सम्पर्क

देउवा दम्पत्तिविरुद्द पक्राउ अनुमति, अनुसन्धान तीव्र

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकँ पत्नी तथा पूर्वमन्त्री डा. आरसु राणा देउवाविरुद्द पक्राउ अनुमति जारी भएको छ । सम्पत्ति शुद्घीकरणसम्बन्धी अनुसन्धानका क्रममा सम्बन्धित निकायले जिल्ला अदालत काठमाडौँमार्फत पक्राउ पुर्जी लिएको स्रोतले जनाएको छ । उनीहरुमाथि अवैध रुपमा सम्पत्ति आर्जन गरेको आशंकामा छानबिन अघि बढाइएको बताइएको छ । अदालतबाट अनुमति प्राप्त भइसके पनि देउवा दम्पत्ति हाल देश बाहिर रहेकाले तत्काल नियन्त्रणमा लिन नसकिएको जानकारी स्रोतले दिएको छ ।   स्वास्थ्य उपचारका लागि उनीहरु केही समयअघि विदेश गएका थिए । प्रारम्भमा सिंगापुर पुगेका उनीहरु पछि अन्य मुलुकतर्फ गएको चर्चा समेत सार्वजनिक भएको थियो । यसअघि भएको जेन्जी आन्दोलनका क्रममा उनीहरुको निजि निवासमा तोडफोड र आगजनी भएको घटना चर्चामा आएको थियो । उक्त घटनापछि सम्बन्धित निकायले त्यहाँ पुगेर प्रारम्भिक अनुसनधान गरेको थियो । अहिले सोही विषयसँग सम्बन्धित थप अनुसन्धान केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अघि बढाइरहेका बताइएको छ ।