टोलिलाई मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले स्वागत गर्नुभयो । आराध्यदेव भगवान् श्रीपशुपतिनाथ र पाशुपतक्षेत्रको माहात्म्य एवम् पवित्र बाग्मती नदीको विशिष्टता उजागर गर्ने उद्देश्यले ‘बृहत् पाशुपतक्षेत्र पदयात्रा’ (चौसट्ठी सिद्धलिङ्ग दर्शन) गर्न लागिएको आयोजकले जनाएको छ । पशुपतिनाथ, पाशुपतक्षेत्र तथा बाग्मती नदीको विशिष्टता समस्त सनातनी तथा नेपालीलाई जागृत गराउने पदयात्राको मुख्य उद्देश्य रहेको महेश सन्न्यास आश्रमका पीठाधीश एवम् महेश संस्कृत गुरुकुलम्का अध्यक्ष स्वामी रमणानन्द गिरिले जानकारी दिनुभयो । उहाँका अनुसार बाग्मती नदी प्रदूषित भएकामा भगवान्...

देउवा दम्पत्तिविरुद्द पक्राउ अनुमति, अनुसन्धान तीव्र

#, ब्रेकिङ न्युज १, विचार, समाचार
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकँ पत्नी तथा पूर्वमन्त्री डा. आरसु राणा देउवाविरुद्द पक्राउ अनुमति जारी भएको छ । सम्पत्ति शुद्घीकरणसम्बन्धी अनुसन्धानका क्रममा सम्बन्धित निकायले जिल्ला अदालत काठमाडौँमार्फत पक्राउ पुर्जी लिएको स्रोतले जनाएको छ । उनीहरुमाथि अवैध रुपमा सम्पत्ति आर्जन गरेको आशंकामा छानबिन अघि बढाइएको बताइएको छ । अदालतबाट अनुमति प्राप्त भइसके पनि देउवा दम्पत्ति हाल देश बाहिर रहेकाले तत्काल नियन्त्रणमा लिन नसकिएको जानकारी स्रोतले दिएको छ ।   स्वास्थ्य उपचारका लागि उनीहरु केही समयअघि विदेश गएका थिए । प्रारम्भमा सिंगापुर पुगेका उनीहरु पछि अन्य मुलुकतर्फ गएको चर्चा समेत सार्वजनिक भएको थियो । यसअघि भएको जेन्जी आन्दोलनका क्रममा उनीहरुको निजि निवासमा तोडफोड र आगजनी भएको घटना चर्चामा आएको थियो । उक्त घटनापछि सम्बन्धित निकायले त्यहाँ पुगेर प्रारम्भिक अनुसनधान गरेको थियो । अहिले स...

सरकारी इन्धन सुविधा कटौती, खर्च नियन्त्रणमा सरकार कडाई

#, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ— सरकारले बढ्दो आर्थिक दबाबलाई ध्यानमा राख्दै सरकारी कर्मचारी र पदाधिकारीलाई उपलब्द हुँदै आएको हन्धन सुविधा घटाउने निर्णय गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक खर्च नियन्त्रण र स्रोत व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्तो कदम चालेको जनाएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले अन्तराष्ट्रिय बजारमा पेट्रा्लियम पदार्थको मूल्यमा आएको तीव्र वृद्दि, आपूर्ति असन्तुलन तथा चालु आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको अवस्थाका कारण मितव्ययिता आवश्यक भएको बताएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ ले दिएको अधिकार प्रयोग गर्दै ‘कार्य सञ्चालन निर्देशिका, २०८१’ मा संशोधन गरिएको मन्त्रालयले जनाएको छ । उक्त संशोधन चैत २३ गतेदेखी लागू गरिएको हो । नयाँ व्यवस्थाअनुसार सचिव तथा विशिष्ट श्रेणीका पदाधिकारीले अब १२५ लिटरको सट्टा ७० लिटरको इन्धन मात्र पाउनेछन् । सहसचिवस्तरका पदाध...

पुराना पेट्रोल–डिजेल गाडीलाई विद्युतीयामा रुपान्तरण गर्न कानुनी व्यवस्था बनाइँदै

#, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार
सरकारले पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधानलाई विद्युतीय गाडीमा रुपान्तरण गर्न आवश्यक कानुनी आधार तयार गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले यस्ता गाडीलाई विद्युतीय प्रणालीमा रुपान्तरण गर्न स्पष्ट कानुनी व्यवस्था मिलाउने निर्णय गरेको हो । यसअघि पनि सरकारले परम्परागत हन्धनबाट चल्ने सवारीलाई विद्युतीयामा रुपान्तरण गर्न सकिने नीति लिएको थियो । तर स्पष्ट मापदण्ड अभावका कारण कार्यान्वयनमा विभिन्न समरुया देखिँदै आएको थियो । विशेषगरी दर्ता, नवीकरण तथा प्राविधिक मापदण्डसम्बन्धी अस्पष्टताले गाडीधनीलाई झन्झट व्यहोर्नु परेको थियो । नयाँ निर्माणसँगै अब पुराना सवारीसाधनलाई तुलनात्मकरुपमा कम खर्चमै विद्युतीयामा रुपान्तरण गर्न सक्ने अपेक्षा गरिएको छ । यसले वातावरणीय प्रदुषण घटाउनुका साथै इन्धनमा हुने विदेशी निर्भरता पनि कम गर्ने विश्वास गरिएको छ । सरकारले स्वदेशमै उत्पादित स्वच्छ उर्जा...