सम्पर्क

बागमतीमा सांसदसँग प्रधानमन्त्री शाहको छलफल, स्थानीय समस्यामा जोड

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बागमती प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरसँग विकास र जनजीविकासँग सम्बन्धित विषयमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सोमबार भएको भेटमा उनले चालु आर्थिक वर्षभित्रै कार्यान्वयन गर्न सकिने योजनाहरु पेश गर्न सांसदहरुलाई आग्रह गरेका हुन् । प्रदेशगत रुपमा सांसदहरसँग छुट्टाछुट्टै छलफल गर्ने क्रमअनुसार आयोजित यस बैठकमा स्थानीय तहका समस्या र समाधानका उपायबारे विशेष ध्यान दिइएको थियो । यसै क्रममा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद युवराज दुलाल ले आफ्नो क्षेत्रका विभिन्न समस्याबारे जानकारी गराएका छन् । उनले बाँदरको आतंकले किसानहरु प्रभावित भएको भन्दै नियन्त्रणका लागि स्पष्ट नीति आवश्यक रहेको बताएका छन् । त्यसैगरि, मेलम्ची र इन्द्रावती नदी किनारका बस्तीहरु बढीको जोखिममा रहेको उल्लेख गर्दै तत्काल संरष्क्षणका योजना अघि बढाउनुपर्ने आवश्यक्ता औंंल्याइएको छ । मेलम्ची–हेलम्बु सडक निर्माण कार्यलाई समेत प्राथमिकतामा राखी स्रोत सुनिश्चित गरेर अघि बढाउनुपर्ने विषय पनि छलफलमा उठाइएको छ ।