सम्पर्क

गाँउले सामुदायिक बन सहकारीको १७ साधरण सभा सम्पन्न

चौतारा साँगाचोकगढी नगरपालिका–१४, डडुवामा अवस्थित गाउँले सामुदायिक वन सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।चौतारासाँगाचोकगढी नगरपालिका १४का वडा अध्यक्ष एबम नगर लेखा संयोजक उद्धब नेपालको प्रमुख अतिथ्यतामा र सस्थाका अध्यक्ष ओम बहादुर बस्नेतको सभापतीत्वमा सभा सम्पन्न भएको हो ।  बार्षीक साधरण सभा को उद्धघाटन गर्दे वडा अध्यक्ष नेपालले सहकारीताका माध्ययमबाट गरिएका हरेक कामहरु पारदर्सीतामा लैजानका लागी समयमा साधरण सभा र लेखा परिक्षण गर्न पर्ने सुझाब दिदै सहकारी सस्थाका शेयर सदस्यहरुले पनी आफ्नो सस्थाको गतिबिधी समय समयमा जानकारी लिइरहन पर्नै बताउँनु भयो । नेत्रज्योती कृषी सहकारी सस्थाका ब्यवस्थापक एवम नगर सहकारी सञ्जालका सदस्य नेत्र बहादुर बस्नेतले सहकारी ऐन अनुसार बिषयगतमा रहेर काम गर्न पर्नै बताउँनु भयो । जनहित दुग्ध उत्पादन सहकारी सस्थाका अध्यक्ष बद्री प्रसाद नेपालले दुग्ध उत्पादनमा कमी आएकाले यस प्रती ध्यान दिन पर्ने बताउँनु भयो । सस्थाका सचिब क्रृषी राम नेपालले सञ्चालन गर्नु भएको कार्यक्रममा सस्थाको आयव्यय सस्थाका ब्यबस्थापक ज्ञानु नेपाल लम्सालले प्स्तुत गर्नु भएको थियो ।कार्यक्रममा झमला देबी आधारभुत बिद्यालयका प्रअ लालबहादुर श्रेष्ठले वडामा भएका सहकारी सस्थाहरुले एक आपसमा सहकार्य गरेर काम गर्न सके अझ रामे हुने बताउँनु भयोउपाध्यक्ष शेर बहादुर श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको थियो भने संस्थाका अध्यक्षले कार्य प्रस्तुत गर्नुभएको थियो अध्यक्ष द्धारा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीले आर्थिक वर्ष २०८१÷०८२ मा विभिन्न वित्तीय सूचकहरूमा उत्साहजनक प्रगति हासिल गरेको छ ।सेयर पुँजीः गत आर्थिक वर्षमा ९९ हजार ७ सय रहेको सेयर पुँजी यस वर्ष वृद्धि भई ९७ हजार ९ सय पुगेको छ ।बचत संकलनः संस्थाले १ करोड २६ लाख ७३ हजार २ सय ८ रुपैयाँ बचत संकलन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको तुलनामा वृद्धि हो ।कर्जा लगानीः सहकारीले सदस्यहरूको आयआर्जनका लागि १ करोड २० लाख ५० हजार ९ सय ५८ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।आम्दानी र मुनाफाः संस्थाले यस वर्ष १७ लाख २० हजार ४ सय ९९ रुपैयाँ कूल आम्दानी गर्दै १ लाख ९ हजार २९ रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।अध्यक्षको प्रतिवेदनमा संस्थालाई आधुनिक र प्रविधिमैत्री बनाउँदै समुदायमा आधारित सदस्य केन्द्रित अग्रणी सहकारीको रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ । सदस्यहरूको आर्थिक, सामाजिक र वातावरणीय विकासलाई प्राथमिकता दिँदै अझै गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता समेत सभामा व्यक्त गरिएको छ ।साधारण सभामा सञ्चालक समिति, लेखा समिति, विभिन्न उप–समितिका पदाधिकारीहरू तथा सेयर सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।