सम्पर्क

कक्षा ८को रिजेल्ट शुन्य भए पछी स्थानीय आक्रोसित

सिन्धुपाल्चोकजिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं १४मा रहेको श्री डडुवा भवानी शङ्कर माबी र वडा नं ३मा रहेको श्री रामेश्वरी आधारभूत विद्यालयका कक्षा ८ का विद्यार्थीहरू नगर पालिकाले सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षामा शत प्रतिशत फेल भए पछी स्थानीय हरु बिद्यालय प्शासन प्रती आक्रोसित भएका छन । वडा–१४ मा रहेको डडुवा भवानीशंकर माध्यमिक
विद्यालयबाट ३२ विद्यार्थी परीक्षामा सहभागि भएकोमा १जना पनी पास भएनन भने श्री रामेश्वरी आधारभूत विद्यालयका कक्षा ८ का ९जनामा १जना पनी पास भएनन । नगरले सञ्चालन गरेको कक्षा ८ को परीक्षाको नतिजा गत वर्षको तुलनामा केही सुधार देखिए पनि यो दुइवटा बिद्यालयका नतीजा हेर्दा सुधार होइन झन ओरालो लागेको भन्न सकन्छि । यसै बिषयलाइ लिएर वडा नं १४का पुर्ब बिब्यस अध्यक्ष नेत्र बहादुर बस्नेत समाज सेबी नकुल नेपाल,सरोज बोहोरा र लगाएतले बिब्यसका पदाधिकारी बिद्यालय प्रशासनले यसको जिम्मेवारी लिदै तत्काल राजिनामा दिन पर्न बताइरहको बेला वडाबाट काठमाण्डौ बसोबास गर्ने स्थानीय युवाहरुको रमाइलो गाउँले रेष्टुरेण्टमा भएको छलफलले बिद्यालयको शिक्षा सिकाइमा शुन्य भएकोमा दुख ब्यक्त गर्दै यस बारेमा तत्काल माफी दिएर राजिनामा दिन पर्ने निस्कर्ष निकालेका छन । यसका साथै यही चैत्र २८ गते शनीबार बिद्यालयको प्राङ्गणमा डडुवामा दिन ठिक १ बजे श्री डडुवा भवानिशकर माध्यमिक बिध्यालयको सन्दर्भमा उठेका सबै बिषयहरुमा भेला जम्मा भइ छलफल गरि उपर्युक्त निष्कर्श निकाल्न पर्ने भएकाले तत्कालिन बिध्यालय ब्यबस्थापन समितिको र शिक्षक अभिभाबक संघको अध्यक्ष एबं सम्पुर्ण सदस्य ज्युहरु , बिध्यालय को प्रधानाध्यापक लगायत सम्पुर्ण शिक्षक हरु , निर्बाचित वडा अध्यक्ष लगायत सम्पुर्ण सदस्यहरु , सम्पुर्ण बिब्यस र शिक्षक अभिभाबक संघ का पुर्ब अध्यक्ष एबं सदस्यहरु , पुर्ब शिक्षक , भुपुबिध्यार्थि , स्थानिय पत्रकार , बुद्धिजिबि , चन्दादाता ,स्थानिय समाजसेवि, बिभिन्न संघ सस्थाका प्रमुख एबं प्रतिनिधिहरु , अभिभाबक लगायत सम्पुर्ण सरोकारवालाहरुलाइ उपस्थिति को अनुरोध गरिएको सरोज बोहोराले जानकारी दिनु भयो । यसै बिषयलाइ लिएर समाजसेबी शिक्षा प्रेमी नकुल नेपालले बिव्यस, प्रअले तत्काल शिक्षा सिकाइमा भएको कमी कम्जोरी लाइ सवीकार गर्न र पदीय जिम्मेवारी पुरा गर्न नसकेको कारण राजीनामा गर्न अनुरोध गर्नु भएको छ भने समाजकि सञ्जाल मार्फत बिब्यस अध्यक्ष जिबन कृष्ण नेपालले राजिनामा दिने बताउँनु भएको छ । यसै गरी प्र अ बद्री प्रसाद नेपालले पनी क्षमा याचना माग्दै अभिभावकको चाहना अनुसार अगाडी बढ्ने बताउँनु भएकोछ ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवनकृष्ण नेपालले सामाजिक सञ्जालमार्फत परीक्षामा सबै विद्यार्थी अनुत्र्तीण भएको हुँदा नैतिक रुपमा विद्यालयको अध्यक्ष पदमा रहिरहन नसक्ने भन्दै चैत्र २९ गते विद्यालयमा सबै सरोकारवालाहरुको बीचमा राजीनामा दिन सामाजीक सञ्जाल मार्फत जानकारी दिनु भएको छ । वडा अध्यक्ष तथा वडा शिक्षा समितीका अध्यक्ष उद्धव नेपालले सामाजीक बिकास शाखा र नगर शिक्षा शाखाको नै कम्जोरी रहेको देखीन्छ । आफ्नो बिद्यालयमा भएको कम्जोरी का बारेमा पनी शिक्षा समितीको बैठक बसेर यसका बारेमा निर्णय लिने र २८गते हुने भेलाबाट सल्लाह सहमती गरेर शिक्षा सुधारका लागी ठोस कदम चाल्ने बताउँनु भयो । उँहाले राजनीतिक कारण विद्यालयले नतिजा शून्य ल्याएको भन्दै आफू असन्तुष्ट रहेको बताउँनु भयो । ‘चौतारा साँगाचोकगढी नगरपालिकाको नगरस्तरीय कक्षा ८ को नतिजाबाट म सन्तुष्ट छैन । शिक्षामा राजनीतिक नियुक्ति, समितिमा राजनीतिक नियुक्ति जस्ता कारणले भोलि शिक्षा क्षेत्र अझै खस्कने निश्चित छ’, भन्दै नेपालले नगरपालिका र नगर शिक्षाको लापरवाहीको भागिदार जनप्रतिनिधि हुनुपरेको बताउँनु भयो । ‘उहाँहरुको कोठे बैठकको अपजस हामी लिन सक्तैनौ भन्नु हुँदै हामीलाइ त शुन्य हात पर्याे तर नगरमा नै ४२.५९ प्रतिशत मात्र भयो अती दुख लाग्दो कुरा हो भन्नु भयो नगरपालिकाले शिक्षक नियुक्ति गर्दा आफ्नो पार्टी निकटको व्यक्तिलाई मात्रै गर्ने गरेका कारण नतिजामा कमजोर देखिएको छ। अहीले सम्म नगरपालिकामा शिक्षा शाखा प्रमुख सरुवा भएर गएको भदौ देखी हाल अर्काे अधिकृत आएको छैन ।